default_image

4 years ago

April 18, 2020

डी ककले टेष्टको कप्तानी नपाउने

62 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिकाले विकेटकिपर क्विन्टन डी ककलाई टेष्टको कप्तानी जिम्मेवारी नदिने भएको छ । दुई वर्षको लागि स्थायी निर्देशकमा नियुक्त भएका पुर्व कप्तान ग्रिम स्मिथले डी ककले टेष्टको कप्तानी नपाउने प्रष्ट पारेका हुन् ।

सिमित ओभरको क्रिकेटमा कप्तानी सम्हालिरहेका डी ककलाई टेष्टको जिम्मेवारी पनि दिँदा नजितामा निकै चुनौतीपुर्ण हुने स्मिथको बुझाई छ । डी ककले गत जनवरीमा एक दिवसय र टि२० को कप्तानी जिम्मेवारी पाएका थिए । नियमित कप्तान फाफ डु प्लेसिसले गत फागुनमा टेष्ट कप्तानीबाट राजिनामा दिएका थिए । जसले दक्षिण अफ्रिका टेष्ट कप्तानमा पनि डी क को सम्भावना देखिएको थियो ।

दक्षिण अफ्रिकाले टेष्ट सिरिज जुलाई अगष्टमा वेस्ट इन्डिजविरुद्ध खेल्ने छ । जुन विश्वभर महामरीको रुप लिएको कोरोना भाइरसको कारण स्थगित हुने उच्च सम्भावना छ । जसको लागि अफ्रिकालाई कप्तान सोच्ने राम्रो समय छ ।

‘डी कक हाम्रो सेतो बल (सिमित ओभर) को कप्तान हुँदा टेष्टको हुने छैनन् । डी ककलाई ताजा राख्दै राम्रो खेल्न दिनुपर्छ । तीनै शैलीको कप्तानी बनाउनु चुनौतीपुर्ण छ । व्यक्तिगत अनुभवमा मलाई थाहा छ । तीनै शैलीको कप्तानीले धेरै थकाउछ’ , ग्रिम स्मिथले भनेका छन् ।

वर्ल्ड च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने टोलीमा भारतले विराट कोहली र न्युजिल्यान्डले केन विलियम्सनलाई मात्र एकै कप्तानलाई तीनै शैलीको कप्तानी जिम्मेवारी दिएका छन् । डी ककको कप्तानीमा गत फ्रेबुअरीमा इंग्ल्यान्डसँगको तीन खेलको टि२० सिरिज दक्षिण अफ्रिकाले २–१ ले गुमाएको थियो । तीन खेलको ओडिआई सिरिज १–१ को बराबरीमा सकिएको थियो । अष्ट्रेलियासँगको टि२० सिरिज २–१ ले गुमाएपनि डी ककले ओडिआई सिरिजमा ३-० क्लिनस्वीप गरेका थिए ।

सन् २०१९ मा इंल्यान्डमा भएको एक दिवसिय विश्वकपमा खराब प्रर्दशन गर्दै लिग चरणबाटै बाहिरिएपछि दक्षिण अफ्रिकाले टोली र व्यवस्थापन  दुवैमा परिवर्तन गर्दै नयाँ राणनितीका साथ अघि बढेको छ । प्रशिक्षकमा पूर्व विकेटकिपर मार्क वाउचर, निर्देकशमा ग्रिम स्मिथ, सिमित ओभरमा डी कक र टेष्ट नयाँ कप्तान नियुक्त गर्न बाँकी छ। त्यस्तै पछिल्लो समय युवा खेलाडीलाई पनि राम्रो मौका दिएको छ ।

May 18, 2024

सिता ललितपुर मेयर्स कपमा उत्कृष्ट खेलाडी घोषित

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि विजेता नेपाल एपिएफ क्लबकी कप्तान तथा अल-राउण्डर सिता राना मगर ललितपुर मेयर्स टि-२० च्याम्पियनसिप २०२४ को उत्कृष्ट खेलाडी घोषित भएकी छन् । एपिएफले चौथो पटक उपाधि प्रतियोगितामा सिता अल-राउण्ड प्रदर्शनका साथ उत्कृष्ट खेलाडी घोषित भएकी हुन् । सिताले प्रतियोगितामा ५ खेलमा १४२ रन प्रहार गर्नुका साथै ४ विकेट समेत लिन […]

May 18, 2024

एपिएफ अपराजित रहँदै च्याम्पियन 

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब अपराजित रहँदै चौथो संस्करणको ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनसिप २०८१ को उपाधि जितेको छ । शनिवार भएको फाइनलमा सुदुरपश्चिम प्रदेश माथि २ रनको रोमान्चक जित दर्ता गर्दै एपिएफले चौथो संस्करणमा चौथो पटक नै उपाधि जितेको हो । अन्तिम दुई ओभरमा २९ रन चाहिएको अवस्थामा सुदुरकी कविता जोशीले राजमती […]

May 17, 2024

सुदुरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १०९ रनको फराकिलो जित दर्ता गर्दै सुदुरपश्चिमले एपिएफ क्लब विरुद्धको उपाधि भिडन्त पक्का गरेको हो । सुदुरपश्चिमले दिएको १५८ रनको विशाल लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा समेटियो […]

Success

Thank you for your time.