6 years ago
February 6, 2020
काठमाडौं (हाम्रो खेलकुद)– एभरेष्ट प्रिमियर लिग (इपिएल) को यसपटकको संस्करणलाई पनि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मान्यता दिएको छ । इपिएललाई आइसिसीले मान्यता दिएको यो तेस्रो पटक हो ।

‘आज यसको कन्र्फमेसन आएको हो,’ इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले भने,‘ यसको अर्थ हामीले राम्रै काम गरिरहेका छौं भन्ने हो ।’अब इपिएलले आइसिसीलाई २० हजार अमेरिकी डलर शुल्क बुझाउपर्नेछ ।
इपिएलको चौथो संस्करण चैत १ गते देखि १५ गते सम्म त्रिवि मैदानमा हुने यसअघि नै सार्वजनिक भइसकेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले पनि त्यो मितिलाई स्वीकृति दिइसकेको आख्तरले जानकारी दिए ।
इपिएलमा साविक विजेता ललिपुर प्याट्रियट्स, काठमाडौं, किंग्स इभाभेन, विराटनगर वारियर्स, चितवन टाइगर्स, पोखरा राइनोज र भैरहवा ग्लाडियटर्स गरि ६ टोली छन् ।
यसपटक इपिएलको सर्वाधिक आक्रषणका रुपमा वेष्ट इन्डिजका ब्याट्सम्यान क्रिस खेल पोखरा राइनोजबाट खेल्ने भएका छन् । उनले पनि भिडियो मार्फत आफु नेपाल आउन र इपिएल खेल्नका लागि उत्साहित रहेको बताएका थिए ।
गेल अघि वेष्ट इन्डिजकै ड्वान स्मिथ, श्रीलंकाका उपुल थारंगशा, अफगानिस्तानका मोहम्मद साहजादले यसपटकको इपिएल खेल्ने पक्का भइसकेको छ । घरेलु क्रिकेटका तीन फ्रेन्चाइज क्रिकेट मध्ये पोखरा प्रिमियर लिग (पिपिएल) यसअघि नै सम्पन्न भइसकेको छ ।
अर्को धनगढी प्रिमियर लिग भने यो वर्ष नहुने भएको छ । राष्ट्रिय क्रिकेट टोलीको व्यस्त अन्तर्राष्ट्रिय तालिकाका यो वर्ष आयोजना नहुने आयोजक धनगढी क्रिकेट एकेडेमीले जानकारी गराइसकेको छ । डिपिएल अब २०७७ को कात्तिकमा हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]