5 years ago
September 6, 2020
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा लिग चरणको अन्तिम खेलमा सेन्ट लुसिया जुक्सको सामना गर्दैछ ।

खेल नेपाली समय अनुसार आइतबार राती १२ बजेपछि ब्रायन लारा स्टेडियममा सुरु हुने छ । दुवै टोलीलाई नतिजा प्रतिष्ठाको लडाईंमात्र हुने छ । जमैका चौथो स्थानमा रहेर शीर्ष स्थानको ट्रीनबेगो नाइट राइडर्ससँगै सेमिफाइनल खेल्ने छ ।
जुक्स आजको खेलमा विजयी भए दोस्रो र पराजित भए तेस्रो स्थानमा रहेर गुयाना एमेजन वारियर्ससँग सेमिफाइनल खेल्ने समिकरण बनि सकेको छ । जमैकाले बार्बाडोस ट्राइडेन्सविरुद्ध ब्याटिङमा सुधारिएको प्रर्दशन गरेको थियो ।
जमैकाको लागि सकरात्मक पक्ष हो । ओपनर जर्मेन ब्ल्याकवुडले ७४ र आन्द्रे रसेलले ५४ रनको आक्रामक इनिङ खेलेका थिए । आसिफ अली, क्रुमा बोनर र कप्तान रोभमान पवेलले लय समाउन सके जमैकाको ब्याटिङ अझ मजबुत बन्न सक्छ ।
स्पिनर सन्दीप लामिछाने र मुजिब उर रहमानले उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । मुजिबले ९ खेलमा १३ र सन्दीपले ८ इनिङमा ११ विकेट लिएका छन् । जमैका तीव्र गतिका बलर ओशान थोमस र कार्लोस ब्रेथवेटले अपेक्षा अनुसार प्रर्दशन गर्न सकि रहेका छैनन् ।
बार्बाडोसविरुद्ध बायाँ हाते तीव्र गतिका प्रेस्टन म्याकस्वीनलाई मौका दिएको थियो । उनले ३ ओभरमा ३९ रन खर्चेर १ विकेट लिएका थिए । जुक्सविरुद्धको नतिजाले फरक नपार्ने हुँदा म्याकस्वीनलाई थप मौका दिन सक्छ ।
जुक्सका ब्याट्सम्यानको प्रर्दशन पनि सन्तोकजन छैन । रोस्टन चेश, आन्द्रे फ्लेक्चर र तल्लोक्रममा मोहम्मद नाबीको प्रर्दशन छोड्ने हो भने अन्यको सम्झन लायक छैन । जुक्सका तीव्र गतिका बलर स्कर्ट कुग्गेलेजनले ९ खेलमा १४ विकेटका साथ सर्वाधिक विकेट लिने खेलाडीमा दोस्रो स्थानमा छन् ।
जुक्सकै स्पिन अलराउन्डर मोहम्मद नाबी ९ खेलमा ११ विकेट सहित तेस्रो स्थानमा छन् । केस्रिक विलियम्स पनि ९ खेलमा ११ विकेट लिएका छन् । यी तीन खेलाडी जमैकालाई घातक बन्न सक्छन् ।
सिपिएलमा जुक्स र जमैकाबीच कुल १४ खेल भएका छन् । जमैका ९ खेलमा विजयी हुँदा ५ खेलमा पराजित भएको छ । यसै सिजनको पहिलो खेलमा जमैका ५ विकेटले विजयी भएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]