default_image

5 years ago

October 4, 2020

चेन्नई १० विकेटले विजयी

180 views

0 Bookmark

एजेन्सी – ओपनर शेन वाटसन र फाफ डु प्लेसिसको कीर्तिमानी उत्कृष्ट साझेदारीमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को १८ औं खेलमा किंग्स इलेभेन पन्जाबलाई १० विकेटले पराजित गरेको छ ।

जितका लागि १ सय ७९ रनको विजयी लक्ष पछ्याएको चेन्नईले १७.४ ओभरमा विना विकेटको क्षतिमा पूरा गर्यो । चेन्नईको सानदार जितमा दुबै ओपनर शेन वाटसन र फाफ डु प्लेसिसले उत्कृष्ट प्रर्दशन गरे । सुरुवाती तीन खेल हारेका चेन्नईका ओपनर पन्जाबबिरुद्ध भने सुरुवात देखिनै आक्रामक रुपमा प्रस्तुत भएका थिए ।

शेन वाटसन ५३ बलमा ११ चौका र ३ छक्का सहित ८३ रनमा अविजित रहे । फाफ डु प्लेसिस ५३ बलमा ११ चौका र १ छक्का सहित ८७ रनमा अविजित रहे । कुल १ सय ८१ रनको अविजित साझेदारी गरेका थिए । यो चेन्नईका कुनैपनि ब्याट्सम्यानले कुनैपनि विकेटका लागि गरेको सर्वाधिक उच्च साझेदारी हो ।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७८ रन बनाएको थियो । पन्जाबका कप्तान तथा ओपनर लोकेश राहुल (केएल) ले ५२ बलमा ७ चौका र १ छक्का सहित सर्वाधिक ६३ रनको योगदान दिए । पन्जाबलाई ओपनर राहुल र मयंक अग्रवालले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थिए ।

यी दुईबीचको साझेदारी नवौं ओभरको पहिलो बलमा स्पिनर पियुष चवलाले अग्रवाललाई २६ रनमा साम करनबाट क्याच आउट गराउँदै तोडे । ठूलो सट खेलेका अग्रवाल डिपमिड विकेटमा समातिन पुगेका थिए । उनले १९ बलमा ३ चौका प्रहार गरे । रविन्द्र जडेजाको १२ औं ओभरको अन्तिम बलमा एक्स्ट्रा कभरमा मनदीप सिंह आम्बाती रायुडुबाट २७ रनमा क्याच आउट हुन पुगे । सिंहले १६ बलमा २ छक्का प्रहार गरे ।

तल्लोक्रममा निकोलस पूरनले आक्रामक ब्याटिङ गर्दै पन्जाबलाई विशाल योगफलको बाटोतर्फ अघि बढाएका थिए । तर शार्दुल ठाकुरको १८ औं ओभरको पहिलो बलमा ठूलो सट खेलेका पूरनको सट निकै हाइमा गएपछि डिपमिड विकेटमा रविन्द्र जडेजाबाट ३३ रनमा समातिन पुगे । पुरनले १७ बलमा १ चौका र ३ छक्का प्रहार गरे । लगतै अर्को बलमा राहुललाई महेन्द्रसिंह धोनीबाट उत्कृष्ट क्याच गराउँद ठूलो इनिङ खेल्न बाट रोकेका थिए । ग्लेन म्याक्सवेल ११ र शरफराज खान १३ रनमा अविजित रहे ।

रविन्द्र जडेजाले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । पियुष चवलाले २ ओभरमा २२ रन खर्चेर १ विकेट लिए । शार्दुल ठाकुरले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए ।

यसअघि पन्जाब पहिलो खेलमा दिल्लीसँग सुपर ओभरमा पराजित भएको थियो । दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ९७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । राजस्थान रोयल्ससँग ४ विकेट र मुम्बईसँग ४८ रनले पराजित भएको थियो । अब पन्जाबले हैदराबादसँग बिहिबार खेल्ने छ ।

चेन्नईले पहिलो खेलमा मुम्बईलाई ५ विकेटले पराजित गरेको थियो । चेन्नई राजस्थानसँग १६ रन, दिल्लीसँग ४४ रन र हैदराबादसँग ७ रनले पराजित भएको थियो । चेन्नईले अव बुधबार कोलकाता नाइट राइडर्ससँग खेल्ने छ ।

आइपिएलको इतिहासमा चेन्नईले १० विकेटले जित निकालेको दोस्रो अवसर हो । यसअघि सन् २०१३ मा पन्जाबले प्रस्तुत गरेको १ सय ३९ रनको लक्ष्य १६ बल आगडि कुनै विकेट नगुमाई पूरा गरेको थियो । यो चेन्नईको दोस्रो जित हो । यसअघि चेन्नईले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको थियो । पन्जाबको यो चौथो हार हो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.