default_image

5 years ago

September 6, 2020

आइपिएलको उद्धघाटनमा चेन्नई र मुम्बई भिड्ने

108 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को खेल तालिका सार्वजनिक भएको छ । आइपिएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म संयुक्त अरव इमिरेट्स (यूएई) मा हुनेछ ।

आइपिएलको उद्धघाटन खेलमा सेप्टेम्बर १९ मा साविक विजेता मुम्बई इन्डियन्स र उपविजेता चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ पछि सुरु हुनेछ । आइपिएलमा १० दिन दुई खेल हुनेछन् । अन्य सबै दिन एक खेल हुने छ । खेल नेपाली समय दिउँसो ३ : ४५ र साँझ ७ः४५ देखि सुरु हुने छन् । दुबईमा २४, आबूधाबीमा २० र शारजाहमा १२ खेल हुने छन् ।

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले सम्मिलित दिल्ली क्यापिटल्सले पहिलो खेल सेप्टेम्बर २० मा किंग्स इलेभेन पञ्जावविरुद्ध खेल्दै सुरुवात गर्ने छ । सेप्टेम्बर २१ मा सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेंगलोरबीच प्रतिस्पर्धा हुने छ । सेप्टेम्बर २२ मा राजस्थान रोयल्सले चेन्नईसँग खेल्ने छ । लिग चरणको अन्तिम खेल नोभेम्बर ३ मा हैदराबाद र मुम्बई भिड्ने छन् । प्ले अफ र फाइनल खेलेको स्थान पछि सार्वजनिक हुने छ ।

खेल तालिका :

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.