default_image

5 years ago

September 7, 2020

सन्दीपको राम्रो प्रर्दशनका बाबजुद जमैका पराजित

175 views

0 Bookmark

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेको राम्रो प्रर्दशनका बाबजुद जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) को लिग चरणको अन्तिम खेलमा सेन्ट लुसिया जुक्ससँग ११ रनले पराजित भएको छ ।

सोमबार बिहान सम्पन्न खेलमा जितका लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको जमैकाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३४ रन मात्र बनाउन सक्यो । जमैका ओपनर ग्लेन फिलिप्सले ३६ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ४९ रनमा आउट भए । उनलाई जाहिर खानले १२ औं ओभरको चौथो बलमा बोल्ड आउट गरे ।

जमैका ओपनर ग्लेन फिलिप्स र जर्मेन ब्ल्याकवुडले पहिलो विकेटका लागि ११.४ ओभरमा ८४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएपनि तल्लोक्रमका ब्याट्सम्यान चल्न नसक्दा जमैका पराजित हुन पुगेको हो । फिलिप्स आउट भएलगत्तै १३ औं ओभरको पाँचौ बलमा ब्ल्याकवुड २५ रनमा क्याच आउट हुन पुगे । उनले ३८ बलमा २ चौका प्रहार गरे । चाडविक वाल्टन १० रनमा रन आउट भए ।

जाहिर खानले कप्तान रोभमान पवेललाई २ र आन्द्रे रसेललाई शून्यमा क्याच आउट गर्दै जुक्सलाई खेलमा फर्काएका थिए । तल्लोक्रममा निकोलस किर्तोनले १५ बलमा २ छक्का र १ चौका सहित २५ रन जोड्दै रनको अन्तर घटाए । सन्दीप लामिछाने र विरसामी पेरुमलले खाता खोल्न सकेनन् । सन्दीपलाई १९ औं ओभरको अन्तिम बलमा केस्रिक विलियम्सले मोहम्मद नाबीबाट क्याच गराए ।

जुक्सका जावेल ग्लेन ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । जाहिर खानले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । केस्रिक विलियम्सले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि ब्रायन लारा स्टेडियममा टस जितेर ब्याटिङ रोजेको जुक्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४५ रन बनायो । जुक्सका नाजिबउल्लाह जद्रानले २५ बलमा १ चौका र ३ छक्का सहित सर्वाधिक ३५ रनको योगदान दिए । रोश्टन चेश ३६ बलमा १ चौका र १ छक्का सहित ३२ रन अविजित रहे ।

चौथो ओभरको अन्तिम बलमा स्पिनर मुजिब उर रहमानले मार्क डियाललाई ग्लेन फिलिप्सबाट १३ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाए । सातौं ओभरको दोस्रो बलमा आन्द्रे फ्लेक्चरलाई कार्लोस ब्रेथवेटले जर्मेन ब्ल्याकवुडबाट १ रनमा क्याच आउट गराए ।

आठौं ओभरको अन्तिम बलमा सन्दीपले ओपनर रहकीम कर्नवाललाई ३२ रनमा बोल्ड आउट गर्दै पेभिलिएन फर्काए । कर्नवालले २९ बलमा २ चौका र ३ छक्का प्रहार गरे । १० औं ओभरको चौथो बलमा स्पिनर विरसामी पेरुमलले मोहम्मद नाबीलाई मुजिबबाट २ रनमा क्याच गराउँदै ६३–४ को अवस्थामा पुर्याए । पाँचौ विकेटका लागि जद्रान र चेशले ६१ रनको महत्पूर्ण साझेदारी गरेका थिए ।

सन्दीप लामिछानेले ४ ओभरमा १ मेडन सहित २० रन खर्चेर १ विकेट लिए । मुजिब उर रहमानले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । फिडेल एडवार्ड्स, कार्लोस ब्रेथवेट र विरसामी पेरुमलले १–१ विकेट लिए ।

पहिलो सेमिफाइनलमा लिग चरणको अपराजित ट्रीनबेगो नाइट राइडर्ससँग जमैका मंगलबार खेल्ने छ । मंगलबार रातीनै अर्को सेमिफाइनलमा गुयाना एमेजन वारियर्स र सेन्ट लुसिया जुक्स भिड्ने छन् । फाइनल बिहिबार हुने छ ।

यस्तो रह्यो सन्दीपको प्रर्दशन

जमैकाले सन्दीपलाई आठौं ओभरमा बलिङमा ल्याएको थियो । पहिलो बल रोस्टन चेशलाई डट राख्दा दोस्रो बलमा लेग वाईका रुपमा चार रन खर्चिए । तेस्रो बल डट राखेका सन्दीपले चौथो बलमा एक रन दिए । पाँचौ बलमा रहकीम कर्नवालले छक्का प्रहार गरे । तर अन्तिम बलमा सन्दीपले कर्नवाललाई बोल्ड आउट गरे ।

११ औं ओभरको पहिलो बलमा सन्दीपले चेशलाई एक रन दिए । सन्दीपको दोस्रो, तेस्रो, चौथो, पाँचौ र छैटौं बलमा नाजिबुल्लाह जद्रानले कुनैपनि रन जोड्न सकेनन् ।

१३ औं ओभर सन्दीपले मेडन राखे । चेशले सन्दीपको ६ बलमा कुनैपनि रन जोड्न सकेनन् ।

१५ औं ओभरको पहिलो बलमा चेशलाई डट राखेका सन्दीपले दोस्रो बलमा एक रन दिए । तेस्रो बलमा जद्रानले चौका प्रहार गरे । चौथो बल डट राख्दा पाँचौ बलमा छक्का खर्चिन पुगे । सन्दीपले अन्तिम बलमा एक रन दिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.