default_image

5 years ago

September 2, 2020

आइपिएल नखेल्ने चर्चित पाँच खेलाडी

179 views

0 Bookmark

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) विश्व क्रिकेटकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज टि२० लिग मानिन्छ । आइपिएल खेल्ने धेरै खेलाडीको सपना हुन्छ ।

आइपिएलमा खेलाडीले मूल्य र लोकप्रियता दुबै राम्रो पाउँछन् । फ्रेन्चाइज टि२० लिग एक मनोरञ्जन हो । यसले खेलाडीको आर्थिक अवस्था मजबुत बनाउछ । अक्सनमा सबै टोलीको आवश्कता एउटै हुन्छ भने खेलाडीले उच्च मूल्य पाउँछ ।

तर एक टोली बाहेक अन्यलाई आवश्यक छैन भने चर्चित खेलाडी सामान्य मूल्यमै अनुबन्ध हुनुपर्ने हुन्छ । त्यसैले अक्सनमा सबै खेलाडीले क्षमता अनुसारकै मूल्य पाउछन् भन्ने हुँदैन । चर्चित खेलाडी पनि नबिक्न सक्छन् ।

आइपिएलमा विश्वका ठूला नाम गरेका खेलाडीहरुको जमघट हुने गर्दछ । विश्वका चर्चित खेलाडीको जमघट, उच्च मूल्य, सार्वाधिक राषिको पुरस्कार, लोकप्रियता लगायत धेरै कुराले आइपिएल विश्वकै उत्कृष्ट फ्रेन्चाइज लिग हुन पुगेको छ । आइपिएल २०२० आगमी सेप्टेम्बर १९ देखि यूएईमा हुँदै छ ।

आइपिएल पहिलो पटक दर्शक विनाको रंगशालामा हुँदैछ । सबै फ्रेन्चाइज टोली यूएई पुगिसकेका छन् । टोलीमा रहेका केहि खेलाडी क्यारेबियन प्रिमियर लिग खेलेर यूएई जाने छन् । इंग्ल्यान्ड र अष्ट्रेलियाका खेलाडी टि२० आई र ओडिआई सिरिजपछि जाने छन् ।

आइपिएलमा विश्वभरका चर्चित खेलाडी आफ्नो प्रर्दशन गर्न र देखाउन तयार छन् । समर्थक पनि आफ्ना आदर्श खेलाडीको प्रर्दशन हेर्न आतुर छन् । तर आइपिएलमा केहि ठूला नाम भने देखिने छैनन् । कुनै अक्सनमा नबिक्दा र केहि व्यक्तिगत कारण यस सिजनको आइपिएल खेल्ने छैनन् । आइपिएल २०२० नदेखिने पाँच चर्चित खेलाडी यस प्रकार छन् ।

५. मुस्ताफिजुर रहमान (तीव्र गतिका बलर)

बंगलादेशका २४ वर्षिय युवा बायाँ हाते तीव्र गतिका बलर मुस्ताफिजुर रहमान आइपिएलमा देखिने छैनन् । सन् २०१६ मा सनराइजर्स हैदराबादलाई पहिलो पटक उपाधि जिताउन रहमानको योगदान उत्कृष्ट थियो । उनले सन् २०१६ मा सनराइजर्सबाट १६ खेलमा १७ विकेट लिदै ‘इमर्जिङ प्लेयर’ घोषित भएका थिए ।

आइपिएल इतिहासमा मुस्ताफिजुर एक मात्र इमर्जिङ प्लेयर घोषित हुने विदेशी खेलाडी हुन् । सन् २०१७ मा चोटका कारण एक मात्र खेल खेले । सन् २०१८ मा मुम्बईबाट ७ खेल खेलेका उनले ७ विकेट लिए । सन् २०१९ मा भने रहमानलाई बंगलादेश क्रिकेट बोर्डले त्यसै वर्ष इंग्ल्यान्डमा हुने एक दिवसिय विश्वकपलाई ध्यानमा राख्दै नो अब्जेक्शन लेटर नदिँदा खेल्न पाएका थिएनन् ।

विश्व क्रिकेटमा उच्च प्रर्दशन गर्दै बंगलादेशबाट पहिलो रोजाईमा खेल्दै आएका रहमानले आफ्नो न्युनतम मूल्य १ करोड भारतीय रुपैयाँ तोकेपनि कसैले बोली लगाएनन् ।

४. मार्टिन गुप्टिल (ब्याट्सम्यान)

न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिल आक्रामक ब्याटिङका लागि विश्वभर चर्चित छन् । गुप्टिलले एकै ओभरमा खेललाई मोड्न सक्ने क्षमता राख्छन् । सीमित ओभरमा न्युजिल्यान्डका पहिलो रोजाईका ओपनर गुप्टिललाई यस सिजनमा हैदराबादले फुकुवा गरेको थियो ।

गतवर्ष हैदराबादको ओपनिङमा डेभिड वार्नर र जोनी बेयरस्टो उत्कृष्ट प्रर्दशन गरेपछि गुप्टिलले मात्र ३ खेलमा मौका पाउँदा ८१ रन जोडेका थिए । यस सिजनमा पनि हैदराबादले वार्नर र बेयरस्टोलाई पहिलो रोजाईमा खेलाउने भएपछि फुकुवा गरेको थियो । अक्सनमा न्युनतम मूल्य १ करोड भारतीय रुपैयाँ राखेपनि अन्य टोलीले रुचि देखाएनन् । २ सय ५३ टि२० खेलमा ४ शतक र ४६ अर्ध शतक सहित ७ हजार ३ सय ८ रन बनाएका गुप्टिल बिक्न सकेनन् ।

३. जो रुट (ब्याट्सम्यान)

वर्तमान समयमा विश्व क्रिकेटमा तीनै शैलीका एक उत्कृष्ट ब्याट्सम्यानका जो रुटले हालसम्म आइपिएल खेलेका छैनन् । इंग्ल्यान्डका पहिलो रोजाईका शीर्षक्रमका ब्याट्सम्यान रुट यो वर्ष पनि आइपिएलमा देखिने छैनन् । टोलीको आवश्कता अनुसार ब्याटिङ गर्ने रुटले अक्सनमा आफ्नो नामनै दिएका थिएनन् ।

इंग्ल्यान्डलाई गतवर्ष एकदिवसिय विश्वकप जिताउन महत्वपूर्ण प्रर्दशन गरेका रुटले टि२० खेलमा पनि उच्च प्रर्दशन गर्दै आएका छन् । इंग्ल्यान्डबाट ३२ टि२० आई खेलेका रुटले १२६ को स्ट्राइक रेटमा कुल ८ सय ९३ रन बनाएका छन् । उत्कृष्ट प्रर्दशन ९० रन छ । रुटका समर्थक र शुभचिन्तक आइपिलको जर्सीमा देख्न चाहान्छन् । तर रुटले आफ्नो नाम अक्सनमा दिएनन् ।

२. सकीब अल हसन (अलराउन्डर)

बंगलादेशका अलराउन्डर सकीब अल हसन पनि यस सिजनको आइपिएलमा देखिने छैनन् । वर्तमान समयका सर्वोत्कृष्ट अलराउन्डर सकीब हाल एक वर्षको अन्तर्राष्ट्रिय प्रतिबन्ध खेपिरहेका छन् । सकीबलाई सट्टेबाजको प्रस्तावबारे जानकारी नदिएर भ्रष्टाचार विरोधी संहिताको उंल्घन गरेको आरोपमा आइसिसीले गतवर्ष एक वर्षको प्रतिबन्ध लगाएको थियो ।

सकीबको प्रतिबन्ध अक्टोबर २९ मा सकिने छ । सकीब श्रीलंका भ्रमणमा बंगलादेशको टोलीमा पूनरागमन गर्ने तयारी गरि रहेका छन् । हैदराबादबाट आइपिएल खेल्ने सकीबलाई यस सिजनमा फुकुवा गरेको थियो ।

१. मिचेल स्टार्क (तीव्र गतिका बलर)

अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क यस पटकको आइपिएलमा देखिने छैनन् । योर्करका लागि माहिर स्टार्क आफ्नो तीव्र गतिको कारण समेत ब्याट्सम्यानलाई दबाबमा राख्न सक्ने क्षमता राख्छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका स्टार्क वर्तमान समयका सवैभन्दा बढी तीव्र गतिमा बलिङ गर्ने बलर समेत हुन ।

स्टार्कले सन् २०१५ मा अन्तिम पटक रोयल च्यालेन्जर्स बेगलोरबाट आइपिएल खेलेका थिए । त्यसयता स्टार्क आइपिएलको जर्सीमा देखिएका छैनन् । स्टार्कलाई सन् २०१८ मा कोलकाता नाइट राइडर्सले अक्सनमा ९ करोड ४० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेपनि चोटका कारण खेल्न पाएनन् ।

पूर्वनिर्धारित विश्वकपलाई विशेष तयारी गर्ने भन्दै यसपटक उनी अक्सनमा सहभागीनै भएनन् । जसको कारण स्टार्कको योर्कर र गती उनका समर्थकले आइपिएलमा देख्न पाउने छैनन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.