default_image

3 years ago

January 18, 2021

आदिल र पृथुको अर्धशतकमा बागमती विशाल योगफलतर्फ

काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते ओपनर आदिल खान र पृथु बास्कोटाको अर्धशतकको सहयोगमा प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा बागमतीले सुदूरपश्चिमविरुद्ध उत्कृष्ट सुरुवात गर्दै विशाल योगफलतर्फ अघि बढेको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको बागमतीले ३३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको छ । पृथु बास्कोटा ८० बलमा […]

32 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते ओपनर आदिल खान र पृथु बास्कोटाको अर्धशतकको सहयोगमा प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा बागमतीले सुदूरपश्चिमविरुद्ध उत्कृष्ट सुरुवात गर्दै विशाल योगफलतर्फ अघि बढेको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको बागमतीले ३३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको छ । पृथु बास्कोटा ८० बलमा १० चौका सहित ६७ रनमा खेलि रहेका छन् ।

आदिल ८६ बलमा १० चौका सहित ६३ रन जोड्दै आउट भएका छन् । भोजराज भट्टको बलमा ठूलो सट खेल्ने धुनमा मिडअफमा गजेन्द्र बोहराबाट क्याच आउट हुन पुगे । तेस्रो विकेटका लागि पृथु र आदिलले १ सय ९ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए ।

ओपनर आकाश थापा दोस्रो ओभरमै १३ रनमा क्याच आउट हुन पुगेका थिए । तीव्र गतिका बलर भोजराज भट्टको बलमा ठूलो सट खेलेका आकाश थर्डम्यानमा शेर मल्लबाट उत्कृष्ट क्याच आउट हुँदै पेभिलिएन फर्केका थिए । आक्रामक ब्याटिङ गरेका उनले ८ बलमा ३ चौका प्रहार गरे ।

दशौं ओभरको चौथो बलमा स्पिनर विनोद लामाले पारस खड्कालाई २० रनमा बोल्ड आउट गरे । पारसले १९ बलमा ३ चौका प्रहार गरे ।

April 27, 2024

नेपाल र वेस्ट इन्डिज ‘ए’ खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले विश्वकपको अन्तिम तयारीका लागि आज वेस्ट इन्डिज ‘ए’ विरुद्ध हुने ५ खेलको टि२० सिरिजको पहिलो खेल खेल्दैछ । खेल नेपाली समयअनुसार मध्यान्ह १२:१५ बजे टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । खेलको पूर्व सन्ध्यामा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा ४ खेलाडी थपिएका थिए । यसअघि एसीसी प्रिमियर कपका […]

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

Success

Thank you for your time.