default_image

5 years ago

September 4, 2020

आइपिएल २०२० का चार उत्कृष्ट ओपनर जोडी

137 views

0 Bookmark

एजेन्सी – क्रिकेट टिमको खेल हो । त्यसैले एक खेलाडीको प्रर्दशनले मात्र जित सम्भव हुँदैन । तर एक खेलाडीको प्रर्दशनले धेरै प्रभाव र सहज बनाउन सक्छ ।

कुनैपनि टोलीको ओपनर चल्दा मध्यक्रमका ब्याट्सम्यानलाई समेत खेल्न सहज हुन्छ । ओपनर नचल्दा मध्यक्रमका ब्याट्सम्यानमा दबाब बढ्ने हुँदा खेल्न कठिन पर्छ । नयाँ पिच, नयाँ बल र विपक्ष्यको उत्कृष्ट बलरको सामना गर्न ओपनरलाई सहज भने हुँदैन । मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यान टोलीको आवश्यकता अनुसार खेल्नुपर्ने हुन्छ ।

त्यसैले आफ्नो शैलीको क्रिकेट खेल्न नपाउन सक्छन् । ओपनरले बिना दबाब आफ्नो शैली र रणनीति अनुसार खेल्न पाउँछ । कुनैपनि टोलीलाई विशाल योगफल पूरा गर्न र बनाउन उत्कृष्ट सुरुवातको आवश्यक पर्छ । उत्कृष्ट सुरुवात विना विशाल योगफल पूरा भएको र बनाउन कठिन पर्छ ।

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० सिजिन सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म यूएईमा हुँदै छ । फ्रेन्चाइज टोलीहरु यूएई पुगि सकेका छन् । केहि खेलाडी क्यारेबियन प्रिमियर लिग खेलेर आउने छन् । विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज लिग आइपिएल खेल्न खेलाडी पनि आतुर छन् । आइपिएलमा एकै खेलमा सर्वाधिक रन बनाउने कीर्तिमान विराट कोहली कप्तान रहेको रोयल च्यालेन्जर्स बेंगलोरको नाममा छ ।

बेंगलोरले सन् २०१३ मा पुणे वारियर्सविरुद्ध २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ६३ रन बनाएको थियो । उक्त खेलमा ओपनर क्रिस गेल र तिरकरत्ने दिलसानले पहिलो विकेटका लागि १३.४ ओभरमा १ सय ६७ रनको साझेदारी गरेका थिए । यस सिजनका चार उत्कृष्ट ओपनर जोडी जसले आफ्नो प्रर्दशन र साझेदारीमा टोलीको जित सहज बनाउन सक्छन् ।

४. रोहित शर्मा र क्विन्टन डी कक (मुम्बई इन्डियन्स)

चार पटकको च्याम्पियन मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा र क्विन्टन डी कक ओपनर हुन् । डी कक दक्षिण अफ्रिका सिमित ओभरका कप्तान र विकेटकिपर हुन् । दक्षिण अफ्रिका टोलीबाट उत्कृष्ट प्रर्दशन गर्दै आएका डी ककले गतवर्ष मुम्बईलाई च्याम्पियन बनाउन उत्कृष्ट योगदान दिएका थिए । क्विन्टन बायाँ हाते ब्याट्सम्यान हुँदा मुम्बईलाई रणनितीमा पनि धेरै फाइदा पुग्छ ।

गतवर्ष डी ककले १६ खेलमा ५ सय २९ रनका साथ तेस्रो स्थानमा रहेका थिए । रोहित आइपिएल इतिहासकै तेस्रो सफल ब्याट्सम्यानमा पर्दछन् । गतवर्ष यी दुईले पहिलो विकेटका लागि गरेको उत्कृष्ट साझेदारी ९६ रन बेंगलोरविरुद्ध थियो । टि२० आई क्रिकेटमा चार शतक प्रहार गर्ने एक्लो ब्याट्सम्यान जुनसुकै सट खेल्न सक्ने क्षमता राख्छन् । यी दुई ओपनर जोडीलाई रोक्न विपक्ष्य बलरलाई कठिन पर्न सक्छ ।

३. शिखर धवन र पृथ्वी शा (दिल्ली क्यापिटल्स)

शिखर धवन र पृथ्वी शा दिल्ली क्यापिटल्सका प्रमुख रोजाईका ओपनर हुन् । अनुभवी धवन र युवा शा ले गत वर्षको आइपिएलमा उत्कृष्ट प्रर्दशन गरेका थिए । गतवर्ष धवनले ५ सय २१ रन बनाउँदै चौथो स्थानमा रहेका थिए । उच्च प्रर्दशन ९७ रन अविजित थियो ।

शाले ३ सय ५३ रन बनाएका थिए । उच्च प्रर्दशन ९९ रन थियो । यी दुई खेलाडीको उच्च प्रर्दशनको सहयोगमा दिल्लीले क्वालिफायर सम्म पुग्न सफल भएको थियो ।

२. क्रिस गेल र लोकेश राहुल (किंग्स इलेभेन पञ्जाब)

किंस इलेभेन पञ्जावका ओपनर लोकेश राहुल (केएल) र वेस्टइन्डिजका क्रिस गेल म्याच विनर ब्याट्सम्यान पर्दछन् । यी दुबै खेलाडीले एक्लै टोलीको जित सहज बनाउन सक्ने क्षमता राख्छन् । पछिल्लो समय भारतको सिमित ओभरमा विकेटकिपरको रुपमा उत्कृष्ट प्रर्दशनका स्थान बनाउँदै उच्च प्रर्दशन गर्दै आएका राहुलले आइपिएलमा पनि त्यहि लयलाईनै निरन्तरता दिने अनुमान गरिएको छ । अर्कोतर्फ गेल त टि२० क्रिकेटका राजानै मानिन्छन् ।

गतवर्ष गेल र राहुलले मुम्बईविरुद्ध १ सय १६ र चेन्नई विरुद्ध १ सय ८ रनको शतकीय साझेदारी गरेका थिए । राहुलले गतवर्ष १४ खेलमा १ शतक र ६ अर्ध शतक सहित ५ सय ९३ रन बनाउँदै सर्वाधिक दोस्रो रन जोड्ने ब्याट्सम्यान बनेका थिए । गेलले १३ खेलमा ४ सय ९० रन जोडेका थिए । उत्कृष्ट प्रर्दशन ९९ रन अविजित थियो । राहुलको लय पनि उत्कृष्ट रहँदै आएको छ ।

१. जोनी बेयरस्टो र डेभिड वार्नर (सनराइजर्स हैदराबाद)

इंग्ल्यान्डका ओपनर जोनी बेयरस्टो र अष्ट्रेलिया डेभिड वार्नर सनराइजर्स हैदराबादका ओपनर हुन् । यस सिजनका यी दुई ब्याट्सम्यान उत्कृष्ट ओपनर जोडी मानिन्छन् । गतवर्ष यी दुई जोडीले ओपनरका रुपमा चारपटक भन्दा माथि शतकीय साझेदारी गरेका थिए । गतवर्ष बेंगलोरविरुद्ध वार्नर र बेयरस्टोले पहिलो विकेटका लागि १ सय ८५ रनको साझेदारी गरेका थिए । जुन खेलमा वार्नरले १ सय रन र बेयरस्टोले १ सय १४ रनको शतकीय इनिङ खेलेका थिए ।

कोलकाताविरुद्ध १ सय ३१, १ सय १८ र राजिस्थान रोयल्सविरुद्ध १ सय १० रनको साझेदारी गरेका थिए । वार्नरले १२ खेलमा १ शतक र ८ अर्ध शतक सहित ६ सय ९२ रनका साथ शीर्ष स्थानमा रहेका थिए । बेयरस्टोले १० खेलमा १ शतक र २ अर्ध शतक सहित ४ सय ४५ रन जोडेका थिए । यी दुबैले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । आइपिएलमा पनि गतवर्ष जस्तै उत्कृष्ट प्रर्दशन र साझेदारी गर्न सक्छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.