default_image

5 years ago

August 29, 2020

घाइते ओलीको शल्यक्रिया हुने

150 views

0 Bookmark

एजेन्सी– पाकिस्तानविरुद्ध तेस्रो टेस्टमा बायाँ हातको कुममा लागेको चोटका कारण इंग्ल्यान्डका युवा स्टार ओली पोप मैदान बाहिर रहने भएका छन् ।

चोट गम्भीर रहेका कारण शल्यक्रिया गर्नुपर्ने भएपछि २२ वर्षीय मध्यक्रम ब्याट्सम्यान ओली चार महिना मैदान बाहिर रहने भएका हुन् । पाकिस्तानविरुद्ध तेस्रो तथा अन्तिम टेष्टमा साउथह्याप्टनमा चौथो दिन स्टुअर्ट ब्रोडको पहिलो ओभरको दोस्रो बलमा चौका बचाउने क्रममा उनी घाइते हुन पुगेका थिए ।

ओलीको आगामी दुई हप्ताभित्र शल्यक्रिया हुने छ । इंग्ल्यान्डले २०२१ मा श्रीलंकाविरुद्ध टेष्ट सिरिज खेल्ने छ । उक्त समय सम्म ओली पूर्णरुपमा ठिक हुने आशा गरिएको छ । ओली टेष्टमा इंग्ल्यान्डका एक महत्वपूर्ण ब्याट्सम्यान हुन् । गत जनवरीमा दक्षिण अफ्रिकाविरुद्ध १ सय ३५ रनको उत्कृष्ट इनिङ खेलेका थिए ।

त्यस्तै अघिल्लो महिना वेस्टइन्डिजविरुद्ध तेस्रो टेष्टमा म्यानचेस्टरमा ९१ रन जोडेका थिए । पाकिस्तानसँगको पहिलो टेष्टमा इंग्ल्यान्ड २ सय १९ रनमा अल आउट हुँदा ओलीले ६२ रनको महत्वपूर्ण इनिङ खेलेका थिए ।

सन् २०१८ मा भारतविरुद्ध डेब्यु गरेका ओलीले १३ टेष्टमा १ शतक र ५ अर्ध शतक सहित कुल ६ सय ४५ रन बनाएका छन् । ओलीको खेल्ने शैली इंग्ल्यान्डका पूर्व सफल ब्याट्सम्यान इयान बेललाई झल्काउने क्रिकेट विज्ञहरु बताउँछन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.