default_image

4 years ago

October 25, 2020

स्टोक्सको शतकमा राजस्थानको सानदार जित

42 views

0 Bookmark

एजेन्सी– अलराउन्डर बेन स्टोक्सको उत्कृष्ट शतकमा इन्डियन प्रिमियर लिग (आइपिएल) को ४५ औं खेलमा राजस्थान रोयल्सले शीर्षस्थानमा रहेको मुम्बई इन्डियन्समाथि सानदार जित हात पारेको छ ।

राजस्थानले आइतबार राती सम्पन्न खेलमा मुम्बईलाई ८ विकेटले पराजित गर्दै प्ले अफको सम्भावना कायमै राखेको छ । जितका लागि १ सय ९६ रनको बलियो लक्ष्य पछ्याएको राजस्थानले १८.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । राजस्थानको जितमा बेन स्टोक्सले अविजित शतकीय इनिङ खेले । स्टोक्स ६० बलमा १४ चौका र ३ छक्का सहित १ सय ७ रनमा अविजित रहे । यो स्टोक्सको आइपिएलमा दोस्रो शतक हो ।

स्टोक्सले १९ औं ओभरको पहिलो बलमा जेम्श प्याटिनसनलाई मिड विकेटमा छक्का प्रहार गर्दै ५९ बलमा शतक प्रहार गरेका थिए । लगत्तै अर्को बलमा चौका प्रहार गर्दै जित पक्का गराए । स्टोक्सलाई राम्रो साथ दिएका युवा ब्याट्सम्यान सन्जु स्यामसन ३१ बलमा ४ चौका र ३ छक्का सहित ५४ रनमा अविजित रहे । तेस्रो विकेटका लागि स्यामसन र स्टोक्सले १ सय ५२ रनको उत्कृष्ट अविजित शतकीय साझेदारी गरेपछि मुम्बई निरिह सावित बन्न पुगेको थियो ।

दोस्रो ओभरको पाँचौ बलमा ओपनर रोबिन उथप्पालाई जेम्स प्याटिनसनले कप्तान काइरन पोलार्डबाट १३ रनमा क्याच आउट गराएका थिए । पाँचौ ओभरको चौथो बलमा प्याटिनसनले स्टिभ स्मिथलाई ११ रनमा बोल्ड आउट गरेका थिए । मुम्बईका जेम्श प्याटिनसनले २ विकेट लिए ।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ५ विकटको क्षतिमा १ सय ९५ रन बनाएको थियो । मुम्बईलाई बलियो योगफलमा पुर्याउन तल्लोक्रममा आक्रामक ब्याटिङ गर्दै हार्दिक पान्ड्या २१ बलमा २ चौका र ७ छक्का सहित ६० रनमा अविजित रहेपनि टोलीको हार टानए सकेनन् । हार्दिकले अन्तिम ओभरमा कार्तिक त्यागीलाई तीन छक्का र दुई चौका गरि कुल २७ रन जोडेका थिए ।

तीव्र गतिका बलर जोफ्रा आर्चरले पहिलो ओभरको पाँचौ बलमा क्विन्टन डी ककलाई ६ रनमा बोल्ड आउट गरे । दोस्रो विकेटका लागि सूर्यकुमार यादव र ईशान किशनले ८३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । ११ औं ओभरको चौथो बलमा कार्तिक त्यागीले जोफ्रा आर्चरबाट ईशान किशनलाई ३७ रनमा क्याच आउट गराए । किशनले ३६ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

श्रेयस गोपालले १३ औं ओभरको दोस्रो बलमा बेन स्टोक्सबाट सूर्यकुमार यादवलाई ४० रनमा क्याच आउट गराए । यादवले २६ बलमा ४ चौका र १ छक्का प्रहार गरे । यसै ओभरको अन्तिम बलमा कप्तान काइरन पोलार्ड ६ रनमा बोल्ड आउट भए ।

आर्चरको १९ औं ओभरको पहिलो बलमा सौरभ तिवारी ३४ रनमा स्टोक्सबाट क्याच आउट भए । तिवारीले २५ बलमा ४ चौका र १ छक्का प्रहार गरे । पाँचौ विकेटका लागि तिवारी र पान्ड्याले ६४ रनको साझेदारी गरेका थिए । जोफ्रा आर्चरले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । श्रेयस गोपालले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । कार्तिक त्यागिले एक विकेट लिए । यो जितसँगै राजस्थानको प्ले अफ सम्भावना कायमै रहेको छ । राजस्थानले अव शुक्रबार किंग्स इलेभेन पन्जाबसँग खेल्ने छ । मुम्बईले बुधबार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्ने छ ।

आइपिएलको अंक तालिका

मुम्बई ११ खेलमा ७ मा जित र ४ मा हार सहित १४ अंकका साथ शीर्षस्थानमा छ । दिल्ली क्यापिटल्स ११ खेलमा ७ मा जित र ४ मा हार दोस्रो स्थानमा छ । बेंगलोर ११ खेलमा ७ मा जित र ४ मा हार सहित तेस्रो स्थानमा छ । कोलकाता ११ खेलमा ६ मा जित र ५ मा हार सहित चौथो स्थानमा छ ।

पन्जाब ११ खेलमा ६ मा हार र ५ मा जित सहित १० अंक जोड्दै पाँचौ स्थानमा छ । राजस्थान १२ खेलमा ७ मा हार र ५ मा जित सहित छैटौं स्थानमा उक्लिएको छ । सनराइजर्स हैदराबाद ११ खेलमा ७ मा हार र ४ मा जित सहित सातौं स्थानमा पुगेको छ ।चेन्नई सुपर किंग्स १२ खेलमा ८ मा हार र ४ मा जित सहित पुछारमा रहेको छ ।

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

May 18, 2024

सिता ललितपुर मेयर्स कपमा उत्कृष्ट खेलाडी घोषित

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि विजेता नेपाल एपिएफ क्लबकी कप्तान तथा अल-राउण्डर सिता राना मगर ललितपुर मेयर्स टि-२० च्याम्पियनसिप २०२४ को उत्कृष्ट खेलाडी घोषित भएकी छन् । एपिएफले चौथो पटक उपाधि प्रतियोगितामा सिता अल-राउण्ड प्रदर्शनका साथ उत्कृष्ट खेलाडी घोषित भएकी हुन् । सिताले प्रतियोगितामा ५ खेलमा १४२ रन प्रहार गर्नुका साथै ४ विकेट समेत लिन […]

Success

Thank you for your time.