5 years ago
September 5, 2020
एजेन्सी – घरेलु टोली इंग्ल्यान्डले अष्ट्रेलियामाथि रोमान्चक जित दर्ता गर्दै पहिलो टि-२० खेलमा जित हासिल गरेको छ । शुक्रबार साउथह्याम्प्टनमा भएको खेलमा इंग्ल्यान्ड २ रनले विजयी हुँदै तीन खेलको सिरिजमा १-० को अग्रता लिन सफल रहयो ।

इंग्ल्यान्डले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६० रन मात्र जोड्न सक्यो । एक समय सहज जिततर्फ उन्मुख देखिएको अष्ट्रेलियालाई जितका लागि अन्तिम २ ओभरमा १९ रन आवश्यक रहेको थियो । १५ औं ओभरदेखि १९ औं ओभरसम्म लगातार विकेट गुमाउँदै कुनै बाउन्ड्री प्रहार गर्न नसक्दा अष्ट्रेलिया दबाबमा परेको थियो ।
१९ औं ओभरमा क्रिस जोर्डनले एक रनआउटसहित ४ रन मात्र खर्चेपछि अष्ट्रेलियालाई अन्तिम ओभरमा १५ रन आवश्यक थियो । एगर अन्तिम बलमा सिंगल लिने क्रममा ४ रन जोड्दै आउट भएका थिए ।
अन्तिम ओभरको पहिलो बल डट खाएपनि स्टोइनिसले दोस्रो बल छक्का प्रहार गरे । तेस्रो बलमा डट खाएका स्टोइनिसले चौथो र पाँचौ बलमा २-२ रन जोडे । अन्तिम बलमा जितका लागि ५ रन चाहिएको अवस्थामा स्टोइनिसले २ रन मात्र जोड्न सके । उनी १८ बलमा २३ रन जोड्दै नटआउट रहे । उनले आफ्नो इनिङमा १ छक्का मात्र प्रहार गरे ।
इंग्ल्यान्डका लागि जोफ्रा आर्चर र आदील राशिदले २-२ विकेट लिँदा मार्क वुडले १ विकेट हात परे । क्रिस जोर्डनले १९ औं ओभर र टम करनले २० औं ओभरमा कसिलो बलिङ गरेपछि इंग्ल्यान्ड जितसम्म पुगेको थियो इंग्ल्यान्डका लागि जोफ्रा आर्चर र आदील राशिदले २-२ विकेट लिँदा मार्क वुडले १ विकेट हात परे ।
त्यसअघि अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्च र डेविड वार्नरले पहिलो विकेटका लागि ९८ रनको साझेदारी गर्दौ उत्कृष्ट सुरुवात दिलाएका थिए । ११ औं ओभरको अन्तिम बलमा फिन्च ४६ रन जोड्दै आउट भएपछि इंग्ल्यान्डले पहिलो सफलता हात पार्यो । ३२ बलमा ७ चौका र १ छक्का प्रहार गरेका फिन्च आर्चरको बलमा जोर्डनबाट समातिए ।

त्यसपछि क्रिजमा आएका स्टिभ स्मिथले केहि सानदार स्ट्रोक खेल्दै ११ बलमा १८ रन जोडे । उनी २ चौका र १ छक्का प्रहार गरेपछि ठूलो सट खेल्ने धुनमा बेयरस्टोको हातबाट समातिए । आदील रशिदले १५ औं ओभरको दोस्रो बलमा स्मिथ तथा पाँचौ बलमा ग्लेन म्याक्सवेललाई आफ्नो शिकार बनाए ।
म्याक्सवेल २ बलमा १ रन जोडेर आउट हुँदा अष्ट्रेलिया १५ ओभरमा १२७-३ को स्थितिमा थियो । लगत्तै अर्को ओभरमा आर्चरले वार्नरलाई बोल्ड गर्दै इंग्ल्यान्डलाई खेलमा फर्काए । वार्नरले ४७ बलमा ५८ रन जोडे । उनले ४ चौका मात्र प्रहार गरेका थिए । त्यसपछि ब्याटिङमा आएका एलेक्स केरी ५ बलको सामना गर्दै मात्र १ रनमा मार्क वुडको बलमा बोल्ड भएपछि अष्ट्रेलिया १३३-५ को स्थितिमा पुगेको थियो ।
त्यसअघि साउथह्याप्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६२ रन बनायो । इंग्ल्यान्डका डेविड मलानले ४३ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ६६ रनको योगदान दिए । मलानलाई १९ औं ओभरको पहिलो बलमा केन रिचर्ड्सनले बाउन्ड्री नजिकै स्टिभ स्मिथबाट क्याच गराए ।

चौथो ओभरको अन्तिम बलमा ओपनर जोनी बेयरस्टोलाई प्याट कमिन्सले मिचेल स्टार्कबाट आठ रनमा क्याच गराए । जुन समय इंग्ल्यान्डले ४३ रन जोडेको थियो । आक्रामक ब्याटिङ गरेका ओपनर जस बटलर स्पिनर एश्टन अगरको आठौं ओभरको पाँचौ बलमा ठूलो सट खेल्ने धुनमा बाउन्ड्री नजिकै कमिन्सको हातबाट ४४ रनमा समातिन पुगे । बटलरले २९ बलमा ५ चौका र २ छक्का प्रहार गरे ।
अगरले नै दशौं ओभरको पाँचौ बलमा युवा ब्याट्सम्यान टम ब्यान्टनलाई कप्तान आरोन फिन्चबाट आठ रनमा क्याच आउट गराउँदै दबाब बढाए । ग्लेन म्याक्सवेलको १२ औं ओभरको पाँचौ बलमा ठूलो सट खेल्ने धुनमा कप्तान ओईन मोर्गन स्टिभ स्मिथबाट ५ रनमा समातिए ।

म्याक्सवेलले १४ औं ओभरको पाँचौ बलमा मोईन अलीलाई एडम जम्पाबाट २ रनमा क्याच गराउँदा इंग्ल्यान्ड १०८–५ को कम्जोर अवस्थामा पुर्याएका थिए । क्रिस जोर्डन १४ र आदिल राशिद १ रनमा अविजित रहे । टम करन ६ रनमा आउट भए ।
अष्ट्रेलियाका स्पिनर एश्टन अगरले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । ग्लेन म्याक्सवेलले ३ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । केन रिचर्ड्सनले ३ ओभरमा १३ रन खर्चेर २ विकेट लिए । प्याट कमिन्सको नाममा १ विकेट रह्यो ।
तीन खेलको सिरिज अन्तर्गत दोस्रो खेल आइतबार र अन्तिम खेल मंगलबार साउथह्याम्पटनमै हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]