default_image

5 years ago

September 2, 2020

पाकिस्तानको जितसँगै सिरिज बराबर

136 views

0 Bookmark

एजेन्सी– पाकिस्तानले तेस्रो तथा अन्तिम टि२० आई खेलमा घरेलु टोली इंग्ल्यान्डलाई ५ रनले पराजित गर्दै सिरिज बराबरीमा सकाएको छ ।

पाकिस्तानको जितसँगै तीन टि२० आई सिरिज १–१ को बराबरीमा सकिएको छ । यस अघि पहिलो खेल वर्षाको कारण नतिजा विहिन हुँदा दोस्रो खेलमा इंग्ल्यान्ड ५ विकेटले विजयी भएको थियो । जितका लागि १ सय ९१ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनाउन सक्यो ।

इंग्ल्यान्डका अलराउन्डर मोईन अलीले सर्वाधिक ६१ रनको योगदान दिए । अन्तिम विकेटका रुपमा १९ औं ओभरको पाँचौ बलमा वहाब रियाजले कट एण्ड बोल्ड आउट गर्नुअघि मोइन अलीले ३३ बलमा समान ४ चौका र छक्का प्रहार गरे । पहिलो ओभरको चौथो बलमा ओपनर जोनी बेयरस्टोलाई शाहिन अफ्रिदीले शून्यमा बोल्ड आउट गरे । चौथो ओभरको पाँचौ बलमा डेविड मलानलाई इमाद वासिमले ७ रनमा फखर जमानबाट क्याच गराएका थिए ।

सातौं ओभरको अन्तिम बलमा कप्तान ओईन मोर्गन १० रनमा रन आउट भएपछि इंग्ल्यान्ड दबाबमा परेको थियो । आठौं ओभरको पाँचौ बलमा हरिस रउफले ओपनर टम ब्यान्टनलाई ३१ बलमा ८ चौका सहित ४६ रनमा एलबिडब्लूआउट गरे । साम विलिंग्स २६ र लुईस ग्रेगरी १२ रनमा आउट भए । पकिस्तानका शाहिन अफ्रिदीले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । वहाब रियाजले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । हरिस रउफ र इमाद वासिमको नाममा १–१ विकेट रह्यो ।

त्यसअघि म्यानचेस्टरमा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९० रन बनाएको थियो । पाकिस्तानका मोहम्मद हफिजले ५२ बलमा ४ चौका र ६ छक्का सहित ८६ रनमा अविजित रहँदै उत्कृष्ट इनिङ खलेका थिए । हफिजले दोस्रो खेलमा पनि उत्कृष्ट अर्ध शतक प्रहार गरे ।

दोस्रो ओभरको पहिलो बलमा फखर जमानलाई मोईन अलीले १ रनमा बोल्ड आउट गरे । पाँचौ ओभरको दोस्रो बलमा कप्तान बाबर आजमलाई टम करनले २१ रनमा बोेल्ड आउट गरे । बाबरले १८ बलमा ३ चौका प्रहार गरे ।

त्यसपछि क्रिजमा आएका हैदर अलीले कीर्तिमानी अर्ध शतक प्रहार गरे । पाकिस्तानको सियिनर टोलीबानट डेब्यु खेल खेलेका युवा ब्याट्सम्यान हैदरले ३३ बलमा ५ चौका र २ छक्का सहित ५४ रनको योगदान दिए । उनी पाकिस्तानबाट टि२० आई डेब्युमा अर्ध शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेका छन् । हैदरलाई १५ औं ओभरको दोस्रो बलमा क्रिस जोर्डनले बोल्ड आउट गरे ।

हैदर र हफिजले तेस्रो विकेटका लागि एक सय रनको शतकीय साझेदारी गर्दै बलियो योगफलको आधार तय गरेका थिए । शादब खान ११ बलमा २ चौका सहित १५ रनमा आउट भए । इंग्ल्यान्डका क्रिस जोर्डनले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । मोइन अली र टम करनले १–१ विकेट लिए । पाकिस्तानका मोहम्मद हफिज प्लेयर अफ द सिरिज र म्यान अफ द म्याच दुबै चुनिए ।

इंग्ल्यान्डले अव सेप्टेम्बर ४, ६ र ८ मा अष्ट्रेलियाविरुद्ध तीन टि२० आई सिरिज खेल्ने छ । सेप्टेम्बर ११, १३ र १६ मा इंग्ल्यान्ड र अष्ट्रेलियाबीच तीन ओडिआई सिरिज खेल हुने छ । पाकिस्तानको भने तत्काल कुनै अन्तर्राष्ट्रिय खेल छैन ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.