5 years ago
August 28, 2020
एजेन्सी– नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले अष्ट्रेलिया बायाँ हाते तीव्र गतिका बलर ड्यानियल स्याम्सलाई टोलीमा भित्र्याएको छ ।

दिल्लीले इंग्ल्यान्डका ओपनर जेसन रोयको स्थानमा साम्सलाई टोलीमा भित्र्याएको थियो । रोयको यसैसाता ओल्ड ट्राफर्डमा अभ्यासको क्रममा बायाँ मांशपेशीमा समस्या देखिएको हो । उनले शुक्रबारदेखि पाकिस्तानविरुद्ध हुने तीन टि२० आई सिरिज र आइपिएल गुमाउने भएपछि दिल्लीले उनको स्थानमा स्याम्सलाई अनुबन्ध गरेको हो ।
२७ वर्षिय स्याम्सले सेप्टेम्बर पहिलो सातादेखि इंग्ल्यान्डविरुद्ध हुने तीन ओडिआई र तीन टि२० सिरिजको क्रममा अष्ट्रेलिया टोलीमा डेब्यु गर्न सक्ने अनुमान गरिएको छ । स्याम्सले ५ प्रथम श्रेणीमा १३, ११ लिष्ट ए मा १६ र ३७ टि२० आईमा ५२ विकेट लिएका छन् । २०१९/२० को बिग ब्यासमा सर्वाधिक विकेट लिने खेलाडी स्याम्सले तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् ।
बलिङ अलराउन्डरको छवी बनाएका उनले २०१९/२० मा सिड्नी थन्डरबाट बिग ब्यासमा १७ खेलमा ३० विकेट लिएका थिए । उक्त उत्कृष्ट प्रर्दशनका साथ इंग्ल्यान्डविरुद्ध ओडिआई र टि२० आई सिरिजको लागि अष्ट्रेलिया टोलीमा परेका छन् ।

दिल्लीसँग ओपनरको रुपमा पृथ्वी शा र शिखर धवन छन् । यी दुई मध्य एकले खराब प्रर्दशन गर्दा अजिंक्या रहाणे र मार्कस स्टोइनिस विकल्पमा छन् । त्यसैले दिल्लीले ओपनर ब्याट्सम्यान रोयको स्थानमा तीव्र गतिका बलर स्याम्सलाई अनुबन्ध गरेको हो । केहि दिनअघि दिल्लीले इंग्ल्यान्डका तीव्र गतिका बलर क्रिस वोक्सको स्थानमा दक्षिण अफ्रिका युवा स्टार एनरिच नोर्टजेलाई भित्र्याएको थियो ।
दिल्ली आइतबार यूएई पुगिसकेको छ । स्याम्सको आगमनले दिल्लीको बलिङ आक्रामण झनै उत्कृष्ट बनेको छ । साम्ससँगै दक्षिण अफ्रिका कागिसो रबाडा, एनरिच नोर्टजे, भारतीय मोहित शर्मा, ईशान्त शर्मा, युवा खेलाडी आवेश खान र तुषार देशपान्डे तीव्र गतिका बलरका रुपमा छन् ।
अलराउन्डर मार्कस स्टोइनिस र किमो पलले मध्यगतिमा बलिङ गर्ने गर्दछन् । स्पिनरको रुपमा सन्दीपसँगै अमित मिश्रा, रविचन्द्रन आश्विन र अक्षर पटेल छन् । दिल्ली पहिलो पटक उपाधि जित्न चाहान्छ । यस पटक खेलाडी हेर्दा बलियो दाबेदार पनि देखिन्छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]