default_image

5 years ago

September 5, 2020

अष्ट्रेलियालाई इंग्ल्यान्डको मध्यम लक्ष्य

177 views

0 Bookmark

एजेन्सी– बायाँ हाते ब्याट्सम्यान डेविड मलानको अर्ध शतकको सहयोगमा पहिलो टि२० आई खेलमा घरेलु टोली इंग्ल्यान्डले अष्ट्रेलियालाई १ सय ६३ रनको मध्यम लक्ष्य दिएको छ ।

साउथह्याप्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६२ रन बनायो । इंग्ल्यान्डका डेविड मलानले ४३ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ६६ रनको योगदान दिए । मलानलाई १९ औं ओभरको पहिलो बलमा केन रिचर्ड्सनले बाउन्ड्री नजिकै स्टिभ स्मिथबाट क्याच गराए ।

चौथो ओभरको अन्तिम बलमा ओपनर जोनी बेयरस्टोलाई प्याट कमिन्सले मिचेल स्टार्कबाट आठ रनमा क्याच गराए । जुन समय इंग्ल्यान्डले ४३ रन जोडेको थियो । आक्रामक ब्याटिङ गरेका ओपनर जस बटलर स्पिनर एश्टन अगरको आठौं ओभरको पाँचौ बलमा ठूलो सट खेल्ने धुनमा बाउन्ड्री नजिकै कमिन्सको हातबाट ४४ रनमा समातिन पुगे । बटलरले २९ बलमा ५ चौका र २ छक्का प्रहार गरे ।

अगरले नै दशौं ओभरको पाँचौ बलमा युवा ब्याट्सम्यान टम ब्यान्टनलाई कप्तान आरोन फिन्चबाट आठ रनमा क्याच आउट गराउँदै दबाब बढाए । ग्लेन म्याक्सवेलको १२ औं ओभरको पाँचौ बलमा ठूलो सट खेल्ने धुनमा कप्तान ओईन मोर्गन स्टिभ स्मिथबाट ५ रनमा समातिए ।

म्याक्सवेलले १४ औं ओभरको पाँचौ बलमा मोईन अलीलाई एडम जम्पाबाट २ रनमा क्याच गराउँदा इंग्ल्यान्ड १०८–५ को कम्जोर अवस्थामा पुर्याएका थिए । क्रिस जोर्डन १४ र आदिल राशिद १ रनमा अविजित रहे । टम करन ६ रनमा आउट भए ।

अष्ट्रेलियाका स्पिनर एश्टन अगरले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । ग्लेन म्याक्सवेलले ३ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । केन रिचर्ड्सनले ३ ओभरमा १३ रन खर्चेर २ विकेट लिए । प्याट कमिन्सको नाममा १ विकेट रह्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.