5 years ago
September 13, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लेग स्पिनर सन्दीप लामिछानेको इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) को लागि उडान छुटेको छ ।

सेन्ट लुसियाबाट आउने क्रममै ढिला भएपछि उडान छुटेको हुन सक्ने सन्दीपको व्यवस्थापन हेर्दै आएका नेपाली क्रिकेट टोलीका टेक्निकल एनालिष्ट रमन शिवाकोटीले बताएका छन् । शिवाकोटीका अनुसार सन्दीप आज राती ८ बजे पुग्ने कार्यक्रम रहेको बताएका छन् । सन्दीप अब अर्को उडानमा यूएई पुग्नेछन् ।
सन्दीप क्यारेबियन क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा सिजन २०२० मा जमैका तलावाज खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । जमैका सेमिफाइनलमा ट्रीनबेगो नाइट राइडर्ससँग ९ विकेटले पराजित हुँदै बाहिरिएको थियो । सन्दीपले ११ खेलमा १० इनिङमा ४० ओभर बलिङ गर्दै १ मेडन सहित २ सय ११ रन खर्चेर १२ विकेट लिदै उत्कृष्ट प्रर्दशनका साथ सिपिएल यस सिजनको अन्त्य गरेका थिए । सन्दीपको इकोनमी रेट ५.२७ रहँद उत्कृष्ट प्रर्दशन २–८ रह्यो । सन्दीपलाई जमैकाले १ करोड भन्दा बढी नेपाली रुपैयाँमा जमैकाले अनुबन्ध गरेको थियो ।
सन्दीप लगातार तेस्रो सिजन दिल्ली क्यापिटल्सबाट आइपिएल खेल्ने छन् । सिपिएलमा उच्च प्रर्दशन गरेका सन्दीपको मनोबल उच्च छ । आइपिएल सेप्टेम्बर १९ देखि यूएईमा सुरु हुने छ । दिल्ली पहिलो पटक उपाधि जित्ने सोचमा छ । कागजी रुपमा दिल्ली बलियो दाबेदार टोली हो । दिल्लीले आइपिएलमा सेप्टेम्बर २० मा किंग्स इलेभेन पञ्जावसँग खेल्दै सुरुवात गर्ने छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]