default_image

4 years ago

October 26, 2020

पन्जाब र कोलकाता दुबैलाई जित्नै पर्ने दबाब

67 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ४६ औं खेलमा आज कोलकाता नाइट राइडर्स र किंग्स इलेभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार ७ : ४५ पछि शारजाह क्रिकेट स्टेडियममा सुरु हुने छ ।

प्ले अफको सम्भावनाको आशा बलियो बनाउन दुबै टोलीलाई जित्नै पर्ने दबाब । कोलकाता ११ खेलमा ६ मा जित र ५ मा हार सहित चौथो स्थानमा छ । पन्जाब ११ खेलमा ६ मा हार र ५ मा जित सहित पाँचौ स्थानमा छ ।

अन्तिम चारमा रहेर प्ले अफ खेल्न दुबै टोलीलाई बाँकी तीनै खेल जित्नुपर्ने हुन्छ । पन्जाबले बाँकी सबै खेल जितेको खण्डमा कुल १६ अंक हुने छ । कोलकाताले बाँकी तीन खेल सबै जितेको खण्डमा कुल १८ अंक हुने छ ।

कुल १८ अंक हुँदा कोलकाता सोझैं प्ले अफमा पुग्ने छ । तर आजको खेलमा पराजित भएको खण्डमा अन्य टोलीको नतिजा र नेट रनरेटमा निर्भर रहनुपर्छ । पन्जाबलाई आजको खेल जित्नै पर्ने हुन्छ । अन्यथा अघिल्लो चरणको झिनो अंक गणीतिय सम्भावना मात्रै बाँकी रहने छ ।

पन्जाब पछिल्ला चार खेलमा अपराजित छ । पन्जाबले हैदराबादलाई १२ रन, दिल्ली क्यापिटल्सलाई ५ विकेट, मुम्बई इन्डियन्सलाई दोहोरो सुपर ओभर र रोयल च्यालेन्जर्स बेंगलोरलाई ८ विकेटले हराउँदै प्ले अफको सम्भावना कायमै राखेको छ । पछिल्ला चार खेलमा लगातार जित निकालेको पन्जाबको मनोबल उच्च छ ।

पछिल्लो खेलमा पन्जाबले १ सय २७ रनको लक्ष्य पछ्याउने क्रममा हैदराबादलाई १ सय १४ रनमा अल आउट गर्दै जित हात पारेको थियो । पन्जाबका बलरले आफूहरु पनि उत्कृष्ट रहेको संकेत दिएका छन् । क्रिस जोर्डन र अर्शदीप सिंहले ३–३ विकेट लिएका थिए । मोहम्मद शामीले लगातार उच्च प्रर्दशन गर्दै आएका छन् । पन्जाबको सबैभन्दा बलियो हतियार भनेको कप्तान लोकेश राहुलको उत्कृष्ट लय हो ।

जारी आइपिएलमा सर्वाधिक रन बनाउने खेलाडीमा शीर्ष स्थानमा रहेका राहुलको प्रर्दशन र कप्तानी दुबै टोलीका लागि निकै महत्वपूर्ण हुने छ । निकोलस पूरन, क्रिस गेल र मयंक अग्रवाल राम्रो लयमा हुँदा शारजाहको छोटो बाउन्ड्रीको राम्रो फाइदा उठाउन सक्छन् ।

पछिल्लो खेलमा कोलकाताले दिल्लीलाई ५९ रनले पराजित गरेको थियो । उक्त खेलमा नितेश राणा ८१ र सुनिल नारायणले ६४ रनको इनिङ खेलेका थिए । ओपनर सुभमन गिल र दीनेश कार्तिकलाई उच्च प्रर्दशन गर्न आवश्यक देखिन्छ । कप्तान ओईन मोर्गनको प्रर्दशन टोलीको लागि महत्वपूर्ण हुने छ ।

दिल्लीविरुद्ध ५ विकेट लिएका स्पिनर बरुण चक्रवर्ती पन्जाबलाई टाउको दुखाईको बलर बन्न सक्छन् । प्याट कमिन्सले ३ विकेट लिएका थिए । जुन कोलकातालाई सकरात्मक पक्ष हो । कोलकाताको मनोबल पनि उच्च छ । लिग चरणको पहिलो खेलमा कोलकातासँग पन्जाब दुई रनले पराजित भएको थियो । उक्त झिनो हारको बदला लिन चाहन्छ । आइपिएलमा यी दुई टोलीबीच २६ खेल भएको छ । कोलकाता १८ खेलमा विजयी हुँदा ८ खेलमा पराजित भएको छ ।

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

May 18, 2024

सिता ललितपुर मेयर्स कपमा उत्कृष्ट खेलाडी घोषित

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि विजेता नेपाल एपिएफ क्लबकी कप्तान तथा अल-राउण्डर सिता राना मगर ललितपुर मेयर्स टि-२० च्याम्पियनसिप २०२४ को उत्कृष्ट खेलाडी घोषित भएकी छन् । एपिएफले चौथो पटक उपाधि प्रतियोगितामा सिता अल-राउण्ड प्रदर्शनका साथ उत्कृष्ट खेलाडी घोषित भएकी हुन् । सिताले प्रतियोगितामा ५ खेलमा १४२ रन प्रहार गर्नुका साथै ४ विकेट समेत लिन […]

Success

Thank you for your time.