default_image

5 years ago

September 6, 2020

इंग्ल्यान्डलाई एक खेल अगावै टि२० सिरिज

138 views

0 Bookmark

एजेन्सी – घरेलु टोली इंग्ल्यान्डले अष्ट्रेलियाविरुद्धको तीन टि२० आई सिरिज एक खेल अगावै २–० ले जितेको छ । आइतबार राती दोस्रो खेलमा इंग्ल्यान्डले अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै सिरिज जितेको हो ।

जितका लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १८.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । इंग्ल्यान्डको जितमा ओपनर जस बटलर ५४ बलमा ८ चौका र २ छक्का सहित ७७ रनमा अविजित रहँदै जित पक्का गरे । मोईन अलीले ६ बलमा १ चौका र १ छक्का सहित १३ रनमा अविजित रहे । इंग्ल्यान्डलाई जितका लागि अन्तिम दुई ओभरमा १८ रन चाहिएको थियो । १९ औं ओभरमा स्पिनर एडम जम्पाले पाँच बलमा १८ रन खर्चिए ।

इंग्ल्यान्डका ओपनर जोनी बेयरस्टो मिचेल स्टार्कले तेस्रो ओभरको पाँचौ बलमा ९ रनमा हिट विकेटका रुपमा आउट भएका थिए । दोस्रो विकेटका लागि जस बटलर र डेविड मलानले ८७ रनको उत्कृष्ट साझेदारी गर्दै टोलीलाई जिततर्फ अघि बढाए । मलान १४ औं ओभरको दोस्रो बलमा ठूलो सट खेल्ने धुनमा ४२ रनमा क्याच आउट भए ।

एश्टन अगरको बलमा मार्कस स्टोइनिसबाट क्याच हुनुअघि मलानले ३२ बलमा ७ चौका प्रहार गरे । टम ब्यान्टन २ र कप्तान ओईन मोर्गन ७ रनमा आउट भए । अष्ट्रेलिया एश्टन अगरले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । मिचेल स्टार्क र एडम जम्पाको नाममा १-१ विकेट रह्यो ।

त्यसअघि साउथह्याप्टनमा टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५७ रन बनाएको थियो । खराब सुरुवात गरेको अष्ट्रेलियालाई तल्लोक्रमका ब्याट्सम्यानले छोटो तर आक्रामक इनिङ खेल्दै मध्यम योगफलमा पुर्याए । प्याट कमिन्स ५ बलमा १ चौका र १ छक्का सहित १३ रनमा अविजित रहे ।

अष्ट्रेलियाको सुरुवात खराब रह्यो । पहिलो ओभरको तेस्रो बलमै जोफ्रा आर्चरले ओपनर डेभिड वार्नरलाई जस बटलरबाट शून्यमा क्याच गराए । मार्क वुडले एलेक्स केरीलाई दोस्रो ओभरको पाँचौ बलमा २ रनमा क्याच आउट गराउँदा अष्ट्रेलिया २–३ को कम्जोर अवस्थामा थियो ।

स्मिथले अष्ट्रेलियालाई समाल्न खोजेपनि पाँचौ ओभरको अन्तिम बलमा १० रनमा रन आउट हुन पुगेपछि थप दबाबमा परेको थियो । स्मिथले एक रन लिने क्रममा इंग्ल्यान्डका कप्तान ओईन मोर्गनले उत्कृष्ट रन आउट गरेका थिए । स्मिथले ७ बलमा समान १ चौका र छक्का प्रहार गरे ।

चौथो विकेटका लागि कप्तान आरोन फिन्च र मार्कस स्टोइनिसले ४९ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । फिन्चलाई १२ औं ओभरको अन्तिम बलमा क्रिस जोर्डनले ४० रनमा बोल्ड आउट गरे । एज लागेर बोल्ड आउट हुनुअघि फिन्चले ३३ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

स्टोइनिस १३ औं ओभरको अन्तिम बलमा २६ बलमा २ चौका र २ छक्का सहित ३५ रनमा क्याच आउट भए । स्पिनर आदिल राशिदको बलमा पहिलो सिलिपमा रहेका डेविड मलानले समातेपछि स्टोइनिस पेभिलिएन फर्केका थिए ।

ग्लेन म्याक्सवेल १७ बलमा १ चौका र १ छक्का सहित २६ रनमा क्याच आउट भए । छैटौं विकेटका लागि म्याक्सवेल र अगरले ४३ रनको साझेदारी गरेका थिए । तल्लोक्रममा एश्टन अगर २० बलमा २ चौका सहित २३ रनमा रन आउट भए ।

इंग्ल्यान्डका क्रिस जोर्डनले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । आदिल राशिद, मार्क वुड र जोफ्रा आर्चरले १–१ विकेट लिए । यस अघि पहिलो खेलमा इंग्ल्यान्ड २ रनले विजयी भएको थियो । तेस्रो खेल साउथह्याप्टनमै मंगलबार हुने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.