default_image

5 years ago

September 23, 2020

ललित अस्वभाविक रुपमा सम्झौता विहिन

165 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकट संघ (क्यान) ले २०१९ मा नियमित टोलीबाट खेलेका स्पिनर ललितनारायण राजवंशीलाई २०२० को ग्रेड सूचिबाहिर राखेको छ ।

ललित ग्रेड सूचिमा नपरेपछि सर्वत्र क्यानको आलोचना सुरु भएको छ । खेलाडीको ग्रेड र पारिश्रमिक (तलब) निर्धारण गर्न क्यानले गत माघमा कोषाअध्यक्ष रोशनकुमार सिंह, केन्द्रिय सदस्य दुर्गाराज पाठक र अमितविर पान्डेको समिति गठन गरेको थियो ।

‘सुरुमा हामीले २४ जनाको नाममा ललितलाई राखेका थियौं । पछि खेलाडी वर्गिकरण धेरै जना भयो भनेपछि ६ जनलाई घटाएर १८ जनामा पुर्यायौं । १८ जनामा राख्दा ललित परेनन्’, दुर्गाराज पाठकले थपे, ‘यो माघतिर नै अध्ययन गरेर बैठकमा पेश गर्ने तयारीका साथ सुची बनाएका थियौं । कोरोनाको कारण बोर्ड बैठक बस्न सकेन । अहिले आएर अनुमोदन भएको हो ।’

१८ जनाको खेलाडीको सूचिमा पनि ललित प्रबल दाबेदार हुन् नी भन्ने प्रश्नमा उनले भने, ‘बोर्डले पास गरिसकेको छ । २० जना भएको भए ललितको नाम १९ औं थियो । ललितले घरेलु क्रिकेटमा राम्रो गर्दा अन्तर्राष्ट्रियमा त्यति राम्रो पनि थिएन ।’

पाठकले क्यानका लागि सबै खेलाडी बराबर भएको र ग्रेडमा सुधार गर्न सक्ने पनि बताए । ‘१९/२० कहीं कतै भएको होला त्यो आफ्नो ठाउँमा छ । १० को २० बनाएका छैनौं । तलमाथि हुन सक्छ । यसलाई पुन सुधार गर्न नमिल्ने भन्ने पनि छैन । समितिले मात्र लगेको कुरा होईन बोर्डले पनि अनुमोदन गरेको कुरा हो । आवश्यकताको आधारमा भोलीका दिनमा यस पनि छलफल हुन सक्छ । बोर्डले २४ जनालाई नै गर्ने कि भन्ने पनि त हुन सक्छ नि’, उनले भने ।

बोर्ड सदस्य दुर्गाराज पाठक

‘कोरोनाले पनि असर गर्यो । प्रतियोगिता भएको भए प्रायोजन पनि हुन्थ्यो । २४ जनालाई राख्थ्यौं । कोरोना महामारी नभएको भए खेलाडीको प्रर्दशन पनि देखिन्थ्यो । केहि तलमाथि भएको हुन सक्छ । यसलाई धेरै ठूलो विषय नबनाउ’, पाठकले थपे ।

स्पिनर ललितले २०१९ मा नेपालले खेलेका सबै प्रतियोगितामा सहभागिता जनाएका थिए । ललितले २०१९ मा कुल १८ अन्तर्राष्ट्रिय खेलमा १५ विकेट लिएका थिए । १३ औं सागमा टि२० आई मान्यता खेलमा नेपालबाट ३ खेलमा ६ विकेटका साथ शीर्षस्थानमा रहेका थिए । २०१९ मा नेपालले सेप्टेम्बरमा जिम्बाबे र सिंगापुरबीच भएको त्रिकोणात्मक सिरिजमा ललित टोलीमा रहेपनि कुनैपनि खेलमा मौका पाएनन् । अन्य सबै खेल खेलेका थिए ।

यता वसन्त ग्रेड बी बाट ए मा बढुका भएका छन् । सोमपाल कामी ए बाट बी मा घटुवा भएका छन् । वसन्तको बढुवाबारे भने पाठकले यसो भने, ‘खेलाडीको सम्मान, सिनियर खेलाडी र खेल जीवनको उत्तरार्धमा रहेका खेलाडीलाई किन बी मा राख्नु भनेर बढुवा गरिएको हो । समितिले पहिलानै पेश गरेको र अहिले बोर्डले अनुमोदन गरेको हो । १४ जनाको गरेको भए त अझ धेरै घट्थे ।’

‘कप्तानले पनि अहिले धेरै खेलाडी सम्झौता नगरौं । थारै गरौं भनेका थिए । राम्रो गर्नेलाई बोनसहरु दिउँ भनेका थिए । सम्झौता ६ महिना गर्ने तयारी गरेका थियौं तर अब ६ महिना त सक्किसक्यो । बोर्डको निर्णयलाई डिफेन्स गुर्नबाहेक अन्य मसँग कुनै विकल्प हुँदैन’, उनले भने ।

यो पनि :

महिला क्रिकेटमा सम्झौता : पहिलो गासमै ढुंगा

ग्रेड विभाजनमा क्यानको गम्भिर लापरवाही

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.