5 years ago
September 6, 2020
एजेन्सी – अष्ट्रेलिया र इंग्ल्यान्डबीचको तीन टि२० सिरिज अन्तर्गत दोस्रो खेल आज हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ बजेपछि साउथह्याप्टनमा सुरु हुनेछ ।

पहिलो खेलमा इंग्ल्यान्ड दुई रनले विजयी हुँदै सिरिजमा १–० को अग्रता लिएको छ । इंग्ल्यान्ड एक खेल अगावै सिरिज जित्न चाहान्छ । यता अष्ट्रेलियालाई सिरिज बचाउन दोस्रो खेल जित्नै पर्ने दबाब छ ।
पहिलो खेलमा अष्ट्रेलिया एक समय सहज जिततर्फ अगाडि बढेको थियो । ३६ बलमा ३९ रन चाहिँएको अवस्थामा हातमा ९ विकेट थियो । तर अष्ट्रेलियाका मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा अप्रत्याशित झिनो हार बेहोरेको थियो । अष्ट्रेलिया ओपनर डेभिड वार्नर ५८ रन र आरोन फिन्चले ४६ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । तर स्टिभ स्मिथ १८, ग्लेन म्याक्सवेल र एलेक्स केरी एक एक रनमा आउट गर्दै इंग्ल्यान्डले उत्कृष्ट पूनरागमनका साथ जित हात पारेको थियो ।
अष्ट्रेलियाले मध्यक्रम मजबुत पार्न मार्नस लाबुसेनलाई मौका दिन सक्छ । टेष्ट र ओडिआईमा उच्च प्रर्दशन गरि रहेका लाबुसेन टि२० आईमा डेब्युको पर्खाईमा छन् । लाबुसेनले अभ्यास टि२० खेलमा शतक प्रहार गर्दै आफू टोलीको लागि योग्य रहेको राम्रो संकेत दिएका थिए । पहिलो खेलमा ४ ओभरमा ४७ रन खर्चेका स्पिनर एडम जम्पाको स्थानमा आज तीव्र गतिका बलर ड्यानियल स्याम्स वा रिले मेरीडिथ मध्य एकलाई मौका दिन सक्छ ।
इंग्ल्यान्डका तीन ब्याट्सम्यानले मात्र पहिलो खेलमा दोहोरो अंकमा रन जोडेका थिए । राम्रो लयमा रहेका तेस्रो नम्बरका बाँया हाते ब्याट्सम्यान डेविड मलान ६६ र ओपनर तथा विकेटकिपर जस बटलरले ४४ रनको योगदान दिएका थिए । मलान दोस्रो खेलमा पनि नायक बन्न सक्छन् । पहिलो खेलमा ८ रनमा आउट भएका ओपनर जोनी बेयरस्टोलाई ठूलो इनिङ खेल्न आवश्यक छ । ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिएका मार्क वुडको स्थानमा अलराउन्डर साम करनले मौका पाउन सक्छन् ।
यी दुई देशबीच कुल १७ टि२० आई खेल भएका छन् । जसमा इंग्ल्यान्ड ७ खेलमा विजयी हुँदा ९ खेलमा पराजित भएको छ । एक खेल नतिजा विहिन बनेको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]