5 years ago
August 29, 2020
एजेन्सी – पाकिस्तान र इंग्ल्यान्डबीचको तीन टि२० आई सिरिज अन्तर्गत पहिलो खेल वर्षाको कारण नतिजाबिहिन बनेको छ ।

शुक्रबार राती म्यानचेस्टरमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले १६.१ ओभरमा १३१–६ को अवस्थामा खेल वर्षाको कारण रोकिन पुगेको थियो । वर्षापछि खेल पुन खेल्ने सम्भावना नबनेपछि नतिजा बिहिन बन्न पुगेको थियो । इंग्ल्यान्डका युवा ब्याट्सम्यान तथा ओपनर टम ब्यान्टनले सर्वाधिक ७१ रनको योगदान दिए ।
पहिलो ओभरको पाँचौ बलमा स्पिनर इमाद वासिमले ओपनर जोनी बेयरस्टोलाई २ रनमा कट एण्ड बोल्ड आउट गरेका थिए । जुन समय इंग्ल्यान्डले ३ रन मात्र जोडेको थियो । ब्यान्टन र डेविड मलानले दोस्रो विकेटका लागि ७१ रनको साझेदारी गर्दै इंग्ल्यान्डलाई राम्रो सुरुवात दिलाए ।
दशौं ओभरको तेस्रो बलमा मलान २३ बलमा २ चौका सहित २३ रनमै रन आउट हुन पुगेसँगै इंग्ल्यान्डले लगातार विकेट गुमाउन पुगेको थियो । स्पिनर शादब खानको १३ औं ओभरको तेस्रो बलमा ठूलो सट खेल्ने धुनमा ब्यान्टन टप एज लागेर एस्ट्रा कभरमा इमाद वासिमबाट ४२ बलमा ४ चौका र ५ छक्का सहित ७१ रनमा क्याच आउट भएपछि पाकिस्तानले राम्रो पूनरागमन गरेको थियो । ब्यान्टनले आफ्नो टि२० आई करिअरको पहिलो अर्धशतक ३३ बलमा पूरा गरेका थिए ।
१४ औं ओभरको अन्तिम बलमा कप्तान ओईन मोर्गनलाई इफ्तिखर अहमदले १० बलमा १ चौका र १ छक्का सहित १४ रनमा एलबिडब्लू आउट गर्दा इंग्ल्यान्ड ११८–४ को अवस्थामा पुगेको थियो । १५ औं ओभरको चौथो बलमा मोइन अलीलाई शादबले विकेटकिपर मोहम्मद रिजवानबाट ८ रनमा क्याच गराएपछि इंग्ल्यान्ड दबाबमा परेको थियो । लुईस ग्रेगरीलाई इमादले २ रनमा स्टम्पिङ आउट गराउँदै इंग्ल्यान्डलाई १५.३ ओभरमा १२३–६ को कमजोर अवस्थामा पुर्याएका थिए ।
साम विलिङ्ग्स ३ र क्रिस जोर्डन २ रनमा खेलिरहेको अवस्थामा खेल वर्षाको कारण रोकिएको थियो । स्पिनर शादब खानले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । इमाद वासिमले ४ ओभरमा ३१ रन खर्चदै २ विकेट हात पारे । इफ्तिखर अहमदको नाममा १ विकेट रह्यो । दोस्रो टि२० आई खेल आइतबार म्यानचेस्टरमा हुने छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]