default_image

4 years ago

September 7, 2020

दिल्लीले आइपिएल उपाधि जित्ने ५ आधार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) को इतिहासमा एक असफल फ्रेन्चाइज टोलीको रुपमा परिचित छ । आइपिएलका १२ संस्करण सम्म दिल्लीले फाइनल सम्मको यात्रा तय गर्न सकेको छैन । सेप्टेम्बर १९ देखि संयुक्त अरव इमिरेट्र्स (यूएई) मा सुरु हुने आइपिएलमा दिल्ली असफल टोलीको छाप अन्त्य […]

47 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) को इतिहासमा एक असफल फ्रेन्चाइज टोलीको रुपमा परिचित छ ।

आइपिएलका १२ संस्करण सम्म दिल्लीले फाइनल सम्मको यात्रा तय गर्न सकेको छैन । सेप्टेम्बर १९ देखि संयुक्त अरव इमिरेट्र्स (यूएई) मा सुरु हुने आइपिएलमा दिल्ली असफल टोलीको छाप अन्त्य गर्दै पहिलो पटक फाइनलमा पुग्दै च्याम्पियन बन्ने सोचमा छ । पछिल्लो दुई वर्षमा दिल्लीको टोली र प्रर्दशनमा धेरै परिवर्तन देखिन्छ ।

यस सिजनमा कागजी रुपमा दिल्ली सर्वाधिक बलियो र सन्तुलित टोली हो । पछिल्लो केहि वर्षयता युवा खेलाडीमा केन्द्रित रहँदै आएको दिल्लीले नाम अनुसार प्रर्दशन गर्ने हो भने उपाधि कठिन देखिदैन ।

दिल्ली सन् २००८ को सेमिफाइनलमा राजस्थान रोयल्ससँग १ सय ५ रनको फराकिलो अन्तरले पराजित हुँदै बाहिरिएको थियो । सन् २००९ को सेमिफाइनलमा डेक्कन चार्जर्ससँग ६ विकेटले पराजित हुँदै फाइनल पुग्ने अवसर गुमाएको थियो । सन् २०१२ मा दिल्ली कोलकाता नाइट राइडर्स १८ रनले स्तब्ध हुँदै फाइनलमा पुग्ने सपना अधुरै बनेको थियो । त्यसपछि दिल्ली सन् २०१८ सम्म लिग चरणबाटै बाहिरि रह्यो ।

गतवर्ष चेन्नई सुपर किंग्ससँग ६ विकेटले पराजित हुँदै पहिलो पटक फाइनलमा पुग्ने सपना पुन: अधुरै बन्न पुग्यो । गतवर्ष दिल्लीको प्रर्दशन प्रतियोगिताभर राम्रो थियो । तर तल्लोक्रमको कम्जोर ब्याटिङ र अन्त्यमा उत्कृष्ट लयमा रहेका तीव्र गतिका बलर कागिसो रबाडा चोटका कारण बाहिरिनु सबैभन्दा ठूलो घातक बन्न पुग्यो ।

यस पटकको अक्सनमा दिल्लीले आफ्नो समस्यालाई मध्यनजर आवश्यक खेलाडी अनुबन्ध गरेपछि च्याम्पियन टोली निर्माण गरेको छ । वेस्टइन्डिजका शिम्रन हेटमायर, अष्ट्रेलियाका विकेटकिपर एलेक्स केरी र अलराउन्डर मार्कस स्टोइनिसलाई मोटो रकम खर्चेर अनुबन्ध गरेको थियो । यी तीन खेलाडीको अनुबन्धले गर्दा दिल्लीको तल्लोक्रमको ब्याटिङ समस्या समधान हुने छ ।

आइपिएलमा सबै टोलीका खेलाडी हेर्ने हो भने कागजी रुपमा बलियो र उपाधिको प्रमुख दाबेदार दिल्ली देखिन्छ । सन्दीप सम्मिलित दिल्लीले पहिलो पटक फाइनलमा पुग्दै उपाधि जित्न सक्ने यी पाँच बलिया आधार छन् ।

५. युवा खेलाडीको बाहुल्यता

दिल्लीमा वर्तमान समयमा निरन्तर अन्तराष्ट्रिय खेल्दै उत्कृष्ट प्रर्दशन गर्दै आएका युवा खेलाडी बढी छन् । सन्दीपसँगै कागिसो रबाडा, ऋषभ पन्त, श्रेयस ऐर, मार्कस स्टोइनिस, एनरिच नोर्टजे, पृथ्वी शा लगायतका युवा खेलाडी दिल्लीमा छन् । युवा खेलाडीको बाहुल्यता हुँदा टोलीमा जोश र जागर बढ्छ । जसले ब्याटिङ र बलिङमा मात्र होईन फिल्डिङ मार्फत पनि टोलीलाई जितको आधार तय गराउन सक्छन् ।

अरु टोली धेरै विदेशी खेलाडीमा निर्भर छन् । ती खेलाडी आफ्नो अन्तर्राष्ट्रिय खेल भएमा आइपिएल गुमाउन सक्छन् । विदेशी खेलाडीले कम्जोर प्रर्दशन गर्दा टोलीको अवस्था पनि नाजुक हुन सक्छ । तर दिल्लीमा भारतीय खेलाडीनै खेल जिताउन सक्ने खेलाडी छन् । दिल्लीलाई चारनै विदेशी खेलाडी खेलाउनै पर्छ भन्ने छैन ।

शा, धवन, ऐर, रहाणे, पन्त, अक्षर, मिश्रा, आश्विन, इशान्त शर्मा, मोहित शर्मा लगायतका विश्वस्तरिय खेलाडी छन् । एकतर्फ युवा खेलाडीको जोश जागर छ भने अर्कोतर्फ विदेशी खेलाडीले खेल गुमाउदा अन्य टोलीलाई जस्तो ठूलो असर दिल्लीलाई पर्दैन ।

४. सन्तुलित टोली

कुनैपनि टोली एक पक्ष्य मात्र बलियो भएर च्याम्पियन बन्न सक्दैन । च्याम्पियन बन्न ब्याटिङ, बलिङ, फिल्डिङ, युवा, अनुभवी खेलाडी, उत्कृष्ट प्रशिक्षक, कप्तान र रणनीति लगायतका धेरैकुरा हुनुपर्छ । ती कुरा दिल्लीको टोलीमा पाउन सकिन्छ । विश्वकप च्याम्पियन अष्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङ प्रमुख प्रशिक्षकका रुपमा छन् । युवा कप्तान श्रेयस ऐरले गत वर्ष कप्तानी राम्रो गरेका थिए ।

दिल्लीको शीर्षक्रम ब्याटिङमा धवन, शा, अजिंका रहाणे छन् । मध्यक्रममा आक्रामक ब्याट्सम्यान पन्त र ऐर छन् । तल्लोक्रममा हेटमायर, स्टोइनिस, अक्षर पटेल छन् । स्पिनरमा सन्दीपसँगै मिश्रा र आश्विन छन् । तीव्र गतिका बलरमा रबाडा, ड्यानियल स्याम्स, नोर्टजे, मोहित शर्मा, ईशान्त लगायतक खेलाडी छन् । दिल्लीसँग एउटा खेलाडीले खराब प्रर्दशन गर्दा अर्को राम्रो विकल्प छ ।

अर्कोतर्फ दिल्लीका खेलाडीलाई प्लेइङ ११ मा स्थान बनाउन तीव्र प्रतिस्पर्धा गर्नुपर्ने हुँदा टोलीलाई फाइदा हुनेछ । विकेटकिपरमा पन्त र एलेक्स केरी छन् । अन्य फ्रेन्चाइज टोली हेर्दा कुनैको ब्याटिङ र कसैको बलिङ बलियो छ । तर दिल्लीको टोलीमा सन्तुलन देखिन्छ । जसले गदा यो पटक उपाधि जित्न सक्छ ।

३. विश्वस्तरीय स्पिन आक्रमण

आइपिएल हुने युएईका शारजाह, आबूधाबी र दुबईका पिच स्पिनर उपयोगी मानिन्छ । त्यसको फाइदा दिल्लीलाई हुने छ । दिल्लीले यस पटक भारतीय सफल स्पिनर आश्विनलाई टोलीमा भित्र्याएको छ । गतवर्ष किंग्स इलेभेन पञ्जावका कप्तान समेत रहेका अफ स्पिनर आश्विनलाई टोलीमा भित्र्याउदा दिल्लीको स्पिन आक्रामण अझ बलियो बनेको छ । अफस्पिनर आश्विन, लेग स्पिनर मिश्रा र सन्दीपले विपक्षी टोलीका ब्याट्सम्यानलाई धरासयी बनाउन सक्छन् ।

विशेषत मध्यक्रममा दिल्लीका स्पिनरबाट रन जोड्न विपक्ष्य ब्याट्सम्यानलाई सहज हुने छैन । एक तर्फबाट अफ र अर्को तर्फबाट लेग स्पिन बल गराउँदै दिल्लीले विपक्षी ब्याट्सम्यानलाई दबाबमा राख्न सक्छ । प्रमुख तीन स्पिनरलाई छोड्ने हो भने पार्टटाइमको रुपमा अक्षर पटेल पनि छन् । स्पिनर उपयोगी पिचमा विश्वस्तरिय बलर हुँदा दिल्लीले त्यसको फाइदा उठाउँदै सहज जित हात पार्न सक्छ ।

२. मजबुत बलिङ

दिल्लीको बलिङ यसअघि केहि कम्जोर देखिएको थियो । तर दिल्लीले इंग्ल्यान्डका क्रिस वोक्सको स्थानमा दक्षिण अफ्रिका तीव्र गतिका युवा स्टार एनरिच नोर्टजे र जेसन रोयको स्थानमा अष्ट्रेलियाका ड्यानियल स्याम्सलाई भित्र्याए पछि बलियो बनेको छ । रबाडाले गतवर्ष १२ खेलमा उत्कृष्ट प्रर्दशन गर्दै २५ विकेट लिएका थिए ।

अन्तराष्ट्रिय स्तरमा निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका रबाडा डेर्थ ओभर स्पेलिष्ट बलर हुन् । डेर्थ ओभर रबाडाले समाल्दा ओपनिङ नोर्टजे र स्याम्स मध्य एकले गर्नेछन् । रबाडा र नोर्टजे दुबै योर्करका लागि चर्चित छन् । बिग ब्यास २०१९–२० मा सर्वाधिक विकेट लिने खेलाडी बनेका स्याम्सलाई दिल्लीले हालै भित्र्याएको छ । दिल्लीमा स्पिनरमा मिश्रा, सन्दीप र आश्विन छन् । स्पिनरले मध्यक्रम समाल्ने छन् ।

पार्टटाइमा मार्कस स्टोइनिस, किमो पल, अक्षर पटेल छन् । दिल्लीको बलिङ लाइनअप देख्दा विपक्ष्य टोलीलाई विशाल योगफल बनाउन कठिन पर्छ । स्याम्स र नोर्टजे मध्य एकले उत्कृष्ट सुरुवात दिल्लीलाई दिलाउने छन् । मध्यक्रममा अफ र लेग स्पिनर हाबी हुने छन् । तल्लोक्रममा रबाडाले उत्कृष्ट अन्त्य गर्ने छन् । जसले गर्दा बलरहरुको उच्च प्रर्दशनमा पहिलो पटक उपाधि जित्ने सपना पूरा हुन सक्छ ।

१. उत्कृष्ट ब्याटिङ लाइनअप

दिल्लीले यस पटक उपाधि जित्न सक्ने प्रमुख आधार उत्कृष्ट ब्याटिङ लाइनअप हो । दिल्लीका ब्याट्सम्यानले नाम अनुसार मैदानमा प्रर्दशन गर्ने हो भने विशाल योगफल सहजै बनाउन र पूरा गर्न सक्छन् । दिल्लीको ओपनिङ शा र धवनले गर्ने छन् । यी दुबैले उत्कृष्ट इनिङका साथ राम्रो सुरुवात दिलाउनुका साथै आक्रामक रुपमा रन जोड्न सक्छन् । यी दुईले खराब प्रर्दशन गर्दा रहाणे र स्टोइनिस विकल्पमा रहने छन् ।

दिल्लीको ओपनिङ सुरुवातलाई तेस्रो नम्बरमा ऐरले अगाडि बढाउने छन् । पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा ऐरले उच्च प्रर्दशन गर्दै आएका छन् । चौथो नम्बरका पन्तको ब्याटिङमा जिम्मेवारी ब्याटिङ देखिन आवश्यक देखिन्छ । जव पन्त चल्छन् भने उनलाई रोक्न मुश्किल पर्छ ।

दिल्लीका शीर्षक्रमका ब्याट्सम्यानले गतवर्ष उच्च प्रर्दशन गरेका थिए । तल्लोक्रम गतवर्ष कम्जोर थियो । यस पटक शीर्षक्रमका ब्याट्सम्यान सस्तैमा आउट हुँदा तल्लोक्रमका खेलाडीले पनि ठूलो इनिङ खेल्दै विशाल योगफलमा पुर्याउन सक्ने खेलाडी रहेका छन् ।

पाँचौ नम्बरमा हेटमायरले ब्याटिङ गर्न सक्छन् । हेटमारलाई चौथो नम्बरमा ब्याटिङ गराउँदै दिल्लीले पाँचौ नम्बरमा फिनिसरको रुपमा पन्तलाई जिम्मेवारी दिन सक्छ । वेस्टइन्डिजका आक्रामक ब्याट्सम्यान हेटमायर उत्कृष्ट लयमा छन् । हेटमायरले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा उत्कृष्ट ब्याटिङ गरेका छन् । हेटमायरको लय हेर्दा उनलाई रोक्न कठिन पर्ने देखिन्छ ।

छैटौं नम्बरमा मार्कस स्टोइनिस वा एलेक्स केरी मध्य एकले ब्याटिङ गर्ने छन् । अष्ट्रेलियन यी दुबै खेलाडीले उत्कृष्ट ब्याटिङ गर्ने गर्दछन् । बिग ब्यास लिग २०१९–२० मा सर्वाधिक रन बनाउने ब्याट्सम्यान स्टोइनिस उत्कृष्ट लयमा छन् । बाँया हाते ब्याट्सम्यान केरीले पनि उच्च प्रर्दशन गर्दै आएका छन् । सातौं नम्बरमा अक्षरको सम्भावना छ । पटेलले तल्लोक्रममा आक्रामक ब्याटिङ गर्ने गर्दछन् ।

रबाडा र आश्विन पनि तल्लोक्रममा ठूला सटको क्षमता राख्ने गर्दछन् । दिल्लीका शीर्ष ६ ब्याट्सम्यान मध्य एक क्रिजमा टिक्दा पनि दिल्ली बलियो योगफलमा पुग्न सक्छ । विश्वका चर्चिच ब्याट्सम्यान रहेका दिल्लीले त्यसको सहयोगमा पहिलो पटक उपाधि जित्न सक्छ ।

दिल्लीको २०२० को पूर्ण टोली :

शिखर धवन, पृथ्वी शा, श्रेयस ऐर, ऋषभ पन्त, इशान्त शर्मा, अक्षर पटेल, अमित मिश्रा, हर्ष पटेल, आवेश खान, कागिसो रबाडा, किमो पल, सन्दीप लामिछाने, अजिंक्या रहाणे, रविचन्द्रन आश्विन, शिम्रन हेटमायर, एलेक्स केरी, मोहित शर्मा, तुषार देशपान्डे, ललित यादव, मार्कस स्टोइनिस, ड्यानियल स्याम्स र एनरिच नोर्टजे ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.