default_image

5 years ago

August 28, 2020

आइपिएलमा सन्दीपलाई झन कठिन

154 views

0 Bookmark

एजेन्सी– नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई अर्को महिनादेखि यूएईमा सुरु हुने इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सको चार विदेशी खेलाडीको कोटामा नियमित स्थान बनाउन झन कठिन हुने भएको छ ।

दिल्लीले बिहिबार इंग्ल्यान्डका ओपनर जेसन रोयको स्थानमा अष्ट्रेलिया बायाँ हाते तीव्र गतिका बलर ड्यानियल स्याम्सलाई टोलीमा भित्र्याएको छ । इंग्ल्यान्डको प्रशिक्षण भइरहेको ओल्ड ट्राफर्डमा अभ्यासको क्रममा रोयको बायाँ मांशपेशीमा समस्या आएपछि शुक्रबार देखि पाकिस्तानविरुद्ध हुने तीन टि२० आई र आइपिएल गुमाउने भएका हुन् ।

२७ वर्षिय स्याम्स सेप्टेम्बर पहिलो सातादेखि इंग्ल्यान्डविरुद्ध हुने समान तीन ओडिआई र टि२० सिरिजको लागि अष्ट्रेलियाको टोलीमा पहिलो पटक परेका छन् । स्याम्सले ५ प्रथम श्रेणीमा १३, ११ लिष्ट ए मा १६ र ३७ टि२० आईमा ५२ विकेट लिएका छन् । स्याम्स २०१९-२० को बिग ब्यासमा सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् ।

बलिङ अलराउन्डरको छवी बनाएका उनले २०१९-२० मा सिड्नी थन्डरबाट बिग ब्यासमा १७ खेलमा ३० विकेट लिएका थिए । उक्त उत्कृष्ट प्रर्दशनले सेप्टेम्बरमा इंग्ल्यान्डविरुद्ध ओडिआई र टि२० आई सिरिजको लागि अष्ट्रेलिया टोलीमा स्थान बनाएका छन् ।

दिल्लीसँग ओपनरको रुपमा पृथ्वी शा र शिखर धवन छन् । यी दुई मध्य एकले खराब प्रर्दशन गर्दा अजिंक्या रहाणे र मार्कस स्टोइनिसको राम्रो विकल्प छ । केहि दिनअघि दिल्लीले इंग्ल्यान्डका तीव्र गतिका बलर क्रिस वोक्सको स्थानमा दक्षिण अफ्रिका युवा स्टार एनरिच नोर्टजेलाई भित्र्याएको थियो ।

स्याम्स र कागिसो रबाडा दिल्लीको तीव्र गतिको जोडीको रुपमा खेल्ने छन् । स्याम्सले खराब प्रर्दशन गरेको खण्डमा नोर्टजे विकल्पमा रहनेछन् । दिल्लीमा कागजी रुपमा स्तरीय भारतीय तीव्र गतिका उत्कृष्ट बलर नहुँदा दुवै विदेशी खेलाडी खेलाउने रणनीति देखिन्छ । दिल्लीमा भारतीय तीव्र गतिका बलरको रुपमा इशान्त शर्मा, मोहित शर्मा, तुषार देशपान्डे र आवेश खान छन् ।

तेस्रो विदेशी खेलाडीको रुपमा वेस्टइन्डिजका युवा स्टार ब्याट्सम्यान शिम्रन हेटमायरको स्थान लगभग पक्कापक्कि छ । गतवर्ष तल्लोक्रम ब्याटिङ कम्जोर हुँदा पहिलो पटक फाइनलमा पुग्न चुकेको दिल्लीले अक्सनमा हेटमायरलाई मोटो रकम खर्चने क्रममा ७ करोड ७५ लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । हेटमायरले वेस्टइन्डिज र फ्रेन्चाइज लिग दुवैमा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । हेटमायरले चल्न नसकेको खण्डमा अष्ट्रेलिया विकेटकिपर एलेक्स केरिले मौका पाउने छन् ।

चौथो विदेशी खेलाडीको रुपमा सन्दीपसँगै, मार्कस स्टोइनिस र किमो पलबीच प्रतिस्पर्धा हुने छ । यी तीनै युवा खेलाडीले उच्च प्रर्दशन गर्दै आएका छन् । दिल्लीमा भारतीय अनुभवी लेग स्पिनर अमित मिश्रा र अफ स्पिनर रविचन्द्रन आश्विन छन् । अलराउन्डर अक्षर पेटललाई मैदान उतार्दा दिल्लीसँग तीनस्पिनर हुने छन् । जसले गर्दा सन्दीप नभए दिल्ली मध्यगतिका अलराउन्डर स्टोइनिसका साथ अघि बढ्न सक्छ ।

स्टोइनिसले ओपनिङ र तल्लोक्रममा उत्कृष्ट ब्याटिङसँगै मध्य गतिमा राम्रो बलिङ गर्ने गर्दछन् । बिग ब्यास लिग २०१९-२० मा मेलबर्न स्टार्सबाट १७ खेलमा १ शतक र ६ अर्ध शतक सहित ७ सय ५ रन सहित शीर्ष स्थानमा रहेका थिए । बिग ब्यासमा ओपनरको रुपमा खेलेपनि दिल्लीमा त्यसको सम्भावना कम छ । जसले गर्दा स्टोइनिस तल्लोक्रममा फिनिसरको रुपमा खेल्न सक्छन् ।

अष्ट्रेलियाको टोलीबाट तल्लोक्रममै ब्याटिङ गर्दै आएका छन् । गतवर्ष दिल्लीको फिनिसर लाइन कमजोर प्रर्दशन गरेको थियो । यूएईका पिच स्पिनर उपयोगी मानिन्छ । तीन प्रमुख स्पिनर खेलाउँदा ६ ब्याट्सम्यान मात्र खेलाउनुपर्ने हुन्छ । टोली सन्तुलन बिग्रिन्छ । दिल्लीले समान दुई तीव्र र स्पिनर खेलाउने छ । यी चार प्रमुख बलरलाई दुई अलराउन्डरले साथ दिन सक्छन् । सन्दीपलाई खेलाउँदा मिश्रासँगै स्टोइनिसलाई पनि बेन्चमा राख्नुपर्ने दिल्लीको प्लेइङ ११ समिकरण बन्न पुग्छ ।

स्टोइनिस, स्याम्स र विकेटकिपर एलेक्स केरिले इंग्ल्यान्डविरुद्ध सिरिजको कारण सुरुवाती खेल गुमाउने छन् । जुन समय सन्दीपले मौका पाउने छन् । सन् २०१८ मा तीन र २०१९ मा ६ खेलमा मात्र मौका पाएका थिए । अन्य विदेशी फ्रेन्चाइज लिगमा पहिलो स्पिनरको रुपमा स्थान बनाएपनि आइपिएलमा भने सन्दीपलाई अझै संघर्ष गर्नुपर्ने देखिन्छ ।

वेस्टइन्डिजमा क्यारेबियन प्रिमियर लिगमा जमैका तलावाजबाट खेल्दै उत्कृष्ट प्रर्दशन गरि रहेका सन्दीप उतैबाट यूएई जाने छन् । सन्दीपले सिपिएलमा सुरुवाती ५ खेलमा ७ विकेट लिएका छन् ।

दिल्लीको २०२० को पूर्ण टोली :

शिखर धवन, पृथ्वी शा, श्रेयस ऐर, ऋषभ पन्त, इशान्त शर्मा, अक्षर पटेल, अमित मिश्रा, हर्ष पटेल, आवेश खान, कागिसो रबाडा, किमो पल, सन्दीप लामिछाने, अजिंक्या रहाणे, रविचन्द्रन आश्विन, शिम्रन हेटमायर, एलेक्स केरी, मोहित शर्मा, तुषार देशपान्डे, ललित यादव, मार्कस स्टोइनिस, ड्यानियल स्याम्स र एनरिच नोर्टजे ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.