5 years ago
October 4, 2020
एजेन्सी – कप्तान लोकेश राहुलको अर्धशतकको सहयोगमा किंग्स इलेभेन पन्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) को १८ औं खेलमा चेन्नई सुपर किंग्सलाई १ सय ७९ रनको बलियो लक्ष्य दिएको छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७८ रन बनायो । पन्जाबका कप्तान तथा ओपनर लोकेश राहुल (केएल) ले ५२ बलमा ७ चौका र १ छक्का सहित सर्वाधिक ६३ रनको योगदान दिए । पन्जाबलाई ओपनर राहुल र मयंक अग्रवालले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थिए ।
यी दुईबीचको साझेदारी नवौं ओभरको पहिलो बलमा स्पिनर पियुष चवलाले अग्रवाललाई २६ रनमा साम करनबाट क्याच आउट गराउँदै तोडे । ठूलो सट खेलेका अग्रवाल डिपमिड विकेटमा समातिन पुगेका थिए । उनले १९ बलमा ३ चौका प्रहार गरे । रविन्द्र जडेजाको १२ औं ओभरको अन्तिम बलमा एक्स्ट्रा कभरमा मनदीप सिंह आम्बाती रायुडुबाट २७ रनमा क्याच आउट हुन पुगे । सिंहले १६ बलमा २ छक्का प्रहार गरे ।
तल्लोक्रममा निकोलस पूरनले आक्रामक ब्याटिङ गर्दै पन्जाबलाई विशाल योगफलको बाटोतर्फ अघि बढाएका थिए । तर शार्दुल ठाकुरको १८ औं ओभरको पहिलो बलमा ठूलो सट खेलेका पूरनको सट निकै हाइमा गएपछि डिपमिड विकेटमा रविन्द्र जडेजाबाट ३३ रनमा समातिन पुगे । पुरनले १७ बलमा १ चौका र ३ छक्का प्रहार गरे । लगतै अर्को बलमा राहुललाई महेन्द्रसिंह धोनीबाट उत्कृष्ट क्याच गराउँद ठूलो इनिङ खेल्न बाट रोकेका थिए । ग्लेन म्याक्सवेल ११ र शरफराज खान १३ रनमा अविजित रहे ।
रविन्द्र जडेजाले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । पियुष चवलाले २ ओभरमा २२ रन खर्चेर १ विकेट लिए । शार्दुल ठाकुरले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]