default_image

5 years ago

August 28, 2020

इंग्ल्यान्ड र पाकिस्तानबीच पहिलो टि२० आज

104 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्ड र पाकिस्तानबीचको तीन खेलको टि२० आई सिरिज अन्तर्गत पहिलो खेल आज म्यानचेस्टरमा हुँदै छ । खेल नेपाली समयअनुसार शुक्रबार राती १०ः ४५ पछि सुरु हुनेछ ।

कोरोना महामारीपछि पहिलोपटक पुरुष टि२० आई हुन लागेको हो । तीन टेष्ट सिरिज १–० ले गुमाएको पाकिस्तान टि२० सिरिज जित्ने सोचका साथ मैदान प्रवेश गर्ने छ । पाकिस्तान युवा ब्याट्सम्यान बाबर आजम र इंग्ल्यान्ड ओईन मोर्गनको कप्तानीमा मैदान उत्रने छन् ।

पाकिस्तानको ओपनिङ बाबर आजम र फखर जमानले गर्ने छन् । बाबर टि२० आई वरीयताका शीर्ष स्थानका ब्याट्सम्यान हुन् । निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका बाबर टोलीका प्रमुख ब्याट्सम्यान हुन् । आक्रामक ब्याटिङका लागि परिचित जमानले एकै ओभरमा खेललाई मोड्न सक्छन् ।

मध्यक्रममा हैदर अली, अनुवभी ब्याट्सम्यान सोएब मलिक र मोहम्मद हफिज छन् । घरेलु क्रिकेटमा उत्कृष्ट प्रर्दशनका साथ पाकिस्तानको टोलीमा पहिलो पटक परेका हैदर डेब्यु गर्दै उच्च प्रर्दशन गर्ने सोचमा छन् । विकेटकिपरमा मोहम्मद रिजवान छन् । टेष्टमा उत्कृष्ट प्रर्दशनका साथ पाकिस्तानबाट म्यान अफ द सिरिज चुनिएका रिजवानको मनोबल उच्च छ । इफ्तिखर अहमद फिनिसरको रुपमा रहने छन् ।

इमाद वासिम र सादब खान अलराउन्डरको रुपमा स्थान बनाउन सक्छन् । तीव्र गतिका बलरको रुपमा मोहम्मद आमिर, वहाव रियाज र शाहिन अफ्रिदीको सम्भावना छ । टेष्टमा अपेक्षा अनुसार प्रर्दशन नगरेपनि टि२० आईमा अफ्रिदीबाट ठूलो आशा गरिएको छ ।

यता इंग्ल्यान्डका ओपनर जेसन रोय बायाँ भागको मांशपेशीमा समस्या आउँदा सिरिजबाट बाहिरिएका छन् । रोय बाहिरिदा इंग्ल्यान्डको ओपनिङ युवा ब्याट्सम्यान टम ब्यान्टन र विकेटकिपर जोनी बेयरस्टोरोले गर्ने छन् । तेस्रो नम्बरमा डेविड मलान र चौथो नम्बरमा मोर्गनले ब्याटिङ गर्ने छन् । उत्कृष्ट लयमा रहेका मोर्गनलाई रोक्न पाकिस्तानलाई बलरलाई कठिन पर्न सक्छ ।

पाँचौ नम्बरमा साम विलिङ्ग्स र छैटौं नम्बरमा मोइन अलीको सम्भावना छ । स्पिनरको रुपमा मोइनसँगै आदिल राशिदलाई मैदान उतार्न सक्छ । तीव्र गतिको बलरको रुपमा टम करन, डेविड विल्ली र क्रिस जोर्डनको सम्भावना छ । यी दुई देशबीच कुल १५ टि२० आई खेल भएको छ । जसमा पाकिस्तान ४ खेलमा विजयी हुँदा १० खेलमा पराजित भएको छ । इंग्ल्यान्ड र पाकिस्तान दुबैले आगमी वर्ष हुने टि२० विश्वकपलाई मध्यनजर गर्दै युवा खेलाडीलाई मौका दिएका छन् ।

यस सिरिजमा यी दुबै टोलीलाई टि२० वरीयतामा शीर्ष स्थानमा उक्लिने अवसर छ । २७ महिनासम्म शीर्ष स्थानमा रहेको पाकिस्तान गत बैशाखमा चौथो स्थानमा खस्किएको थियो । अष्ट्रेलिया शीर्ष स्थानमा रहँदा इंग्ल्यान्ड दोस्रो र भारत तेस्रो स्थानमा छन् । खेलाडीलाई पनि टि२० आई वरीयतामा सुधार गर्ने राम्रो अवसर बन्ने छ ।

गतवर्ष इंग्ल्यान्डले पाकिस्तानलाई एकमात्र टि२० आई खेलमा ७ विकेटले हराएको थियो । उक्त सिरिजमा १ सय ७४ रनको लक्ष्य इंग्ल्यान्डले ४ बल अगाडिनै पूरा गरेको थियो । सन् २०१६ मा पाकिस्तानले इंग्ल्यान्डलाई म्यानचेस्टरमै ९ विकेटले हराएको थियो । दोस्रो खेल आइतबार र तेस्रो तथा अन्तिम खेल मंगलबार हुने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.