default_image

5 years ago

October 5, 2020

दिल्लीमा सन्दीपले मौका पाउने चार समिकरण

168 views

0 Bookmark

एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सको टोलीमा स्थान बनाउन संघर्ष गर्दै आएका छन् ।

सुरुवात देखिनै बेन्चमा बसेका सन्दीपलाई प्लेइङ ११ मा स्थान बनाउन अन्य खेलाडीको प्रर्दशनमा पनि निर्भर रहनुपर्ने देखिन्छ । आइपिएलमा प्लेइङ ११ मा चारमात्र विदेशी खेलाडी खेलाउन पाइन्छ । दिल्लीले सुरुवात देखिनै चार विदेशी खेलाडीमा तीव्र गतिका बलर कागिसो रबाडा, एनरिच नोर्टजे, ब्याट्सम्यान शिम्रन हेटमायर र अलराउन्डर मार्कस स्टोइनिसलाई खेलाएको छ ।

आगामी  खेलमा पनि यी चार खेलाडीलेनै निरन्तरता दिने दिल्लीको रणनीति देखिन्छ । विदेशी खेलाडीको रुपमा दिल्लीको बेन्चमा सन्दीपसँगै, अष्ट्रेलिया विकेटकिपर एलेक्स केरी, वेस्टइन्डिजका अलाउन्डर किमो पल र अष्ट्रेलिया तीव्र गतिका बलर ड्यानियल साम छन् । रबाडा, नोर्टजे, हेटमायर र मार्कस स्टोइनिसले राम्रो प्रर्दशन गरेका छन् । जसले गर्दा अन्य विदेशी खेलाडीलाई दिल्लीको टोलीमा स्थान बनाउन सहज छैन ।

सन्दीपका लागि यो कुनै नौलो कुरा भने होईन । यसअघिका सिजनमा पनि सन्दीपले टोलीमा स्थान बनाउन संघर्ष गर्नु परेको थियो । सन् २०१८ मा तीन र २०१९ मा ६ खेलमा मौका पाएका सन्दीपले २०२० मा त्यो भन्दा बढी खेल खेल्न पाउने धेरैले आशा गरेका थिए । आइपिएल भन्दा केहि दिन अगाडि सम्पन्न क्यारेबियन प्रिमियर लिगमा नियमित विकेट लिदै यूएई पुगेका सन्दीपले यस सिजनमा बढी मौका पाउन सक्ने धेरैले आशा राखेका थिए । तर त्यसो हुन सकेन ।

हाल दिल्लीको रणनीति र खेलाडीलाई हेर्दा सन्दीपले यस अघिका सिजनमा भन्दा पनि अझ कम मौका पाउन पनि सक्ने सम्भावना देखिन्छ । दिल्ली हालसम्म उपाधि जित्न र फाइनल सम्म पुग्न सकेको छैन । यस पटक उपाधिको सर्वाधिक बलियो दाबेदार दिल्लीले आफ्नो प्लेइङ ११ मा प्रश्न गर्ने ठाउँ राख्न चाहदैन ।

आइपिएल भई रहेका तीन स्थान मध्य आबूधाबी स्पिनरलाई सबैभन्दा बढी उपयोगी स्टेडियम मानिन्छ । छोटो बाउन्ड्री रेखाको कारण शारजाहमा दुई स्पिनरको सम्भावना कम छ । दुबई स्टेडियममा ठूलो बाउन्ड्री रेखा हुँदा स्पिनर बढी सफल हुन सक्छन् । सन्दीपले जारी सिजनको आइपिएलमा मौका पाउन सक्ने यी हुन् चार समीकरण ।

४. भारतीय तीव्र गतिका बलरको उच्च प्रर्दशन

भारतीय तीव्र गतिका बलरले उच्च प्रर्दशन गर्न सकेको खण्डमा सन्दीपलाई टोलीमा स्थान बनाउन केहि सहज हुने देखिन्छ । दिल्लीमा भारतीय तीव्र गतिका बलर कमजोर देखिएका छन् । जसको कारण दिल्लीले तीव्र गतिको बलिङ बलियो बनाउन रबाडाको जोडीमा नोर्टजेलाई खेलाएको छ । दक्षिण अफ्रिकी यी दुवैले उच्च प्रर्दशन गरेका छन् ।

पहिलो खेलमा मोहित शर्माले किंग्स इलेभेन पन्जाबबिरुद्ध ४ ओभरमा ४५ रन खर्चेर १ विकेट लिएका थिए । उक्त खराब प्रर्दशनको कारण दोस्रो खेलमा शर्माको स्थानमा आवेश खानलाई चेन्नई सुपर किंग्सबिरुद्ध खेलाएको थियो । आवेश खानले पनि ४ ओभरमा ४२ रन खर्चिएका थिए । तेस्रो खेलमा हैदराबादबिरुद्ध इशान्त शर्मा टोलीमा फर्किदा ३ ओभरमा २६ रन खर्चिदा विकेट लिन सकेका थिएनन् ।

हरेक मैदानमा तीन तीव्र गतिका बलर खेलाउने रणनीति देखिन्छ । जसमा दुई विदेशी खेलाडी खेलाउनु पर्ने बाध्यता छ । भारतीय तीव्र गतिका बलरले उच्च प्रर्दशन गर्दा दिल्लीले रबाडाका साथ मात्र मैदान उत्रर्न सक्छ । दुई भारतीय तीव्र गतिका बलरले उच्च प्रर्दशन गरेको खण्डमा सन्दीपको सम्भावना बढ्ने छ ।

३. शीर्ष र मध्यक्रमका ब्याट्सम्यानको उत्कृष्ट ब्याटिङ

पहिलो खेलमा पन्जाबबिरुद्ध नायक बनेका स्टोइनिस दिल्लीका चौथो रोजाईका विदेशी खेलाडी हुन् । चेन्नईबिरुद्ध ५ रनमा अविजित रहँदा बलिङ गरेनन् । हैदराबादबिरुद्ध स्टोइनिसले ११ रन जोड्नुको साथै ३ ओभरमा २२ रन खर्चेका थिए । दिल्लीको शीर्ष र मध्यक्रम ब्याट्सम्यान उत्कृष्ट छन् । तर नाम अनुसार प्रर्दशन गर्न आवश्यक छ ।

ओपनर पृथ्वी शा, शिखर धवन, श्रेयस ऐर, ऋषभ पन्त र शिम्रन हेटमायर शीर्ष र मध्यक्रमका ब्याट्सम्यान हुन् । अजिंक्या रहाणे मध्यक्रमका एक भरपर्दा विकल्प हुन् । यी सबै ब्याट्सम्यान ठूलो इनिङ खेल्दै टोलीको जित एक्लै सहज बनाउन सक्छन् । जसले गर्दा शीर्षक्रम र मध्यक्रमका ब्याट्सम्यानले निरन्तर उच्च प्रर्दशन गर्दा दिल्लीले मार्कस स्टोइनिसको स्थानमा सन्दीपलाई मौका दिन बोटो खुल्छ ।

शीर्ष र मध्यक्रमका ब्याट्सम्यान निररन्त चल्दा स्टोइनिसको आवश्यकता ब्याटिङमा कम हुन जान्छ । स्टोइनिसलाई छोड्दा अक्षर पटेल र रबाडाले तल्लोक्रमा ठूला सट खेल्न सक्छन् ।

२. दिल्ली पहिलानै प्ले अफमा पुग्नु वा बाहिरिनु

दिल्लीले सन्दीपलाई कम महत्व भएको खेलमा मौका दिने सम्भावना बढी छ । सन्दीपले त्यस्तो खेलमा मौका पाउन सक्छन् जुन खेलको हार वा जितले दिल्लीलाई खासै फरक पार्दैन । जसको लागि दिल्लीले लगातार जित निकाल्दै चार पाँच खेल अगाडिनै प्ले अफमा पुगेमा वा कमजोर प्रर्दशन गर्दै बाहिरिएमा सन्दीपले मौका पाउन सक्छन् ।

दिल्ली उपाधिको दाबेदार टोली हुँदा प्ले अफमा स्थान बनाउन काजगी रुपमा कठिन देखिदैन । लिग चरणमा हरेक टोलीले १४ खेल खेल्ने छन् । जसले गर्दा दिल्लीले लिग चरणका छिटोनै प्ले अफमा स्थान बनाएको खण्डमा सन्दीपलाई मौका दिन सक्छ । सन् २०१८ को पहिलो संस्करणमा सन्दीपलाई दिल्लीले लिग चरणबाट बाहिरिएपछि अन्तिम तीन खेलमा मौका दिएको थियो । यस पटक पनि त्यस्तै सम्भावना देखिन्छ । जुन खेलमा दिल्लीको कुनै महत्त्व थिएन ।

एलिमिनेटर, क्वालिफायर र फाइनलमा सन्दीपको सम्भावना कम छ । जसले गर्दा लिग चरणमा मौका पाउन पहिलानै प्ले अफमा पुग्नुपर्ने वा बाहिरिनु पर्ने हुन्छ । अन्तिम खेलमा प्ले अफ वा लिग चरणबाट बाहिरिनु पर्ने समिकरण बने सन्दीपले खेल खेल्न पाउने सम्भावना कम देखिन्छ ।

१. मिश्रा र आश्विनको खराब प्रर्दशन

सन्दीपले दिल्लीको टोलीमा मौका पाउन दुबै अनुभवी भारतीय स्पिनर अमित मिश्रा र रविचन्द्रन आश्विनको प्रर्दशन खराब हुनुपर्छ । दुबै भारतीय उत्कृष्ट स्पिनर हुँदा सन्दीपलाई मौका पाउन कठिन बनेको हो । स्पिनरमा सन्दीप तेस्रो विकल्प हुन् ।

सुरुवाती खेलमा भने यी दुवै स्पिनरले उच्च प्रर्दशन गरेका छन् । हैदराबादबिरुद्ध मिश्राले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिएका थिए । चेन्नईबिरुद्ध ४ ओभरमा २३ रन खर्चेका थिए । पहिलो खेलमा आश्विनले एक ओभरमा २ रन खर्चेर २ विकेट लिएका थिए । आश्विन चोटका कारण पछिल्ला दुई खेल गुमाएका थिए । आश्विन फिट भइसकेका छन् ।

दिल्लीले यी दुई मध्य एकलाई नियमित मैदान उतार्ने निश्चित छ । अक्षर पटेललाई दोस्रो स्पिनरको रुपमा खेलाउने छ । जसको कारण यी दुबै स्पिनरले खराब प्रर्दशन गर्दा दिल्लीलाई सन्दीपलाई खेलाउनै पर्ने बाध्यता हुन जान्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.