default_image

5 years ago

August 28, 2020

छक्का प्रहार गरेपछि आफ्नै गाडीको सिसा फुट्दा

214 views

0 Bookmark

एजेन्सी – आयरल्यान्डका अलराउन्डर केभिन ओ ब्रायन विश्व क्रिकेटमै आक्रामक ब्याटिङका लागि परिचित छन् । उनै ओ ब्रायनले बिहीबार खेलका क्रममा छक्का प्रहार गर्दा आफ्नै गाडीको सिसा फुटेको छ ।

आयरल्यान्डको घरेलु प्रतियोगिता अन्तर प्रदेश टि२० ट्रफीमा लेइन्स्टर लाइटनिंगका लागि खेल्ने क्रममा ओ ब्रायनले नर्थ-वेस्ट वारियर्सका लागि ३७ बलमा ८२ रन जोडेका थिए । ओ ब्रायनकै आक्रामक ब्याटिङमा लेइन्स्टरले वर्षका कारण १२ ओभरमा घटाइएको खेलमा १२४-४ को स्कोर खडा गर्यो ।

जवाफमा वारियर्सले १०४-८ मात्र जोड्न सकेपछि डकवर्थ लेविस पद्दतिका अधारमा ओ ब्रायनको टोली २४ रनले विजयी भयो । ओ ब्रायनले खेलमा ८ छक्का प्रहार गरेका थिए । त्यसमध्य एउटा छक्काले उनको आफ्नै गाडीको सिसा फुटेको थियो । ओ ब्रायन आयरल्यान्ड टोयोटाको ब्राण्ड एम्बेसेडर रहेकाले खेलपछि स्थानीय डिलरले उनको गाडी ठिक गरेको समेत उनले उल्लेख गरेका छन् ।

विश्व क्रिकेटमा बारम्बार यस्तो घटना हुने गर्दछ । नेपालमै पनि पछिल्लोपटक एभरेस्ट प्रिमियर लिगका दौरान इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरको गाडीको सिसा फुटेको थियो । चितवन टाइगर्सविरुद्ध खेलमा विराटनगर वारियार्सका लागि हङकङका बाबर हायातले प्रहार गरेको छक्का मैदानबाहिर रहेको अख्तरको गाडीमा लागेको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.