5 years ago
August 27, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट पुरुष टोलीको मुख्य प्रशिक्षक पदपूर्तिको लागि सूचना प्रकाशित गर्ने निर्णय गरेको थियो ।

क्यानले साउन ५ मा मुख्य प्रशिक्षकसँगै, महाप्रबन्धक, वित्त प्रबन्धक र क्रिकेट व्यवस्थापकको पदपूर्ति सूचना आइसिसीसँग समन्वय गर्दै एक हप्तामा निकाल्ने प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको थियो । तर उक्त प्रेस विज्ञप्ति निकालिएको एक महिना भन्दा बढि समय बित्दा हालसम्म सूचना प्रकाशित हुन सकेको छैन ।
क्यानका सचिव अशोकनाथ प्याकुरेलले यस विषयमा आइसिसीले काम गरिरहेको बताउँछन् । ‘आइसिसीसँग समन्वय गरेर हामीले हाम्रो तर्फबाट गर्नुपर्ने सबै काम पेश गरेको दुई तीन हप्ता भई सक्यो । आइसिसीले काम गरिरहेको छ । आइसिसीले जतिसक्यो चाडैं हुन्छ भनेपछि हामी निकाल्न तयार भएर बसेका छौं’, प्याकुरेलले भने ।
आइसिसीको भनाइअनुसार अर्को हप्ता भित्र अनुमति आईसक्नेमा प्याकुरेल आशावादी छन् । क्यानले भदौमा गर्ने तयारी गरेको आफ्नो वार्षिक साधरण सभा कोरोना महामारीको कारण अनिश्चित समय सम्म मंगलबार स्थगित गरेको जनाइसकेको छ । कोरोना महामारीको कारण तत्काल बोर्ड बैठकको पनि सम्भावना कम छ । यो अवस्थामा पदपूर्ति भने प्रभावित नहुने प्याकुरेल बताउँछन् ।
‘यी सबै कार्य सम्पादन समितिले निर्णय गरेर आइसिसीलाई पठाएको हुँदा अव पदपूर्तिको लागि बोर्डको आवश्यक पर्दैन’, उनले भने ।
‘आइसिसीको आफ्नै प्रकिया हुन्छ । उहाँहरुले विभिन्न तहमा छलफल गरेर हामीसँग पनि कुरा गरेर फाइनल गर्नुहुन्छ । त्यो काम आइसिसीको सकिएको छैन । हामीले त्यहिँ पर्खेका छौं, उनले भने, ‘कुन तहको प्रशिक्षक लिने, पारिश्रमिक कतिसम्म दिने, कुन प्रकियाले छनोट गर्ने, कस्तो कमिटीले छान्ने लगायतका धेरै कुराहरु आइसिसीले गर्ने काममा पर्दछन् ।’
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]