default_image

4 years ago

September 30, 2020

कश्मीरदेखि आइपिएल : सामदको ‘ड्रिम डेब्यु’

एजेन्सी – कुनैपनि खेलाडीमा प्रतिभा र क्षमता छ भने अवसर पाएको खण्डमा उक्त खेलाडीको व्यक्तिगत अवस्था र वातावरण गौण रहन्छ । आइपिएलमा मंगलबार सनराइजर्स हैदरावादका लागि अब्दुल सामदले डेब्यु गर्दै यसलाई पुन: प्रमाणित गरेका छन् । जम्मू कश्मीर भारतको एक विवादित सिमावर्ती क्षेत्र हो । भारतको जम्मू कश्मीर आर्थिक पक्षमा पनि तुलनात्मक रुपमा धेरै परि […]

70 views

0 Bookmark

एजेन्सी – कुनैपनि खेलाडीमा प्रतिभा र क्षमता छ भने अवसर पाएको खण्डमा उक्त खेलाडीको व्यक्तिगत अवस्था र वातावरण गौण रहन्छ । आइपिएलमा मंगलबार सनराइजर्स हैदरावादका लागि अब्दुल सामदले डेब्यु गर्दै यसलाई पुन: प्रमाणित गरेका छन् ।

जम्मू कश्मीर भारतको एक विवादित सिमावर्ती क्षेत्र हो । भारतको जम्मू कश्मीर आर्थिक पक्षमा पनि तुलनात्मक रुपमा धेरै परि र बेरोजगार बढी पाइन्छ । भारतको उत्कृष्ट एक पर्यटकीय स्थल जम्मू कश्मीरमा भने समय समयमा भिडन्त हुने गर्दछ । भारतको पाकिस्तान र चीनसँग सम्बन्ध बिग्रिनुको प्रमुख कारण जम्मू कश्मीरको सिमावर्ती क्षेत्रमा निरन्तर आक्रामण हुनु हो । जम्मू कश्मिर एक पहाडी भुभाग हो । विभिन्न कारण जम्मू कश्मीरमा खेलकुदका गतिविधि पनि कम हुने गर्दछ ।

त्यसैले क्रिकेटका खेल र गतिविधि जम्मू कश्मीरमा न्यून हुने गर्दछ । अशान्ति, विकटता र आर्थिक अवस्थाले पछि पर्नु एक कारण हो । तर युवा खेलाडीको प्रतिभाले यी सबै कुरालाई भुलाउँदै अगाडि बढाउँदै आएका छन् । पछिल्लो समय जम्मू कश्मीरको टोलीले घरेलु क्रिकेटमा राम्रो प्रर्दशन गर्दै आएको छ ।

मंगलबार राती इन्डियन प्रिमियर लिग (आइपिएल) मा जम्मू कश्मीरका १८ वर्षिय अब्दुल सामदले सनराइजर्स हैदराबादबाट डेब्यु गरे । उच्च सेवा सुविधा, उत्कृष्ट प्रशिक्षक, एकेडेमीबाट उत्पादित खेलाडीसँग प्रतिस्पर्धा गर्दै जम्मू कश्मीर देखि आइपिएल सम्म पुग्नु कुनै सामान्य कुरा पक्कै होईन । तर सेवा सुविधा भन्दा क्षमता र प्रतिभाले बढी प्रभाव पार्दछ ।

सामदले जम्मू कश्मीरको प्रतिनिधित्व गर्दै आइपिएल खेलिरहेका छन् । सनराइजर्स हैदराबादले सामदलाई दिल्ली क्यापिटल्सविरुद्ध डेब्यु गरायो । १८ वर्षिय आक्रामक ब्याट्सम्यान सामदले पनि आफ्नो स्वभाविक प्रर्दशन गरे ।

१८ औं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका ओपनर जोनी बेयरस्टो मिडअफमा एनरिच नोर्टजेबाट क्याच आउट भएपछि सामद ब्याटिङको लागि मैदान छिरेका थिए । नोर्टजेको १९ औं ओभरको दोस्रो बल उनले पहिलो पटक सामना गरेका थिए । पहिलो बलमै उनी ठूलो सट खेल्न खोजे । सिंगल रन मात्र बटुल्न सके । चौथो बलमा पनि ठूलो सट खेल्न खोज्दा उनी सफल हुन सकेनन् । तर पाँचौ बलमा थर्ड म्यानमा आफ्नो आइपिएलको पहिलो चौका प्रहार गरे ।

लगत्तै अर्को बलमा लङ अनमा नोटजेको १४५ प्रतिघण्टाको स्पिडमा आएको बललाई उत्कृष्ट छक्का प्रहार गर्दै राम्रो प्रभाव छोडे । जुन प्रर्दशनले सुरुवाती बेन्चमा राखेको हैदराबादलाई पछुतो भई सकेको थियो । अन्तिम ओभरमा रबाडाको दोस्रो बल डट हुँदा उनले तेस्रो बल सिंगल रन जोडेका थिए । पाँचौ बलमा लेग वाईका रुपमा रन लिए । उनले समग्रमा ७ बलमा १ चौका र १ छक्का सहित १२ रनमा अविजित रहे ।

यसअघि मध्यक्रममा ब्याटिङको समस्या भोगेको हैदराबादले सामद समाधानको रुपमा देखा परे । दिल्लीविरुद्धको प्रर्दशनले उनले हैदराबादमा आगमी खेलमा पहिलो रोजाईमा पर्ने देखिन्छ ।
कोलकाता नाइट राइडर्सविरुद्ध विकेटकिपर रिद्धिमान शाहले सुस्त इनिङ खेल्दै ३१ बलमा ३० रन जोडेपछि उनको स्थानमा हैदराबादले सामदलाई खेलाउने निर्णय गरेको थियो । जुन निर्णयलाई उनले सहि सावित गर्दिए ।

प्रतिभा खेलाडीलाई आफ्नो क्षमता देखाउन धेरै समय लाग्दैन । सामदले पनि दिल्लीबिरुद्ध मौकामा विश्व क्रिकेटमा आफ्नो क्षमता देखाउन भ्याए । हैदराबादको नेट र अभ्यासमा पनि उनले उत्कृष्ट प्रर्दशन गरेका थिए । फिल्डिङमा पनि उनको प्रर्दशन अब्बल थियो । श्रेयस ऐरको क्याच लिएका थिए ।

आइपिएल जस्तो ठूलो प्रतियोगितामा उनी दबाबमा होईन सामान्य प्रतियोगिता जसरीनै रमाई रमाई खेलेका थिए । निकै आत्माविश्वासी देखिन्थें । उनी पहिला देखिनै पूरै तयारीका साथ आएको शरीरिको हाउबाउले बताउथ्यो । पछिल्लो दुई वर्षमा जम्मू कश्मीरबाट खेल्दै आएका सामदलाई हैदराबादले अक्सनमा न्यूनतम मूल्य ३२ लाख नेपाली रुपैयाँमा टोलीमा अनुबन्ध गरेको थियो । १८ वर्षिय सामद ठूला सट र लेगस्पिन बलिङ गर्ने गर्दछन् ।

‘म ठूला सट खेल्न सक्छु भन्नेमा आत्माविश्वासी थिएँ । ब्याटिङ गर्नुअघि टोली ब्यवस्थापनले मलाई आफ्नो स्वभाविक खेल खेल्नु भनेका थिए । पहिलो बल देखिनै सट हान्न सुरु गरें । तीन चार सट मिस भयो । छक्का प्रहार गरेपछि अझ धेरै आत्माविश्वासी बने’, सामदले खेलपछि स्पिनर राशिद खानसँगको कुराकानीमा भनेका छन् ।

‘मलाई आशा छ आगमी दिनमा धेरै छक्का हान्ने छु । मलाई लाग्छ घरेलु र आइपिएलमा खासै फरक छैन । जुन खेलाडी घरेलुमा खेल्छन् त्यतिनै आइपिएल खेलि रहेका छन् । केहि अन्तर्राष्ट्रिय खेलेका हुन्छन् । फरक यतिमात्र हो आइपिएलमा दबाब बढी हुन्छ’, उनले भने ।

अब्दुल सामदको क्रिकेट यात्रा

अब्दुलको जन्म सन् २००१ अक्टोबर २८ मा जम्मू कश्मीरको कालाकोट गाउँमा भएको थियो । उनी सानैदेखिनै क्रिकेटरनै बन्ने भनेपछि घर परिवारले कुनै अवरोध गरेनन् । सन् २०१९-२० को भारतीय घरेलु प्रतियोगितामा देखिएका उदयमान प्रतिभा सामदले राम्रो प्रभाव छोडे । जम्मू कश्मिरबाट रणजी ट्रफीमा उनले १७ इनिङमा ५ सय ९२ रन बनाएका थिए । स्ट्राइक रेट १ सय १३ को थियो । दुई शत र तीन अर्ध शतक सामेल थियो । उच्च प्रर्दशन १ सय २८ रन थियो ।

उनले प्रथम श्रेणीमा सन् २०१९ मा उत्तरखण्डबिरुद्ध डिसेम्बरमा रणजी ट्रफीमा डेब्यु गरेका थिए । जुन डेब्यु खेलमा उनी पहिलो इनिङमा एक रन र दोस्रो इनिङमा ४६ बलमा ३ चौका र ५ छक्का सहित ६० रन जोडेका थिए । उनले लिष्ट ए मा २०१९ नोभेम्बरमा विजय हजारे ट्रफीमा राजस्थानबिरुद्ध डेब्यु गरेका थिए ।

टि२० मा उनले शैद मुश्ताक अली ट्रफीमा नागाल्यान्डबिरुद्ध डेब्यु गर्दै ५१ बलमा ८ चौका र ३ छक्का सहित ७६ रनमा अविजित रहनुको साथै एक विकेट लिएका थिए । जम्मू कश्मीरबाट भारतीय पूर्व अलराउन्डर इरफान पठान पनि पछिल्लो समय खेल्दै आएका छन् । पठान जम्मू र कश्मीरको खेलाडी र मेन्टरको रुपमा छन् । मेन्टर पठान र प्रशिक्षक मिलाप मेवाडाका अनुसार सामद आइपिएल खेल्ने चौथो जम्मू कश्मीरका खेलाडी हुन् । यसअघि परवेज रसुल, मनसुर डार र रासिख सलामले आइपिएल खेलेका थिए ।

पठान र मेवाडा सन् २०१८ मा जम्मूमा जादा सामद १६ वर्षका थिए । पठानको बलमा उनले ठूला ठूला सट खेले । त्यसपछि उनले सामदलाई प्रशिक्षण दिनुको साथैसँगै क्रिकेट खेले । पठान र मेवाडाको रेखदेख पछि उनको प्रर्दशनमा अझैं निखारता आयो । रणजी ट्रफीमा छक्का प्रहारमा पहिचान बनाए । उनले विजय हजारेमा भारतीय पूर्व सफल स्पिनर पियुष चवलालाई चार छक्का प्रहार गरेका थिए ।

शैद मुश्ताकमा मध्यक्रममा उनले आक्रामक ब्याटिङ गर्दै राम्रो प्रर्दशन गरेका थिए । उडिसाबिरुद्ध १० बलमा २९, नागाल्यान्डबिरुद्ध १३ बलमा २८ रनमा अविजित, सौराष्ट्रबिरुद्ध २४ बलमा ३२ रन जोडेका थिए । तल्लोक्रममा आक्रामक रुपमा रन जोड्ने गर्दछन् । भारती तीन चर्चिच घरेलु प्रतियोगितामा उच्च प्रर्दशन गरेपछि उनिमाथि आइपिएलको यात्रा सहज बनेको थियो ।

‘सामद एउटा भारतीय क्रिकेटमा देखिएका राम्रो प्रतिभा हुन् । यदि उसलाई राम्रोसँग सदुपयोग गर्न सक्ने हो भने आगमी दिनमा भारतीय क्रिकेटबाट खेल्दै राम्रो प्रर्दशन गर्ने छन् । मलाई लाग्छ उनले जम्मू कश्मिरबाट आइपिएलमा सर्वाधिक खेल खेल्ने खेलाडी बन्नेछन्’, जम्मू कश्मीरका खेलाडी तथा मेन्टर इरफान पठानले भने ।

सामदको डेब्यु र प्रर्दशनले उनको परिवार र आफन्तमा मात्र हाईन पूरा जम्मू कश्मीर वासी खुसी भएका छन् । कश्मीर वासिले गौरव गरि रहेका छन् । अब्दुलबाट कश्मिरमात्र होईन नेपाली युवा खेलाडीले पनि भौगलिक विकटा र आर्थिक कमजोरीले खेलमा पछि पर्दै आफ्नो क्षमतामा कमी आउँदैन भने राम्रो पाठ सिक्न सक्नुपर्छ ।

आइपिएलका अन्य प्रतिभाबारे पढ्नुहोस :

किशनको सानदार पुनरागमन

जिरोबाट हिरो बनेका टेवाटिया

डरलाग्दो दुर्घटना देखि फिल्डिङको ‘बेन्चमार्क’ सम्म

April 15, 2024

आफ्नै कीर्तिमान सुधार्दै हैदराबाद विजयी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) जारी संस्करणमा नै इतिहासको सर्वाधिक योगफल बनाएर सनराइजर्स हैदराबादले कीर्तिमान सुधारेको छ । मार्च २७ मा मुम्बई इन्डियन्स विरुद्ध २ सय ७७ रन बनाएको हैदराबादले आज रोयल च्यालेन्जर्स बेंगलुरु विरुद्ध २ सय ८७ रन बनाउन सफल भयो । यो संस्करण अघि रोयल च्यालेन्जर्स बंगलुरुले सन् २०१३ मा बनाएको २ […]

April 15, 2024

कुवेतको दोस्रो जित 

मस्कट (हाम्रो खेलकुद) – ओमानमा जारी एसीसी प्रिमियर कपमा कुवेतले दोस्रो जित दर्ता गरेको छ । पहिलो खेलमा युएई विरुद्ध हार बेहोरेको कुवेतले लगातार दोस्रो जित दर्ता गर्ने क्रममा बहराइन माथि २६ रनको जित निकालेको हो । वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा १६२ रनको विशाल लक्ष्य पछ्याएको बहराइनले ६ विकेट गुमाउँदै १३५ रन मात्र […]

April 15, 2024

ओमानको युएईविरुद्ध सहज जित

मस्कट (हाम्रो खेलकुद) – ओमनमा जारी एसिसि प्रिमियर कपमा घरेलु टोलीमा ओमानले लगातार तेस्रो जित दर्ता गरेको छ । लगातार तेस्रो जित हासिल गर्ने क्रममा ओमानले युएई माथि ९ विकेटको सानदार जित निकालेको हो । वर्षाका कारण १५ ओभर प्रति टोलीमा घटाइएको खेलमा युएईले दिएको १४३ रनको लक्ष्य ओमानले १२.४ ओभरमै १ विकेट मात्र गुमाएर […]

Success

Thank you for your time.