default_image

5 years ago

September 5, 2020

सन्दीप सम्मिलित जमैका बार्बाडोसविरुद्ध खेल्दै

153 views

0 Bookmark

एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) को २८ औं खेलमा आज राती सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले बार्बाडोस ट्राइडेन्सविरुद्ध खेल्दै छ ।

खेल मध्यराती १२ बजेपछि ब्रायन लारा स्टेडियममा सुरु हुने छ । जमैकालाई तेस्रो स्थानमा उक्लिने झिनो आशा कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ । आजको खेलमा जमैका पराजित भए सेमिफाइनलमा ट्रीनबेगो नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्ने निश्चित हुने छ । जमैका तेस्रो स्थानमा रहेर सेमिफाइनल खेल्न बाँकी दुई खेलमा फराकिलो अन्तरले जित्नुपर्छ ।

जमैकालाई दुबै खेलको जितले मात्र पुग्दैन । तेस्रो स्थानमा रहेको सेन्ट लुसिया जुक्सले पनि बाँकी दुई खेलमा फराकिलो अन्तरको हार बेहोर्नुपर्ने हुन्छ । जुक्स बाँकी दुई खेल मध्य एक खेलमा विजयी भएको खण्डमा जमैकाको तेस्रो स्थानमा उक्लिने सम्भावना समाप्त हुने छ । बार्बाडोस ९ खेलमा २ मा जित र ७ मा हार सहित पाँचौ स्थानमा रहेर लिग चरणबाटै बाहिरिसकेको छ । अन्तिम खेलमा जितका साथ अन्त्य गर्ने सोचमा बार्बाडोस छ ।

यस सिजनमा अफगानिस्तानका स्पिनर राशिद खानले बार्बाडोसबाट अपेक्षा अनुसार प्रर्दशन गर्न सकेनन् । बार्बाडोसका प्रमुख हतियार राशिदले ९ खेलमा १० विकेट मात्र लिएका छन् ।

सन्दीपले ८ खेलमा ७ इनिङमा बलिङ गर्दै १० विकेट लिएका छन् । जमैका अर्का स्पिनर मुजिब उर रहमानले ८ खेलमा १३ विकेट लिएका छन् । जमैका लागि मुजिब र सन्दीपको जोडिको प्रर्दशन निकै महत्वपूर्ण हुने छ ।

कप्तान रोभमान पवेल, चाडविक वाल्टन, जर्मेन ब्ल्याकवुड, आसिफ अली लगायतका ब्याट्सम्यान चल्न नसक्नु जमैकाको कम्जोरी बनेको छ । जमैका विकेटकिपर ग्लेन फिलिप्स र आन्द्रे रसेल बाहेक अन्यले राम्रो ब्याटिङ गर्न सकेका छैनन् । तीव्र गतिका बलर ओशान थोमस र कार्लोस ब्रेथवेटले पनि अपेक्षा अनुसार प्रर्दशन छैन ।

बार्बाडोसका काइल मेयर्स र जोनसन चार्सलाई छाड्ने हो भने अन्य ब्याट्सम्यानको प्रर्दशन सम्झन लायक छैन । कोरी एन्डरसन, शाई होप, जेसन होल्डर लगायतका प्रमुख ब्याट्सम्यान चल्न सकेका छैनन् । स्पिनर राशिद खानसँगै हेडन वाल्श र मिचेल सान्टनार तीनैले आशा अनुसार प्रर्दशन गर्न नसक्दा साविक विजेता बार्बाडोस लिग चरणबाटै बाहिरिएको छ ।

यसअघि पहिलो खेलमा बार्बाडोसले जमैकालाई ३६ रनले हराएको थियो । जमैका र बार्बाडोसबीच सिपिएलमा कुल १५ खेल भएका छन् । जमैका ८ खेलमा विजयी हुँदा ६ खेलमा पराजित भएको छ ।

अंक तालिका

अपराजित ट्रीनबेगो नाइट राइडर्स ८ खेलमा १६ अंकका साथ शीर्ष स्थानमा छ । दुई खेल खेल्न बाँकी रहेको नाइट राइडसले सेमिफाइनलमा चौथो स्थानमा रहने टोलीसँग प्रतिस्पर्धा गर्ने छ । गुयना एमेजन वारियर्सले लिग चरणका पूरै १० खेल खेलि सक्दा ६ मा जित र ४ मा हार सहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ ।

दुई खेल खेल्न बाँकी सेन्ट लुसिया जुक्स ८ खेलमा ५ मा जित र ३ मा हार सहित १० अंक जोड्दै तेस्रो स्थानमा छ । लिग चरणका खेल सकिएपछि दोस्रो र तेस्रो स्थानका टोलीबीच दोस्रो सेमिफाइनल खेल हुने छ ।

जमैका ८ खेलमा ३ मा जित र ४ मा हार सहित ७ अंक जोड्दै चौथो स्थानमा छ । एक खेल वर्षाको कारण नतिजा विहिन बनेको थियो । बार्बाडोस ९ खेलमा २ मा जित र ७ मा हार सहित ४ अंकका साथ पाँचौ स्थानमा छ । ९ खेलमा १ मा मात्र जित निकाल्न सकेको सेन्ट किट्स एण्ड नेभिस प्याट्रियटस पुछारमा छ । एक एक खेल बाँकी रहेका पुछारका दुई टोली लिग चरणबाटै बाहिरिएका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.