default_image

5 years ago

August 29, 2020

जमैकालाई ब्याटिङकै चिन्ता

151 views

0 Bookmark

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल) को १८ औं खेलमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियटसविरुद्ध खेल्दैछ ।

खेल नेपाली समय अनुसार शनिवार मध्यराती १२ बजेपछि क्विन्स पार्क ओभलमा सुरु हुनेछ । जमैका सिपिएलको अंक तालिकामा ५ खेलमा ३ हार र २ जित सहित पाँचौ स्थानमा छ । सेन्ट किट्स ५ खेलमा १ मा जित र ४ मा हार सहित २ अंक जोड्दै पुछारमा छ । दुवै टोलीलाई आजको खेल जित्नैपर्ने दबाब छ ।

पुछारमा रहेका यी दुई टोलीबीचको प्रतिस्पर्धा रोमाञ्चक हुने आशा गरिएको छ । जमैकाका स्पिनर सन्दीप, अफगानिस्तानका मुजिब उर रहमानले उच्च प्रर्दशन गरेपनि ब्याट्सम्यान चल्न नसक्दा र तीव्र गतिका बलरको साथ नपाउँदा हार बेहोर्दै आएको छ । जमैका ट्रीनबेगो नाइट राइडर्स विरुद्ध ७ विकेटले पराजित भएको थियो ।

दोस्रो हार गुयाना एमेजन वारियर्सविरुद्ध १४ रनको बेहोरेको थियो । १ सय १९ रनको सामान्य विजयी लक्ष्य पछ्याएको जमैकाले ७ विकेटको क्षतिमा १ सय ४ रन मात्रै बनाउन सक्यो । तेस्रो हार बार्बाडोसविरुद्ध बेहोरेको थियो । उक्त खेलमा १ सय ४९ रनको लक्ष्य पछ्याउने क्रममा जमैकाले ९ विकेटको क्षतिमा १ सय १२ रन बनाएको थियो ।

जमैका कुनैपनि ब्याट्सम्यानले यस सिजनको सिपिएलमा ठूलो इनिङ खेल्न सकेका छैनन् । ओपनर चाडविक वाल्टनले सुरुवाती पाँच खेलमा क्रमशः २, ०, ०, १ र १० रनमा आउट भएका छ्न । अर्का ओपनर ग्लेन फिलिप्सले ०, २६, ०, ५८ र ४४ रन बनाएका छन् ।

कप्तान रोभमान पावेलको खराब लय अर्को ठूलो चिन्ताको विषय हो । पावेलले पाँच खेलमा ४, २, २३, ८ र २६ रनमा आउट भएका छन् । जर्मेन ब्ल्याकवुडले २८ र २३ रन जोडेका छन् । तल्लोक्रमका आसिफ अलीको प्रर्दशन पनि निराशजनक छ । अलीले पाँच खेलमा २, ३, १४, २२ र ४७ रन जोडेका छन् ।

चोटसँग जुधिरहेका आन्द्रे रसेलले मध्य प्रर्दशन गरेका छन् । रसेलले खेलेका चार खेलमा २३, ५२, २५ र १६ रन जोडेका छन् । मुजिबले ५ खेलमा १२ विकेट लिदै शीर्ष स्थानमा रहेका छन् । सन्दीपले ५ खेलमा ७ विकेट लिएका छन् ।

जमैका तीव्र गतिका बलरको प्रर्दशन पनि राम्रो छैन । तीव्र गतिका बलर कार्लोस व्रेथवेट र ओशान थोमसले प्रर्दशन अपेक्षा अनुसार छैन । ब्रायन लारा र क्विन्स पार्क ओभल दुवैको पिच स्पिनर उपयोगी हुँदा तीव्र गतिका बलरले संघर्ष गरिरहेका छन् । सन्दीपले सेन्ट किट्सविरुद्ध पनि उत्कृष्ट प्रर्दशनलाई निरन्तरता दिने अनुमान गरिएको छ ।

सेन्ट किट्समा जोशुवा डा शिल्भा, बेन डंक, इभिन लुईस, क्रिस लिन र दीनेश रामदिन उसका ब्याट्सम्यान हुन् । बलरको रुपमा शेल्डन कटरेल, अल्जारी जोशेफ, ईश सोधी र सोहेल तनवीर छन् । क्रिस लिन र इभिन लुईस जस्ता चर्चित ब्याट्सम्यान चल्न नसक्नु उस्को पनि चिन्ताको विषय बनि रहेको छ ।

यी दुई टोलीबीच सिपिएलमा कुल ११ खेल भएको छ । जसमा जमैका ५ खेलमा विजयी हुँदा ६ खेलमा पराजित भएको थियो । गत वर्षका दुवै खेलमा जमैका पराजित हुन पुगेको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.