5 years ago
September 1, 2020
एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) को २१ औं खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले अपराजित ट्रीनबेगो नाइट राइडर्सविरुद्ध खेल्दैछ ।

खेल नेपाली समय अनुसार आज साँझ ७ : ४५ पछि ब्रायन लारा स्टेडियममा सुरु हुने छ । सेमिफाइनलको यात्रा बलियो बनाउन जमैकालाई आजको खेल जित्नै पर्ने हुन्छ । यता नाइट राइडर्स जमैकालाई हराउँदै औपचारिक रुपमा सेमिफाइनलमा प्रवेश गर्न चाहन्छ । नाइट राइडर्स आफ्नो अपराजित यात्रा कायमै राख्ने चुनौतीका साथ मैदान प्रवेश गर्नेछ । यता जमैका राइडर्सलाई पहिलो हारको स्वाद चखाउन चाहन्छ ।
नाइट राइडर्सका कप्तान काइरान पोलार्डले यस अघिको खेलमा बार्बाडोसलाई २ विकेटले हराउन २८ बलमा ९ छक्का र २ चौका सहित ७२ रनको उत्कृष्ट इनिङ खेलेका थिए । पोलार्डलाई छोड्दा ड्वेन ब्राभो, ड्यारेन ब्राभो, सुनिल नारायण, सिकन्दर राजा र कोलिन मुनरो लगायतका आक्रामक ब्याट्सम्यान टोलीमा छन् ।
यता जमैकालाई कप्तान रोभमान पवेल र ओपनर चाडविक वाल्टनको खराब लय चिन्ताको विषय हो । ओपनर ग्लेन फिलिप्स भने राम्रो लयमा छन् । उनले फिलिप्सले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सविरुद्ध ७९ रनको उत्कृष्ट इनिङ खेलेका थिए । फिलिप्सले ६ खेलमा २ अर्ध शतक सहित २ सय ७ रन बनाउँदै शीर्ष स्थानमा छन् ।

जमैकाको सबैभन्दा बलियो हतियार लेग स्पिनर सन्दीप र मुजिब उर रहमानको जोडी हो । जमैकाको कमजोर पक्ष ब्याटिङ रहेको छ । मुजिब ६ खेलमा १३ विकेट लिदै शीर्ष स्थानमा छन् । सन्दीपले ६ खेलमा ९ विकेट लिएका छन् । यी दुई जोडीको प्रर्दशन जमैकालाई धेरै महत्वपूर्ण हुनेछ । ट्रीनबेगोविरुद्ध पहिलो खेलमा सन्दीपले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिएका थिए । मुजिबले ४ ओभरमा १३ रन खर्चेर १ विकेट लिएका थिए ।
पहिलो खेलमा नाइट राइडर्सले तलावाजलाई ७ विकेटले हराएको थियो । नाइट राइडर्स ६ खेलमा १२ अंकका साथ शीर्ष स्थानमा छ । यता जमैका ६ खेलमा ६ अंकका साथ चौथो स्थानमा छ ।
यी दुई टोली बीच सिपिएलमा कुल १७ खेल भएका छन् । जसमा जमैका ९ खेलमा विजयी हुँदा ८ खेलमा पराजित भएको छ । जमैकाले पछिल्लो चार खेलमा ट्रीनबेगोलाई हराउन सकेको छैन । जमैका पछिल्लो चार खेलमा क्रमश : ७ विकेट, ४१ रन, २२ रन र ४ विकेटले पराजित भएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]