5 years ago
August 28, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा सहभागिता जनाउन संयुक्त अरब इमिरेट्स (यूएई) पुगेको चेन्नई सुपर किंग्सको एक खेलाडीसहित टोलीका अन्य सदस्यमा कोरोना संक्रमण देखिएको छ ।

बिहीबार चेन्नईका सदस्यले गराएको परिक्षणमा एक खेलाडी र १० जना टोली सदस्यमा कोरोना संक्रमण देखिएको हो । आइपिएलको कोरोना नियमावली अनुसार हरेक टोलीले यूएई आएपछि अनिवार्य रुपमा तीन पटक परिक्षण गर्नुपर्ने प्रावधान रहेको छ । हरेक टोलीले पहिलो, तेस्रो र पाँचौ दिनमा परिक्षण गर्नुपर्ने उल्लेख गरिएको छ ।
स्रोतका अनुसार बिहीबार गरिएको तेस्रो परिक्षणको नतिजामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै चेन्नईको सबै खेलाडी र टोली सदस्य क्वारेन्टिनमा बस्ने भएका छन् । अब सबै सदस्यको नतिजा नेगेटिभ नआउँदासम्म टोली प्रशिक्षणमा सहभागी हुन पाउने छैन । शुक्रबार पनि टोलीका सबै सदस्यको कोरोना परिक्षण गरिएको छ ।
चेन्नईको टोलीमा कोरोना संक्रमण देखिंदा अन्य केहि टोलीले भने प्रशिक्षण सुरु गरेका छन् । रोयल च्यालेन्जर्स बेंगलोर, किंग्स इलेभेन पन्जाब र राजस्थान रोयल्सले प्रशिक्षण गर्न थालेका छन् । यो टोलीका सबै खेलाडी र सदस्यको कोरोना परिक्षण नेगेटिभ आएको हो ।
चेन्नईले यूएई जानुअघि भारतमै केहि दिन प्रशिक्षण गरेको थियो । त्यसबेला नै कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ । कोरोना संक्रमण देखिएका खेलाडी र टोली सदस्यले विस्तृत स्वास्थ्य परिक्षण अनिवार्य रुपमा गर्नुपर्ने नियम छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]