default_image

4 years ago

October 26, 2020

शुभमनको अर्धशतकमा कोलकाताको मध्यम लक्ष्य

55 views

0 Bookmark

एजेन्सी – ओपनर शुभमन गिलको अर्धशतकमा कोलकाता नाइट राइडर्सले किंग्स इलेभेन पन्जाबसामु १ सय ५० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

शारजाह क्रिकेट रंगशालामा पहिलो ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४९ रन जोड्यो । खराब सुरुवात गरेको कोलकातालाई मध्यक्रमका ब्याट्सम्यानले सम्हालेका थिए । ओपनर नितिश राना इनिङको दोस्रो बलमा नै गोल्डेन डक आउट भएका थिए । दोस्रो ओभरमा मोहमद शामीले राहुल त्रिपाठी र दिनेश कार्तिकलाई शून्यमा कट बिहाइन्ड गराएपछि कोलकाता १०-३ को दयनीय अवस्थामा पुगेको थियो ।

त्यसपछि कप्तान ओइन मोर्गन र शुभमनले चौथो विकेटका लागि ८१ रनको साझेदारी गर्दै इनिङ सम्हाले । मोर्गन २५ बलमा ५ चौका र २ छक्कासहित ४० रनको योगदान दिए । उनी दशौं ओभरमा रवी विश्नोईको बलमा क्याच आउट हुन पुगे ।

लगत्तै अर्को ओभरमा सुनिल नारायण ४ बलमा ६ रन जोड्दै क्रिस जोर्डनको बलमा बोल्ड भए । १५ औं ओभरमा कमलेश नगरकोटी १३ बलमा ६ रन जोड्दै मुरुगन आश्विनको बलमा बोल्ड हुन पुगे । अर्को ओभरमा कमिन्स ८ बलको सामना गर्दै मात्र १ रन जोड्दै विश्नोईको एलबीडब्लु धरापमा परे ।

शुभमन ४५ बलमा ३ चौका र ४ छक्कासहित ५७ रन जोड्दै १९ औं ओभरमा पेभेलियन फर्किए । उनी शामीको बलमा ठूलो सट खेल्ने धुनमा पुरनको हातबाट समातिए । अन्त्यतिर लोकी फर्गुसनले आक्रामक ब्याटिङ गर्दा कोलकाता मध्यम योगफलसम्म पुगेको थियो । फर्गुसनले १३ बलमा ३ चौका र १ छक्काको मदतले अविजित २४ रन जोडे । वरुण चक्रवर्ती अन्तिम ओभरमा २ रन जोड्दै जोर्डनको बलमा बोल्ड भएका थिए ।

पन्जाबका लागि मोहमद शामीले ३ विकेट लिँदा क्रिस जोर्डन र रवि विश्नोईले २-२ विकेट हात पारे । ग्लेन म्याक्स्वेल र मुरुगन आश्विनले १-१ विकेट हात पारे ।

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

May 18, 2024

सिता ललितपुर मेयर्स कपमा उत्कृष्ट खेलाडी घोषित

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि विजेता नेपाल एपिएफ क्लबकी कप्तान तथा अल-राउण्डर सिता राना मगर ललितपुर मेयर्स टि-२० च्याम्पियनसिप २०२४ को उत्कृष्ट खेलाडी घोषित भएकी छन् । एपिएफले चौथो पटक उपाधि प्रतियोगितामा सिता अल-राउण्ड प्रदर्शनका साथ उत्कृष्ट खेलाडी घोषित भएकी हुन् । सिताले प्रतियोगितामा ५ खेलमा १४२ रन प्रहार गर्नुका साथै ४ विकेट समेत लिन […]

Success

Thank you for your time.