5 years ago
September 1, 2020
एजेन्सी – इंग्ल्यान्ड र पाकिस्तानबीचको तेस्रो तथा अन्तिम टि२० आई खेल आज हुँदैछ । खेल नेपाली समय अनुसार राती १०ः४५ पछि म्यानचेस्टरमा सुरु हुनेछ ।

तीन टि२० आई सिरिजको पहिलो खेल वर्षाको कारण नतिजा विहिन बनेको थियो । दोस्रो खेलमा इंग्ल्यान्डले पाकिस्तानलई ५ विकेटले पराजित गर्दै सिरिजमा १–० को अग्रता लिएको थियो । पाकिस्तान आजको खेलमा जित निकाल्दै सिरिज बराबरीमा सक्ने रणनीतिमा हुने छ । यता इंग्ल्यान्ड अन्तिम खेलमा जित निकाल्दै सिरिज २–० आफ्नो पक्षमा पार्न चाहान्छ ।
इंग्ल्यान्ड ओईन मोर्गन र पाकिस्तान बाबर आजमको कप्तानीमा मैदान उत्रने छ । दुबै कप्तानले दोस्रो खेलमा अर्ध शतकीय इनिङ खेलेका थिए । पाकिस्तान दोस्रो खेलमा उत्कृष्ट ब्याटिङका बाबजुद बलिङ नचल्दा पराजित हुन पुगेको थियो । पाकिस्तानले प्रस्तुत गरेको १ सय ९६ रनको विजयी लक्ष्य इंग्ल्यान्डले पाँच बल अगाडि ५ विकेटको क्षतिमा पुरा गर्दै सिरिजमा अग्रता कायम गरेको थियो ।
उक्त जितमा कप्तान ओईन मोर्गनले ६६ रनको उत्कृष्ट इनिङ खेलेका थिए । त्यस्तै डेविड मलान ५४ रनमा अविजित रहँदा ओपनर जोनी बेयरस्टो र टम ब्यान्टनले पनि उत्कृष्ट सुरुवात दिलाएका थिए ।

पाकिस्तानका स्पिनर शादब खानले ३ विकेट लिएपनि अन्य बलरको राम्रो साथ नपाउँदा पराजित हुनु परेको थियो । तीव्र गतिका बलर हरिस रउफले अन्तिम तिर दुई विकेट लिएपनि उक्त समय पाकिस्तानलाई खेलमा फर्किन धेरै ढिला भई सकेको थियो । पाकिस्तानका मोहम्मद हफिजले ६९ र बाबर आजमले ५६ रनको उत्कृष्ट अर्ध शतकीय इनिङ खेलेका थिए ।
पाकिस्तानले दोस्रो खेलमा ३.१ ओभरमा ४४ रन खर्चिदै विकेट विहिन बनेका युवा बलर शाहिन अफ्रिदीको स्थानमा अनुभवी वहाब रियाजलाई मौका दिन सक्छ । अनुभवी ब्याट्सम्यान शोएब मलिकको स्थानमा युवा ब्याट्सम्यान हैदर अलीलाई डेब्यु गराउन सक्छ । मलिकले दोस्रो खेलमा ११ बलमा १४ रन जोडेका थिए । हैदर आक्रामक ब्याटिङका लागि परिचित छन् ।
इंग्ल्यान्डले आज डेविड विल्लीलाई सकीव मोहम्मद र टम करन मध्य एकको स्थानमा मौका दिन सक्छ । दोस्रो खेलमा सकीवले ४ ओभरमा ३८ रन खर्चिदै विकेट विहिन बनेका थिए । करनले ४ ओभरमा ४६ रन खर्चेर १ विकेट लिएका थिए । अन्य परिवर्तनको सम्भावना कम छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]