default_image

5 years ago

September 6, 2020

ब्रान्ड एम्बासडर बनेकै कलेजमा पारसले एमबीए गर्ने

182 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले फिनिक्स कलेज अफ म्यानेजमेन्टको ‘ब्रान्ड एम्बासडर’ नियुक्त भएसँगै सोहि कलेजबाट मास्टर्स इन बिजिनेस एड्मिनिस्ट्रेसन (एमबीए) पढाइ गर्ने भएका छन् ।

काठमाडौंको नयाँ बानेश्वर स्थित थापागाउँमा रहेको फिनिक्स कलेज अफ म्यानेजमेन्टमा यसै सेप्टेम्बर सत्रदेखि एमबीए अध्ययन गर्न लागेका पारसलाई शनिवार ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो । पारसलाई आगमी दुई वर्षसम्मका लागि एमबीए कार्यक्रममा कलेजले एम्बासडरको रुपमा नियुक्त गरेको हो ।

शनिवार कलेजका निर्देशक लक्ष्मण पोख्रेल र पारसले सम्भौता पत्रमा हस्ताक्षर गरेका थिए । कलेजका प्रधानाध्यापक विनोद बहादुर खत्रीले पारस नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रख्यात खेलाडी मात्रै नभएर राम्रो र मेधावी विद्यार्थी पनि रहेको बताए ।

‘विशेष त खेलाडीको करिअर पछि उनीहरुको भविष्यका लागि औपचारिक र उच्च शिक्षा धेरै आवश्यक छ । एक शिक्षित खेलाडी आफैंलाई, विश्व र खेललाई अझ राम्ररी बुझ्न सक्षम हुन्छ’, पारसले भने । पारसले यसअघिनै ह्वाइटहाउस कलेजबाट उच्च शिक्षा पूरा गरेका थिए ।

फिनिक्स कलेज अफ म्यानेजमेन्ट लिंकन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरि एमबीए तथा बीबीए कार्यक्रम सञ्चालन गर्ने नेपालको पहिलो कलेज हो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.