default_image

5 years ago

August 31, 2020

अष्ट्रेलियाविरुद्ध खेल्ने इंग्ल्यान्डको टोली घोषणा

114 views

0 Bookmark

एजेन्सी– घरेलु टोली इंग्ल्यान्डले अष्ट्रेलियाविरुद्ध खेल्ने समान तीन २० आई र ओडिआई सिरिजको लागि ओईन मोर्गनको कप्तानीमा फरक फरक टोली घोषणा गरेको छ ।

सेप्टेम्बर पहिलो साता देखि सुरु हुने सिरिजमा टेष्टका कप्तान जो रुट, विकेटकिपर जस बटलर, युवा अलराउन्डर साम करन, तीव्र गतिका बलर जोफ्रा आर्चर, मार्क वुड र क्रिस वक्सले सीमित ओभरमा पूरनरागमन गरेका छन् । यसअघि यी सबै खेलाडी पाकिस्तानविरुद्ध तीन टि२० आई र आयरल्यान्डविरुद्ध तीन ओडिआई सिरिजमा इंग्ल्यान्डको टोलीमा थिएनन् ।

वेस्टइन्डिज र पाकिस्तानबीचको समान तीन टेष्ट सिरिजको टोलीमा हुँदा इंग्ल्यान्डले सीमित ओभरको सिरिजलाई फरक टोली घोषणा गरेको थियो । स्टार अलराउन्डर बेन स्टोक्स भने टोलीमा छैनन् । स्टोक्स आफ्नो बुबा विरामी हुँदा पाकिस्तानविरुद्ध पहिलो टेष्ट खेलेर जन्मथलो न्युजिल्यान्ड गएका थिए । स्टोक्सको अभाव इंग्ल्यान्डलाई खड्किन सक्छ । स्टोक्सको स्थानमा साम करन खेल्ने सम्भावना छ ।

खेल तालिका :

टि२० आई सिरिज

पहिलो खेल : सेप्टेम्बर ४ (भदौ १९), दोस्रो खेल : सेप्टेम्बर ६ (भदौ २१), तेस्रो खेल : सेप्टेम्बर ८ (भदौ २३)

ओडिआई सिरिज

पहिलो खेल : सेप्टेम्बर ११ (भदौ २६), दोस्रो खेल : सेप्टेम्बर १३ (भदौ २८), तेस्रो खेल : सेप्टेम्बर १६ (भदौ ३१)

अष्ट्रेलियाविरुद्ध खेल्ने इंग्ल्यान्डको ओडिआई टोली :

ओईन मोर्गन (कप्तान), मोईन अली, जोफ्रा आर्चर, जोनी बेयरस्टो, टम ब्यान्टन, साम बिलिंग्स, जस बटलर, साम करन, टम करन, आदिल राशिद, जो रुट, क्रिस वोक्स र मार्क वुड ।

वैकल्पिक खेलाडी : जो डेनली र सकीव मोहम्मद ।

अष्ट्रेलियाविरुद्ध इंग्ल्यान्डको टि२० आई टोली :

ओईन मोर्गन (कप्तान), मोईन अली, जोफ्रा आर्चर, जोनी बेयरस्टो, टम ब्यान्टन, साम बिलिंग्स, जस बटलर, साम करन, टम करन, जो डेनली, क्रिस जोर्डन, डेविड मलान, आदिल राशिद र मार्क वुड ।

वैकल्पिक खेलाडी : लियाम लिभिङस्टोन र सकीव मोहम्मद ।

इंग्ल्यान्डले पाकिस्तानविरुद्ध अन्तिम तथा तेस्रो टि२० आई खेल मंगलबार खेल्ने छ । पाकिस्तानविरुद्ध तीन टि२० आई सिरिजमा इंग्ल्यान्डले १–० को अग्रता लिएको छ । अष्ट्रेलियाले इंग्ल्यान्डविरुद्ध ओडिआई र टि२० आई सिरिजलाई २१ सदस्य टोली दुई साता अघिनै घोषणा गरि सकेको छ । अष्ट्रेलिया साउथह्याप्टनमा अभ्यास गरिरहेको छ । इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको सिरिजपछि खेलाडी आइपिएल खेल्ने यूएई जाने छन् । आइपिएल सेप्टेम्बर १९ देखि सुरु हुने छ ।

अष्ट्रेलियाको टि२० र ओडिआई २१ सदस्य टोली :

आरोन फिन्च (कप्तान) , सन एबट, एस्टन अगर, एलेक्स केरि, प्याट कमिन्स, जोश हेजलवुड, मार्नस लाबुसेन, नाथन लायन, मिचेल मार्श, ग्लेन म्याक्सवेल, राइली मेरीडिथ, जोश फिलिपे, ड्यानियल स्याम्स, केन रिचर्डसन, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, एन्ड्रु टाई, म्याथ्यु वेड, डेविड वार्नर र एडम जम्पा ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.