5 years ago
November 5, 2020
एजेन्सी – १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को पहिलो क्वालिफायरमा आज दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स खेल्दै छन् । नेपाली समय अनुसार ७:४५ पछि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

मुम्बई दिल्लीलाई हराउँदै छैटौं पटक आइपिएलको फाइनलमा स्थान बनाउन चाहन्छ । लिग चरणका दुबै खेलमा विजयी भएको मुम्बईको मनोबल पनि उच्च छ । लिग चरणको अन्तिम खेलमा सनराइजर्स हैदराबादसँग १० विकेटले हारेको मुम्बई उक्त गल्तीबाट पाठ सिक्दै जित निकाल्न चाहन्छ ।
लिग चरणमा १४ खेलमा ९ मा जित र ५ मा हार सहित शीर्षस्थानमा रहँदै क्वालिफायर खेलेको मुम्बईले दिल्लीविरुद्ध तीन परिवर्तन गर्ने सम्भावना छ । ओपनिङ क्विन्टन डी कक र रोहित शर्माले गर्ने छन् । चोटबाट फर्किएका रोहितले हैदराबादविरुद्ध पूनरागमन खेलमा ४ रनमा आउट भएका थिए । तेस्रो नम्बरमा सूर्यकुमार यादव र चौथो नम्बरमा इशान किशनले गर्ने छन् ।
डी कक, यादव र किशन उच्च लयमा छन् । यी तीन खेलाडीले जारी आइपिएलमा ४ सय भन्दामाथि रन जोडेका छन् । शीर्षक्रमका ब्याट्सम्यानको उच्च प्रर्दशन विना मुम्बईको जित कठिन देखिन्छ । क्रुनाल पान्ड्या, हार्दिक पान्ड्या र काइरन पोलार्डले तल्लोक्रम सम्हाल्ने छन् । क्रुनाललाई स्पिनमा उच्च प्रर्दशन गर्न दबाब छ ।

हार्दिकलाई यस अघि विश्राम दिएको थियो । हार्दिक प्रमुख फिनिसरको रुपमा खेल्ने छन् । चोटबाट फर्किएका हार्दिकलाई यस सिजनको आइपिएलमा मुम्बईले बलिङ भने गराएको छैन । हार्दिक फर्किदा सौरभ तिवारी बेन्चमा बस्ने छन् । हैदराबादविरुद्ध विश्राम गरेका तीव्र गतिका बलर ट्रेन्ट बोल्ट र जस्प्रित बुमराह टोलीमा फर्किने छन् ।
यी दुई बलरले जारी आइपिएलमा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । जुन मुम्बईको बलिङका प्रमुख हतियार हुन् । बोल्ट फर्किदा जेम्स प्याटिन्सन र बुमराह फर्किदा धवल कुलकर्णी बेन्चमा बस्ने छन् । स्पिनरमा राहुल चहर पहिलो रोजाईमा खेल्ने छन् । दुबईको ठूलो बाउन्ड्रीमा चहर हाबी हुन सक्छन् ।
मुम्बईको सम्भावित प्लेइङ ११ – रोहित शर्मा (कप्तान), क्विन्टन डी कक (विकेटकिपर), सूर्यकुमार यादव, ईशान किशन, हार्दिक पान्ड्या, क्रुनाल पान्ड्या, काइरन पोलार्ड, नाथन कुल्टर नाइल, ट्रेन्ट बोल्ट, राहुल चहर, र जस्प्रित बुमराह ।
यो पनि :
मुम्बईविरुद्ध दिल्लीको सम्भावित प्लेइङ–११
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]