default_image

5 years ago

September 7, 2020

अष्ट्रेलियासँग तेस्रो टि२० खेल्नुअघि इंग्ल्यान्डलाई झट्का

104 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियासँग तेस्रो तथा अन्तिम टि२० आई खेल्नुअघि घरेलु टोली इंग्ल्यान्डलाई झट्का लागेको छ । उत्कृष्ट लयमा रहेका ओपनर तथा विकेटकिपर जस बटलरले तेस्रो टि२० खेल गुमाउने भएका छन् ।

बटलरले पारिवारिक कारणले तेस्रो खेल गुमाउने इंग्ल्यान्ड क्रिकेट बोर्डले जनाएको छ । बटलर आइतबार खेलपछि टोलीबाट बाहिरिएका थिए । इंग्ल्यान्डले तीन टि२० आई सिरिजमा २–० को अग्रता लिएको छ । अन्तिम खेल मंगलबार साउथह्याप्टनमै हुने छ ।

पहिलो खेलमा इंग्ल्यान्ड २ रन र दोस्रोमा ६ विकेटले विजयी भएको थियो । पहिलो खेलमा बटलरले २९ बलमा ५ चौका र २ छक्का सहित ४४ रन जोडेका थिए । दोस्रो खेलमा बटलर ५४ बलमा ८ चौका र २ छक्का सहित ७९ रनमा अविजित रहँदै ‘म्यान अफ द म्याच’ चुनिएका थिए । उत्कृष्ट लयमा रहेका बटलर नहुँदा इंग्ल्यान्डको ओपनिङ कम्जोर बन्न सक्छ ।

बटलर ओडिआई सिरिजको पहिलो खेलमा भने टोलीमा समावेश हुने छन् । पहिलो ओडिआई शुक्रबार म्यानचेस्टरमा हुने छ । दोस्रो आइतबार र अन्तिम बुधबार हुने छ । बटलरले तेस्रो टि२० खेल गुमाउँदा विकेटकिपर जोनी बेयरस्टोले गर्ने छन् । ओपनिङ जोनी बेयरस्टो र टम ब्यान्टनले गर्ने छन् । तेस्रो नम्बरमा डेविड मलानले गर्दा चौथो नम्बरमा जो डेनलीले गर्ने सम्भावना छ ।

यसअघिका दुई खेलमा ब्यान्टनले चौथो नम्बरमा ब्याटिङ गरेका थिए । पाँचौ नम्बरमा कप्तान ओईन मोर्गन र छैटौं नम्बरमा मोईन अलीले गर्ने छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.