default_image

5 years ago

September 13, 2020

अष्ट्रेलियालाई इंग्ल्यान्डको मध्यम लक्ष्य

133 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डले दोस्रो ओडिआई खेलमा अष्ट्रेलियालाई २ सय ३२ रनको मध्यम लक्ष्य दिएको छ । म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३१ रन बनायो ।

एक समय ४०.१ ओभरमा १४९–८ को अवस्थामा रहेको इंग्ल्यान्डलाई नवौं विकेटका लागि आदिल राशिद र टम करनले ७६ रनको उत्कृष्ट साझेदारी गर्दै मध्यम योगफलमा पुर्याएका हुन् । राशिद २६ बलमा ३ चौका र १ छक्का सहित ३५ रनमा अविजित रहे । टम करन ३९ बलमा ५ चौका सहित ३७ रनमा आउट भए ।

पाँचौ ओभरको पहिलो बलमा तीव्र गतिका बलर मिचेल स्टार्कले ओपनर जोनी बेयरस्टोलाई विकेटकिपर एलेक्स केरीबाट शून्यमा समाउँदै पेभिलिएन फर्काएका थिए । सातौं ओभरको अन्तिम बलमा मार्कस स्टोइनिसले अर्का ओपनर जेसन रोयलाई २१ रनमा उत्कृृष्ट रन आउट गरे । रोयले २२ बलमा ४ चौका प्रहार गरे ।

खराब सुरुवात गरेको इंग्ल्यान्डलाई तेस्रो विकेटका लागि कप्तान ओईन मोर्गन र जो रुटले ६१ रनको साझेदारी गर्दै इनिङ अघि बढाएका थिए । तर २२.३ ओभरमा स्पिनर एडम जाम्पाले कप्तान अरोन फिन्चबाट ३९ रनमा रुटलाई क्याच गराउँदै साझेदारी तोडेका थिए । रुटले ७३ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

२६ औं ओभरको तेस्रो बलमा प्याट कमिन्सले विकेटकिपर जस बटलरलाई तीन रनमा एलबिडब्लू आउट गरे । २९ औं ओभरको पाँचौ बलमा जाम्पाले कप्तान मोर्गनलाई ४२ रनमा एलबिडब्लू आउट गर्दा इंग्ल्यान्डलाई ११७–५ को कम्जोर अवस्थामा पुर्याए । मोर्गनले ५२ बलमा ५ चौका प्रहार गरे । साम विलिंग्स ८ र साम करन १ रनमा पेभिलिएन फर्के ।

जोश हेजलवुडले क्रिस वोक्सलाई २६ रनमा केरीबाट क्याच आउट गराए । उनले ३९ बलमा ४ चौका प्रहार गरे । वोक्स आउट हुँदा इंग्ल्यान्ड ४०.१ ओभरमा ८–१४९ को अवस्थामा पुगेको थियो । अष्ट्रेलियाका स्पिनर एडम जाम्पाले १० ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । मिचेल स्टार्कले १० ओभरमा १ मेडन सहित ३८ रन खर्चेर २ विकेट लिए । जोश हेजलवुड, मिचेल मार्श र प्याट कमिन्सले एक एक विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.