default_image

5 years ago

September 6, 2020

इमर्जिङ प्लेयर अवार्ड जित्न सक्ने पाँच खेलाडी

172 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) १३ औं संस्करण सेप्टेम्बर १९ देखि संयुक्त अरव इमिरेट्स (यूएई) मा सुरु हुँदैछ । व्यावसायिक रुपमा हरेक खेलाडीको आइपिएल खेल्ने चाहना हुन्छ ।

विश्वभरका चर्चित खेलाडीको भेटसँगै पारिश्रमिक पनि राम्रो हुने हुँदा आइपिएल खेलाडीहरुको पहिलो रोजाईमा पर्दै आएको छ । आफ्नो प्रर्दशन हरेक खेलाडीको लागि महत्वपूर्ण हुन्छ । युवा खेलाडीको लागि अझ विशेष महत्त्व राख्छ । उत्कृष्ट प्रर्दशन गर्ने युवा खेलाडीलाई सिनियर टोलीमा स्थान बनाउन सहज हुन्छ ।

इमर्जिङ प्लेयर अवार्ड जित्ने युवा खेलाडीले १० लाख भारतीय रुपैयाँ पाउने गर्दछन् । इमर्जिङ प्लेयर अवार्डको लागि मनोयनमा पर्न ५ आइपिएल खेल खेलेको हुनुपर्छ । २० भन्दा बढी ओडीआई खेलेको हुनु हुँदैन । २५ भन्दा बढी आइपिएल खेलेको पनि हुनु हुदैन । एक पटक इमर्जिङ प्लेयर अवार्ड जितेको पनि हुनु हुँदैन ।

गत वर्ष नेपाली लेग स्पिनर सन्दीप लामिछाने इमर्जिङ प्लेयरको मनोयनको भोटिङ अग्र स्थानमा रहेपनि कोलकाता नाइट राइडर्सका युवा ब्याट्सम्यान सुभमन गिलले जितेका थिए । इमर्जिङ प्लेयरको छनोट अधिकार आइपिएल टिभी कमेन्टेटर टोलीमा हुने हुँदा भोटले फरक पार्दैन ।

सनराइजर्स हैदराबाट २०१६ मा बंगलादेशका तीव्र गतिका बलर मुस्ताफिजुर रहमानले इमर्जिङ प्लेयर जित्दा अन्य सबै संस्करणमा भारतीय खेलाडी चुनिदै आएका छन् । यस पटक पनि भारतीय खेलाडीनै अघि देखिन्छन् । आइपिएल २०२० मा प्रर्दशन गर्न युवा खेलाडी तयार र आतुर छन् । यी पाँच युवा खेलाडी जो आइपिएल २०२० मा उच्च प्रर्दशनका साथ इमर्जिङ प्लेयर अवार्ड जित्न सक्छन् ।

५. सन्दीप लामिछाने (दिल्ली क्यापिटल्स)

नेपाली लेग स्पिनर सन्दीप लामिछाने इमर्जिङ प्लेयर अवार्ड २०२० का दाबेदारमा पर्दछन् । सन्दीपले आइपिएलमा २०१८ मा ३ र २०१९ मा ६ खेलेका थिए । कुल ९ खेलमा १३ विकेट लिएका छन् । सन्दीप गतवर्ष अवार्डको मनयोनमा भोटिङमा अघि रहेपनि अवार्ड जित्न सकेनन् । सन्दीपले पछिल्लो समय उच्च प्रर्दशन गर्दै आएका छन् ।

हाल क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा जमैका तलावाजबाट सन्दीपले राम्रो प्रर्दशन गरि रहेका छन् । अर्कोतर्फ सन्दीपले गत माघमा अमेरिकालाई आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा ३५ रनमा अल आउट गर्न सन्दीपले ६ ओभरमा १ मेडन सहित १६ रन खर्चेर ६ विकेट लिए । सन्दीपले आफ्नो लयलाई आइपिएलमा निरन्तरता दिन आवश्यक छ ।

अर्कोतर्फ सन्दीपलाई यस पटकको सिजनमा उत्कृष्ट प्रर्दशन गर्नुपर्ने दबाब छ । दिल्लीसँग सन्दीपको तीन वर्षे सम्झौता यो सिजनदेखि सकिने छ । आगमी वर्षको अक्सनमा उच्च मूल्यमा बिक्न यस संस्करणको प्रर्दशनले पनि प्रभाव पार्ने छ ।

सन्दीपले यूएईको पिचको लाभ लिन सक्छन् । तर दिल्लीमा सन्दीपको नियमित स्थानको सम्भावना भनेको कम छ । भारतीय रविचन्द्रन आश्विन र अमित मिश्रा स्पिनरमा हुँदा नियमित स्थान बनाउन भने कठिन देखिन्छ ।

४. रवि बिश्नोई (किंग्स इलेभेन पञ्जाव)

किंग्स इलेभेन पञ्जावका युवा लेग स्पिनर रवि बिश्नोईले आइपिएलमा डेब्यु सहित उत्कृष्ट प्रर्दशनका साथ इमर्जिङ प्लेयर बन्न सक्छन्। उनलाई अक्सनमा पञ्जावले २ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो ।

बिश्नोईले फागुनमा दक्षिण अफ्रिकामा सम्पन्न एक दिवसिय यु१९ विश्वकपमा भारतलाई फाइनलमा पुर्याउन उत्कृष्ट प्रर्दशन गर्दै ६ खेलमा १७ विकेटका साथ शीर्ष स्थानमा रहेका थिए । उनले बंगलादेश, न्युजिल्यान्ड र जापानसँग ४–४ विकेट लिदै सनसनी मच्चाएका थिए । अर्कोतर्फ यूएईको पिच स्पिनर उपयोगी मानिन्छ । जसको उपयोग विश्रोईले भरपूर्ण उठाउन सक्छन् ।

पञ्जावले दुई स्पिनर नियमित खेलाउने छ । पञ्जाबले विश्रोई र अफगानिस्तानका स्पिनर मुजिब उर रहमानको जोडि मैदानमा उतार्ने सम्भावना रहेको छ । पशिक्षक अनिल कुम्बलेको रेखदेखपछि विश्रोईको प्रर्दशनमा अझ निखारता आउने अनुमान गरिएको छ । विश्रोईको लय, क्षमता लगायतका कुरा हेर्दा इमर्जिङ प्लेयर २०२० बन्न सक्छन् ।

३. विराट सिंह (सनराइजर्स हैदरावाद)

झारखण्डबाट घरेलु क्रिकेट खेल्ने २२ वर्षिय बाँया हाते ब्याट्सम्यान विराट सिंह यस आइपिएलमा उच्च प्रर्दशन गर्न सक्ने युवा खेलाडीमा पर्दछन् । घरेलु क्रिकेटमा उच्च प्रर्दशन गर्दै उत्कृष्ट प्रभाव छोडेका विराट सिंहले आइपिएलमा कस्तो प्रर्दशन गर्छन् त्यो हेर्न बाँकी छ । अक्सनमा हैदरावादले विराट सिंहलाई १ करोड ९० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । मध्यक्रममा ब्याटिङ गर्ने उनले ठूला सट र इनिङको क्षमता राख्छन् ।

गतवर्ष हैदराबादका ओपनर डेभिड वार्नर र जोनी बेयरस्टोले उत्कृष्ट प्रर्दशन गर्दा मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यानको प्रर्दशन कम्जोर रहेको थियो । हैदराबादको मध्यक्रममा केन विलियम्सन, मनिष पान्डे र विराट सिंह छन् । विराट सिंहले तल्लोक्रममा नियमित टोलीमा पर्न सक्छन् । उनले ५६ टि२० खेलमा १५ सय ५२ रन बनाएका छन् । जसमा उत्कृष्ट प्रर्दशन ८१ रन छ । जसमा १० अर्ध शतक सामेल छ ।

विराटले ३० प्रथम श्रेणीमा ३ शतक र ४ अर्ध शतक सहित १३ सय ९४ रन बनाएका छन् । उत्कृष्ट प्रर्दशन १ सय ४० रन छ । उनले ४० लिष्ट ए मा १ शतक र १० अर्ध शतक सहित १२ सय ४९ रन बनाएका छन् । उनको क्षमतालाई हेर्दा दाबेदार देखिन्छन् ।

२. देवदत्त पाडिक्कल (रोयल च्यालेन्जर्स बेंगलोर)

२० वर्षिय बायाँ हाते ओपनर ब्याट्सम्यान देवदत्त पाडिकल कर्नाटकाबाट घरेलु क्रिकेटमा आक्रामक रुपमा उच्च प्रर्दशन गर्दै आएका छन् । देवदत्तलाई अक्सनमा रोयल च्यालेन्जर्स बेंगलोरले न्यूनतम मूल्य २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो ।

गतवर्ष बेंगलोरको ओपनिङ जोडीमा धेरै फेर बदल गरेको थियो । यस पटक बेंगालेरबाट कप्तान विराट कोहली र देवदत्तलेनै ओपनिङ गर्ने सम्भावना छ । पाडिकललाई ओपनर समस्याको समाधानको रुपमा समेत हेरिएको छ । ठूला सटका लागि माहिर देवदत्तले आक्रामक रुपमा रन जोड्दै राम्रो सुरुवात दिने गर्दछन् ।

उनले १२ टि२० आई खेलमा १ शतक र ५ अर्ध शतक सहित ५ सय ८० रन बनाएका छन् । उनको स्ट्राइकरेट १ सय ७५ रहँदा उत्कृष्ट प्रर्दशन १ सय २२ रन अविजित छ । आइपिएल २०२० मा पाडिकल एक प्रमुख दाबेदारका रुपमा रहेका छन् ।

१. यशस्वी जैसवाल (राजस्थान)

आइपिएलमा राजस्थान रोयल्सका १८ वर्षिय बायाँ हाते युवा ओपनर यशस्वी जैशवालको प्रर्दशनमा सबैको नजर रहने गर्दछ । उनले घरेलु प्रतियोगिता, यु१९ विश्वकप देखी सबै खेलमा लगातार उत्कृष्ट प्रर्दशन गर्दै आगमी स्टार खेलाडीको संकेत दिएका छन् ।

जैसवाललाई अक्सनमा राजस्थानले २ करोड ४० लाख रुपैयाँमा अनुबन्ध गरेको थियो । उनले यु१९ विश्वकपमा ६ खेलमा १ शतक र ४ अर्ध शतक सहित कुल ४ सय रनका साथ शीर्ष स्थानमा रहँदै सर्वोउत्कृष्ट खेलाडी चुनिएका थिए । उनले पाकिस्तानविरुद्ध १ सय १३ बलमा ८ चौका र ४ छक्का सहित १ सय ५ रनमा अविजित रहँदै १० विकेटको जित दिलाएका थिए ।

जैसवालको खेल्ने शैलीलाई धेरै क्रिकेट विज्ञहरु विरेन्द्र सहवागसँग तुलना गर्छन् । कलिलो उमेरमा जैसवाल मैदानमा परिपक्व, परिस्थिति र टोलीको आवश्यकता अनुसार ब्याटिङ गर्ने हुँदा भारतीय टोलीमा उनलाई रोहित शर्मा र शिखर धवन पछिको ओपनर समेत भन्ने गर्दछन् । पार्टटाइम स्पिन बलिङ गर्ने गर्दछन् । उनले गतवर्ष लिष्ट ए मा २ सय ३ रन बनाउँदै कम उमेरमा दोहोरो शतक प्रहार गर्ने कीर्तिमान कायम गरेका थिए ।

आक्रामक ब्याटिङ गर्ने जैसवालले जस बटलरका साथ आइपिएलमा राजस्थानको ओपनिङ गर्ने सम्भावना छ । उनले १३ लिष्ट ए मा समान तीन शतक र अर्ध शतक सहित ७ सय ७९ रन बनाएका छन् । आइपिएलमा उच्च प्रर्दशन गर्दै जैसवाल भारतीय सीमित ओभरमा स्थान समेत बनाउन सक्छन् । उनलाई भारतीय टोलीमा तत्काल स्थान बनाउन सहज छैन ।

तर जैसवालले आइपिएलमा उच्च प्रर्दशन गर्दै टिम छनोट कर्ताको मन जित्न सक्छन् । खेल्ने शैली, लय र क्षमतालाई हेर्दा जैसवाल इमर्जिङ प्लेयरको प्रमुख दाबेदार देखिन्छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.