default_image

5 years ago

August 27, 2020

ब्याटिङ चुक्दा जमैका पराजित

124 views

0 Bookmark

एजेन्सी – ब्याट्सम्यानहरुले अपेक्षित प्रदर्शन गर्न नसक्दा जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा तेस्रो हार बेहोरेको छ । प्रतियोगिताको पाँचौ खेलमा जमैकाले बार्बाडोससँग ३६ रनको हार बेहोरेको हो ।

बिहीबार जितका लागि १ सय ४९ रनको लक्ष्य पछ्याएको जमैकाले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १२ रनमात्र जोड्न सक्यो । क्रुमा बोनरले ३१ रन र जर्मेन ब्लाकवुडले २८ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । बार्बाडोसका स्पिनरहरु राशिद खान र मिचेल सान्टनरले २-२ तथा हेडन वाल्सले १ विकेट लिए । जेसन होल्डर र रेमन राइफरले २-२ विकेट बाँडे ।

जमैकाले सातौं ओभरमा नै ४ विकेट गुमाउँदा मात्र २७ रन जोड्न सकेको थियो । ओपनर ग्लेन फिलिप्स पहिलो ओभरमै मिचेल सान्टनरको बलमा शून्यमा बोल्ड हुँदा अर्का ओपनर चाडविक वाल्टन १० रन जोड्दै कट बिहाइन्ड भए । कप्तान होल्डरले दोस्रो ओभरमा वाल्टन र पाँचौ ओभरमा विपक्षी कप्तान रोभमान पावेललाई विकेटकिपर शाइहोपबाट क्याच गराएका थिए ।

आसिफ अली २ रन जोड्दै हेडन वाल्स जुनियरको बलमा क्याच आउट भए । कार्लोस ब्रेथवेटले रशिद खानको एलबीडब्लु धरापमा पर्नुअघि १ रन मात्र जोडे । जर्मेन ब्लाकवुडले २८ बलमा १ चौका र २ छक्कासहित २८ रनको योगदान दिए । उनी सान्टनरको बलमा कप्तान होल्डरबाट क्याचआउट भएका थिए ।

बोनरले २८ बलमा ३१ रन जोडे । ३ चौका र १ छक्का र्पहार गरेका बोनर रशिद खानको बलमा ठूलो सट खेल्ने धुनमा क्याच आउट भए । मुजिबले तल्लोक्रममा १० बलको सामना गर्दै १ चौका र २ छक्कासहित १८ रन जोडे । उनी रेमन राइफरको बलमा रिभर्स सट खेल्ने धुनमा एलबीडब्लु आउट भए । सन्दीप ४ रन र एडवार्ड्स २ रनमा नटआउट रहे ।

टस जितेर पहिलो फिल्डिङ रोजेको जमैकाका स्पिनरद्वय सन्दीप लामिछाने र मुजिब उर रहमानको उत्कृष्ट प्रदर्शन भने कायम रहयो । तर तीव्र गतिका बलरले सोहि अनुसार साथ दिन नसक्दा बार्बाडोसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४८ रन जोड्यो ।

बार्बाडोसका लागि काइल मेयर्सले सर्वाधिक ८५ रनको योगदान दिएका थिए । उनले ५९ बलमा ३ चौका र ८ छक्का प्रहार गरे । उनले कार्लोस ब्रेथवेटले फ्याँकेको १८ औं ओभरमा ४ छक्कासहित २९ रन जोड्दै खेलको अवस्था नै परिवर्तन गरेका थिए । मेयर्स र होल्डरले तेस्रो विकेटका लागि ६३ रनको साझेदारी गर्दै बलियो स्कोरतर्फ टोलीलाई बढाएका थिए ।

कप्तान होल्डरले १४ बलमा १५ रन जोड्ने क्रममा १ छक्का प्रहार गरे । मिचेल सान्टनर २० रनमा नटआउट रहे । उनले १९ बलको सामना गर्दै २ चौका प्रहार गरे । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

मुजिब उर् रहमानले ४ ओभरमा मात्र १४ रन खर्चेर ३ विकेट लिए । उनले ओपनरद्वय जोन्सन चार्ल्स (३) र शाइ होप (८) तथा अलराउन्डर कोरी एन्डरसन (१) लाई पेभेलियन फर्काएका थिए । सन्दीपले पनि ४ ओभरमा मात्र १६ रन दिँदै २ विकेट लिए । सन्दीपले राशिद खानलाई मुजिबको हातबाट शून्यमा क्याच आउट तथा एशले नर्सलाई २ रनको अवस्थामा बोल्ड गरेका थिए ।

जमैकाका फिडेल एडवार्ड्स र कार्लोस ब्रेथवेटले १-१ विकेट लिए । ब्रेथवेटले एकै ओभरमा २९ रनसहित समग्रमा ३ ओभरमा ४५ रन खर्चिए । रोभमान पावेल र विरसामी पर्मल विकेटविहिन रहे ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.