default_image

6 years ago

February 5, 2020

नेपालले ओमानसँग हार्नुका प्रमुख चार कारण

156 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल घरेलु मैदानमा भएको पहिलो ओडीआई खेलमा ओमानसँग पराजित भएको छ । खराब ब्याटिङको कारण आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल बुधबार ओमानसँग १८ रनले पराजित हुन पुग्यो ।

ओमानले प्रस्तुत गरेको १ सय ९८ रनको लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा १ सय ७९ रनमा अल आउट भयो । तीव्र गतिका बलर करण केसी र स्पिनर सुशन भारीको उत्कृष्ट बलिङमा एक समय खेल पूर्णरुपमा नेपालको पक्षमा थियो । टस जितेर फिल्डीङ रोज्ने निर्णय सहि पनि थियो । तर पहिलो इनिङमा केहि सानो गल्तिले दोस्रो इनिङमा सम्हालिन नसक्दा नेपाल पराजित हुन पुग्यो । नेपालले ओमानसँग हार्नुको प्रमुख चार कारण यस प्रकार छन् ।

४. कमजोर फिल्डिङ

नेपालले सुरुवात देखि नै उत्कृष्ट प्रर्दशन गरेको थियो । करण केसीले पहिलो ओभरको अन्तिम बलमा जतिन्दर सिंहलाई आउट गरे । त्यसपछि अर्का प्रमुख खेलाडी अकीब इलियासलाई पनि करणले आउट गरेपछि सुशन भारीले ओमानको मध्यक्रम ध्वस्त बनाएका थिए । जसको कारण नेपाल निरन्तर हावी बनिरहेको थियो । ओमानका ब्याट्सम्यानले खुलेर खेल्न सकिरहेका थिएनन् । दीपेन्द्रसिंह ऐरीले अकिब इलियासलाई उत्कृष्ट रन आउट गरेपछि नेपाल बलियो स्थितिमा थियो ।

तर इनिङ अगाडी बढ्दै जाँदा नेपालले फिल्डिङमा गल्ति गर्न पुग्यो । फिल्डिङमा रन रोक्न सकेको भए योगफल अझ कम हुने थियो । नेपालले थुप्रै पटक फिल्डिङमा गल्ती गरेको थियो । दीपेन्द्रबाहेक अन्यको फिल्डिङ कमजोर रह्यो ।  जसको फाइदा ओमानका ब्याट्सम्यानले उठाए ।

३. गौड र नदीमको साझेदारी

एक समय ओमान १९ ओभरमा ५७-५ को कमजोर अवस्थामा पुगेको थियो । नेपाली बलर ओमानमाथि हावी रहेका थिए । तर सन्दीप गौड र मोहम्मद नदीमले छैटौं विकेटका लागि ६० रनको महत्वपूर्ण साझेदारी गरे । जसले अन्त्य तिर ओमानका ब्याट्सम्यानले आक्रामक ब्याटिङ गर्न सहज बन्यो । जुन साझेदारी समयमै तोड्न सकेको भए ओमान कम योगफलमा समेटिन सक्थ्यो ।

नयाँ खेलाडीलाई दबाबमा रन बनाउन कठिन पर्छ । तर त्यसो हुन सकेन । अर्कोतर्फ नेपालका प्रमुख दुई बलर अभिनाश बोहरा र सन्दीप लामिछानेले विकेट लिन सकेनन् । जसको कारण पनि ओमानले बलियो योगफल तयार पार्न सफल भयो । छैटौं रनको साझेदारी कम रनमा समेटिएको भए खेल नेपालको पक्षमा आउन सक्थ्यो ।

२. कमजोर डेथ ओभर

नेपाली बलरले ओमानका ब्याट्सम्यानलाई ४० ओभर सम्म पूर्ण रुपमा दबाबमा राखेका थिए । एक सयम ओमान १ सय ५० रनको आसपासको योगफलमा सम्भावना देखिएको थियो । ४० ओभरमा ओमान १२१-६ को अवस्थामा थियो । जसमा करण, सन्दीप र अभिनाशको स्पल बाँकी हुँदा ओमानबाट ओमानबाट बढीमा १ सय ७० सम्मको योगफलको आशा गरिएको थियो ।

तर ओमानले अन्तिम १० ओभरमा ७६ रन जोड्न सफल रह्यो । जुन रन ओमानको जितको आधार बन्यो । करणले अन्तिम ओभरमा १७ रन खर्चेका थिए । उसका मोहम्मद नदीम ९६ बलमा ५ चौका र २ छक्का सहित ६९ रनमा अविजित रहँदै जित पक्का गरे । नेपालले अन्तिम १० ओभरमा ५० रन भन्दा कम खर्चिन सकेको भए खेल नेपालको पक्ष्यमा जान सक्थ्यो ।

१. पारस र ज्ञानेन्द्रको खराब ब्याटिङ

ओमानसँग हार्नुको प्रमुख कारणनै कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्काको खराब ब्याटिङ हो । एक दिवसियमा १ सय ९८ रनको लक्ष्य सामान्य मानिन्छ । यता कमजोर ओपनिङको कारण बलियो बनाउन पारस र ज्ञानेन्द्रले ओपनिङ गर्न मैदान उत्रेका थिए । ज्ञानेन्द्र र पारसले ४०,५० रनको साझेदारी गर्दै सुरुवात दिलाएको भए मध्यक्रमका ब्याट्सम्यानलाई खेल्न सहज हुने थियो । सुरुवाती दुई ओभर मेडन  खाएका पारस र ज्ञानेन्द्र केहि दबाबमा देखिएका थिए ।

चौथो ओभरको पाँचौ बलमा दबाबको कारण कलीमुल्लाहको बलमा खराब सट खेल्दै ज्ञानेन्द्र १ रनमा क्याच आउट भए । योगफल अनुसार नेपालले सुरुवाती दश ओभरमा रन भन्दा पनि विकेट जोगाउन बढी ध्यानदिनु पर्ने थियो । लगातार ४ बल डट खाएका ज्ञानेन्द्र दवावमा आउँदै खराब सट खेल्न पुग्दा क्याच आउट हुन पुगेका थिए । ज्ञानेन्द्र आउट भएसँगै अझ बढि जिम्मेवारी पारसमा थपिएको थियो । जुन समय नेपाली ब्याट्सम्यानलाई बाउन्डी भन्दा डबल सिंगल रनको वढी आवश्यक थियो । जसले ओमानका बलरलाई दबाब सिर्जना गर्न सक्थ्यो ।

तर ज्ञानेन्द्र आउट भएको तीन बलपछि अर्थात बिलाल खानको पाँचौ ओभरको तेस्रो पारस बाउन्डीको आशामा सट खेल्नेक्रममा ३ रनमा विकेटकिपर सुरज कुमारबाट क्याच हुँदै पेभिलिएन फर्केपछि ओमान हावी बनेको थियो । पारस र ज्ञानेन्द्र आउट हुँदा नेपालले स्कोरमा ४ रन मात्रै जोडेको थियो । जसको असर मध्यक्रमका युवा खेलाडी आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेललाई पर्यो ।

उत्कृष्ट ब्याटिङको लागिनै शीर्षक्रमबाट ओपनिङ आएपनि जिम्मेवारी इनिङ खेल्न नसक्दा नेपाल पराजित हुन पुगेको हो । ज्ञानेन्द्रले पनि हारको मुख्य कारण दुवै ओपनर सस्तैमा आउट हुनु बताएका चन । मध्यक्रममा शरदले ५५ रन बनाउँदा दीपेन्द्र ३६, आरिफ शेख ६ र रोहित कुमार पौडेल शून्यमा आउट भए । कमजोर ब्याटिङका साथै ज्ञानेन्द्र र पारसको गैरजिम्मेवार इनिङ आज ओमानसँगको हार्नुको प्रमुख कारण हो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.