5 years ago
September 14, 2020
काठमाडौं (हाम्रो खेलकुद) – दुर्घटनामा परेर घाइते भएका राष्ट्रिय क्रिकेट टोलीका बायाँ हाते तीव्र गतिका बलर ललितसिंह भण्डारीलाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ ।

ललितलाई सिम्रिक एरको हेलिकप्टरमार्फत काठमाडौंमा रहेको ग्रान्डी अस्पतालमा थप उपचारको लागि ल्याइएको हो । आइतबार झलारी बजारमा ललित र उनका नातेदार करण ठगुन्ना सवार मोटरसाईकललाई ट्रकले ठक्कर दिँदा ललित गम्भीर घाइते भएका थिए । अचेत अवस्थामा रहेका ललितलाई धनगढीको निसर्ग अस्पताल हुँदै गएराती नै बाँकेस्थित कोहलपुर शिक्षण अस्पतालमा उपचार ल्याइएको थियो ।
ललितलाई आइतबार राती ११ बजे धनगढीबाट कोहलपूर ल्याइएको थियो । थप उपचारको लागि उनलाई ग्रान्डीमा ल्याउन लागिएको हो । दुर्घटनामा परि ललितको दायाँ हात, खुट्टा, टाउको र छातीमा चोट लागेको थियो । हातको कुम, एंकल लगायतका भागहरुमा चोट लागेको छ । उनको खुट्टा र हातको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले उपचारमा संलग्न हुने सम्पूर्ण चिकित्सक एवंम मेडिकल टिमलाई उपचारमा सक्रिय भएर सहयोग गरिदिन अनुरोध गरेका छन् । चन्दले श्रीघ स्वास्थ्य लाभको कामना गर्दै संघको तर्फबाट समन्वय र सहयोग रहने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।
त्यस्तै राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले पनि राष्ट्रिय क्रिकेट टोलीको तर्फबाट आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । ज्ञानेन्द्रले सम्बन्धित सरकारवाला निकायको गम्भिर ध्यानआकर्षण समेत गराएका छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]