default_image

5 years ago

August 30, 2020

इंग्ल्यान्डले पाकिस्तानलाई हरायो

161 views

0 Bookmark

एजेन्सी – कप्तान ओईन मोर्गनको उत्कृष्ट ब्याटिङमा इंग्ल्यान्डले दोस्रो टि२० खेलमा पाकिस्तानलाई ५ विकेटले पराजित गरेको छ । यससँगै इंग्ल्यान्डले ३ खेलको सिरिजमा १-० को अग्रता लिएको छ ।

जितका लागि १ सय ९६ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १९.१ ओभरमा ५ विकेट गुमाउँदै जित हासिल गर्यो । इंग्ल्यान्डको सानदार जितमा कप्तान मोर्गन नायक बने । मोर्गनले ३३ बलमा ६ चौका र ४ छक्का सहित ६६ रनको योगदान दिए । मोर्गनको यो १४ औं टि२० आई अर्धशतक हो ।

डेविड मलान ३६ बलमा ६ चौका र १ छक्का सहित ५४ रनमा अविजित रहँदै जित पक्का गरे । तेस्रो विकेटका लागि मोर्गन र मलानले १ सय १२ रनको उत्कृष्ट शतकीय साझेदारी गरेपछि जित सहज बनेको थियो ।

ओपनर जोनी बेयरस्टो र टम ब्यान्टनले उत्कृष्ट सुरुवात दिलाएका थिए । स्पिनर शादब खानको सातौं ओभरको दोस्रो बलमा जोनी बेयरस्टो ठूलो सट खेल्नेक्रममा टप एज लागेर इमाद वासिमबाट २४ बलमा ४ चौका र २ छक्का सहित ४४ रनमा आउट भए । लगत्तै अर्को बलमा ब्यान्टन २० रनमा एलबिडब्लू आउट भए । ब्यान्टनले १६ बलमा १ छक्का प्रहार गरे ।

कप्तान मोर्गनलाई हरिस रउफले १७ औं ओभरको पाँचौ बलमा वैकल्पिक फिल्डर खुशदिल शाहबाट क्याच गराउँदै साझेदारी तोडेका थिए । शादब खानले मोईन अलीलाई १ रनमा क्याच आउट गराए । साम बिलिंग्स १० रनमा क्याच आउट भए । पाकिस्तानका स्पिनर शादब खानले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए । हरिस रउफले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि म्यानचेस्टरमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९५ रन बनाएको थियो । उत्कृष्ट ब्याटिङ गरेका मोहम्मद हफिज ३६ बलमा ५ चौका र ४ छक्का सहित ६९ रनमा क्याच आउट भए । हफिजले आफ्नो टि२०आई करिअरको १२ औं अर्ध शतक २६ बलमै पूरा गरेका थिए । हफिजलाई अन्तिम ओभरको पाँचौ बलमा टम करनले कप्तान ओइन मोर्गनबाट क्याच आउट गराएका थिए ।

पाकिस्तानलाई ओपनर बाबर आजम र फखर जमानले पहिलो विकेटका लागि ८.३ ओभरमा ७२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । स्पिनर आदिल राशिदको बलमा ठूलो सट खेल्ने धुनमा फखर टम ब्यान्टनबाट ३६ रनमा क्याच आउट हुन पुगेका थिए । फखरले २२ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

बाबरलाई १३ औं ओभरको चौथो बलमा आदिलले नै साम विलिंग्सको हातबाट ५६ रनमा समताए । बाबरले ४४ बलमा ७ चौका प्रहार गरे । उनको यो टि२० आई करिअरको १४ औं अर्ध शतक हो । हफिज र बाबरले दोस्रो विकेटका लागि ४० रनको साझेदारी गरेका थिए ।

हफिजले शोएब मलिकसँग मिलेर तेस्रो विकेटका लागि ५० रनको साझेदारी गरेपछि विशाल योगफलको आधार बनेको थियो । हफिज पाकिस्तानबाट शोएब मलिकपछि टि२० आईमा २ हजार रन पूरा गर्ने मात्र दोस्रो ब्याट्सम्यान बनेका छन् । क्रिस जोर्डनले १७ औं ओभरको तेस्रो बलमा शोएब मलिकलाई ११ बलमा १ चौका सहित १४ रनमा क्याच आउट गराए ।

इफ्तिखर अहमद ९ बलमा ८ रन जोड्दै नटआउट रहे । इंग्ल्यान्डका आदिल राशिदले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । क्रिस जोर्डन र टम करनले १–१ विकेट लिए । पहिलो खेल वर्षाको कारण रद्ध हुन पुगेको थियो । तेस्रो तथा अन्तिम खेल मंगलबार हुने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.