default_image

5 years ago

August 26, 2020

सन्दीप सम्मिलित जमैका बार्बाडोसविरुद्ध खेल्दै

138 views

0 Bookmark

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल) को १४ औं खेलमा साविक विजेता बार्बाडोस ट्राइडेन्सविरुद्ध खेल्दैछ ।

खेल बिहीबार विहान ३ः१५ देखि क्विन्स पार्क ओभलमा सुरु हुने छ । जमैका ४ खेलमा समान २ मा जित र हार सहित चौथौ स्थानमा छ । बार्बाडोस ४ खेलमा १ मा जित र ३ मा हार सहित पाँचौ स्थानमा छ । बार्बाडोसलाई जित्नै पर्ने दबाब छ ।

साविक विजेता बार्बाडोसमा अफगानिस्तानका स्पिनर राशिद खान, वेस्टइन्डिजका जेसन होल्डर, विकेटकिपर शाई होप, हेडन वाल्श, न्युजिल्यान्डका स्पिनर मिचेल सान्टनार र अलराउन्डर कोरी एन्डरसन जस्ता खेलाडी छन् । राशिद प्रमुख हतियार हुन् ।

जमैकामा मुजिब उर रहमान, आन्द्रे रसेल, ग्लेन फिलिप्स, फिडेल एडवार्ड्ससले उच्च प्रर्दशन गर्दै आएका छन् । सन्दीपले सिपिएलमा ४ खेलमा ५ विकेट लिएका छन् । मुजिब ४ खेलमा ९ विकेट लिएका छन् । उत्कृष्ट लयमा रहेका मुजिब बार्बाडोसविरुद्ध पनि नायक बन्न सक्ने अनुमान गरिएको छ । बार्बाडोसका राशिद र मिचेल सान्टनार तथा जमैका मुजिब र सन्दीपको स्पिनर जोडी एकआपस भिड्दा खेल रोचक हुने अनुमान गरिएको छ ।

ओपनर चाडविक वाल्टन र कप्तान रोभमान पावेललाई भने ठूलो इनिङ खेल्न आवश्यक छ । यी दुई ब्याट्सम्यानको खराब लय जमैकालाई चिन्ताको विषय हो । हेड टु हेडमा बार्बाडोस भन्दा जमैका अघि छ । यी दुई क्लबबीच सिपिएलमा कुल १४ खेल भएको छ । जसमा जमैका ८ खेलमा विजयी हुँदा ५ खेलमा पराजित भएको छ । एक खेल नतिजा बिहीन छ ।

सन्दीपको प्रर्दशन

स्पिनर सन्दीप लामिछानेले एक खेलमा दुई विकेट लिदा अन्य तीनमा १–१ विकेट लिएका छन् । सन्दीपले पहिलो खेलमा सेन्ट लुसिया जुक्सविरुद्ध ४ ओभरमा २३ रन खर्चेर १ विकेट र दोस्रो खेलमा ट्रीनबेगो नाइट राइडर्सविरुद्ध ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिएका थिए । गुयाना एमेजन वारियर्सविरुद्ध ४ ओभरमा ८ रन खर्चेर २ विकेट लिएका थिए । चौथो खेलमा गुयानाविरुद्धनै ४ ओभरमा १२ रन खर्चेर १ विकेट लिएका थिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.