default_image

6 years ago

February 6, 2020

होल्यान्डको अर्धशतकमा अमेरिकाको मध्यम योगफल

193 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मध्यक्रमका ब्याट्सम्यान इयान होल्यान्डको अर्ध शतकमा आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा अमेरिकाले ओमानलाई २ सय १४ रनको लक्ष्य दिएको छ ।

टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको अमेरिका ५० ओभरमा अल आउट हुँदै २ सय १३ रनमा समेटियो । अमेरिकाका लागि  इयन होल्यान्डले सर्वाधिक ६५ रनको योगदान दिए । ४२ औं ओभरको तेस्रो बलमा अकीब इलियासको बलमा ठूलो सट खेल्ने प्रयासमा बिट हुँदा बोल्ड आउट हुन पुगेका थिए । उनले ७८ बलमा ७ चौका प्रहार गरे । इयनको यो ओडीआई करिअरको पहिलो अर्ध शतक हो ।

१५.५ ओभरमा ५४-४ को कमजोर अवस्थामा रहेको अमेरिकालाई पाँचौ विकेटका लागि इयन होल्यान्ड र अक्षय होमराजले ८२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । कलीमुल्लाहले ३३ औं ओभरको पाँचौ बलमा अक्षयलाई ४४ रनमा बोल्ड आउट गर्दै उक्त साझेदारी तोडेका थिए । अक्षयले ५३ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।

नवौं ओभरको दोस्रो बलमा मोहम्मद नदीमले ओपनर जेभियर मार्शललाई १३ रनमा एलबिडब्लू आउट गर्दै ओमानलाई पहिलो सफलता दिलाए । दशौं ओभरको दोस्रो बलमा बायाँ हाते तीब्र गतिका बलर बिलाल खानले अमेरिका प्रमुख ब्याट्सम्यान स्टिभ टेलरलाई ४ रनमा एलबिडब्लू आउट गरेपछि अमेरिकाले सुरुमै दबाबको सामना गर्नु परेको थियो । नदीमले १३ ओभरको अन्तिम बलमा ओपनर आरोन जोन्सलाई १२ रनमा बोल्ड आउट गर्दै अमेरिकालाई ४८-३ को कमजोर अवस्थामा पुर्याए ।

कप्तान जिशान मकसुदले १६ औं ओभरको पाँचौ बलमा मोनक पटेललाई फष्ट सिलिपमा रहेका अकीब इलियासबाट १९ रनमा क्याच आउट गराए । पटेलले २८ बलमा ३ चौका प्रहार गरे । जिशानलेनै ३४ औं ओभरको अन्तिम बलमा एल्मोर हचिन्सनलाई १ रनमा बोल्ड आउट गरे । करिमा गोर ६ रनमा बोल्ड आउट भए । तल्लोक्रममा तिमिल पटेल १६, कप्तान सौरभ नेत्रवलकार १४ र रस्टी थेरनले १० रनको योगदान दिए ।

ओमानका मोहम्मद नदीमले ८ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । कप्तान जिशान मकसुदले १० ओभरमा १ मेडन सहित २९ रन खर्चेर २ विकेट लिए । बिलाल खान र अकीब इलियास २-२ विकेट लिए । कलीमुल्लाहको नाममा १ विकेट रह्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.