default_image

6 years ago

March 1, 2020

भैरहवामा श्रीलंका र ओमानका खेलाडी अनुबन्ध

201 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को लागि भैरहवा ग्लयाडिएटर्सले आफ्नो विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ ।

आइतबार नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व प्रमुख प्रशिक्षक समेत रहेका पुबुदु दसानायकेले भैरहवाबाट खेल्ने अन्य तीन विदेशी खेलाडीको नाम सार्वजनिक गरेका हुन् । पुबुदु यसपटक इपिएलमा भैरहवाको प्रमुख प्रशिक्षकमा छन् । पुबुदु आज नै नेपाल आएका हुन् ।

ओमानका बायाँ हाते तीब्र गतिका बलर बिलाल खान, श्रीलंका स्पिनर जीवन मेन्डिस र बायाँ हाते अलराउन्डर मिलिन्डा श्रीवार्दानाले भैरहवाबाट इपिएल खेल्ने भएका छन् । भैरहवाले यस अघिनै वेस्ट इन्डिजका विश्फोटक ब्याट्सम्यान ड्वेन स्मिथलाई सार्वजनिक गरेकोे थियो ।

ओमानका बिलाल खानले १० ओडीआई, ३५ टि ट्वान्टी र २४ लिष्ट ए खेलेका छन् । बिलालले १० ओडीआईमा १८ र टि ट्वान्टीमा ५१ विकेट लिएका छन् । माघ अन्तिममा उनले आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालसँग पहिलो खेलमा २ विकेट लिएका थिए ।

श्रीलंका बायाँ हाते ३४ वर्षिय मिलिन्डाले ५ टेष्ट, २७ ओडीआई र २२ टि ट्वान्टी आई र १ सय २६ प्रथम श्रेणी खेलेका छन् । उनले टेष्टमा २ सय ९८ रन बनाउनुको साथै ११ विकेट लिएका छन् । त्यस्तै ओडीआईमा ५ सय १६ रन बनाउनुको साथै ९ विकेट लिएका छन् । पछिल्लो समय उनले अष्टे«लियासँगको जुनमा एक दिवसिय खेल खेलेका थिए ।

जीवन मेन्डिसले ५८ ओडीआईमा ६ सय ३६ रन बनाउनुको साथै २८ विकेट लिएका छन् । त्यस्तै २२ टि ट्वान्टीमा २ सय ७ रन बनाउनुको साथै १२ विकेट लिएका छन् । मेन्डिसले पछिल्लो समय श्रीलंकाबाट गत जुनमा दक्षिण अफ्रिकासँग एक दिवसिय खेल खेलेका थिए । इपिएल चैत्र १ देखी १५ गते सम्म टियु क्रिकेछ मैदानमा हुने । इपिएलमा भैरहवा ग्ल्याडियटर्सले चैत्र २ मा काठमाडौं किंग्स ११ सँग खेल्दै प्रतियोगितामा सुरुवात गर्ने छ ।

भैरहवा टोली:

शरद भेषवाकर, प्रदीप ऐरी, मोहम्मद आरिफ शेख, कृष्ण कार्की, भुवन कार्की, दीपेश श्रेष्ठ, रोहित कुमार पौडेल, हरि शंकर झा, अभिनाश बोहरा, कुशल मल्ल, विकास आग्री र हिमान्शु दत्त ।
विदेशी खेलाडी:

बिलाल खान, ड्यान स्मिथ, जीवन मेन्डिस र मिलिन्डा श्रीवार्दाना ।

प्रशिक्षक: पुबुदु दासानायके

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.