5 years ago
February 4, 2021
एजेन्सी – नेपाली अलराउन्डर करण केसी सम्मिलित पुणे डेभिल्स आबूधाबी टि१० लिगमा नर्थन वारियर्ससँग ८ विकेटले पराजित भएको छ ।

करणले भने ब्याटिङ र बलिङ दुबैमा खराब प्रर्दशन गरे । जितेको लागि ९८ रनको विजयी लक्ष्य पछ्याएको नर्थनले ४.३ ओभरमा पूरा गर्यो । नर्थनको सहज जितमा वासिम मुहम्मद १३ बलमा ३ चौका र ७ छक्का सहित ५६ रनमा अविजित रहे ।
वासिमले १२ बलमै अर्धशतक प्रहार गरेका थिए । रोभमन पवेल ४ बलमा २ छक्का सहित १४ रनमा अविजित रहे । बेन्डन किंग २० र निकोलस पुरन ६ रनमा आउट भए । करणले एकै ओभरमा १९ रन खर्चेपनि विकेट लिन सकेनन् । साम विस्नेभस्कीले १ ओभरमा १४ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर पहिला ब्याटिङ थालेको पुणेले १० ओभरमा ८ विकेट गुमाउँदै ९७ रन बनाएको थियो । करणले ९ बल खेलेपनि ३ रन मात्र बनाउन सकेका थिए । पुणेका टम क्याडमोर ९ बलमा ५ चौका सहित २० रनमा आउट भए । केन्नर लुईसले ९ बलमा १ चौका र ३ छक्का सहित २४ रनको योगदान दिए ।
एलेक्स डेभिसले ९ बलमा ३ चौका सहित १८ रनमा आउट भए । कप्तान नासिर हुसेन १६ बलमा ३ चौका र १ छक्का सहित २७ रनमा अविजित रहे । वहाब रियाजले २ ओभरमा २० रन खर्चेर २ विकेट लिए । वेन पार्नेलले २ ओभरमा ५ रन खर्चेर ३ विकेट लिए । रयाद इम्रित र फबिएन एलनले एक एक विकेट लिए ।
करणको बलिङ
करण बलिङमा तेस्रो ओभरमा आएका थिए । वर्तमान समयका वेस्टइन्डिजका उत्कृष्ट आक्रामक युवा ओपनर ब्रेन्डन किंगले मिडविकेटमा चौका प्रहार गर्दै करणको स्वागत गरेका थिए । किंगले दोस्रो बलमा पनि चौका प्रहार गरे । तेस्रो बल करणले डट राखेका थिए । चौथो बलमा भने करणलाई किंगले पुनः चौका प्रहार गरे । पाँचौ बलमा किंगले डीप मिडविकेटमा छक्का प्रहार गरेपछि बलिङमा महँगो सावित भएका थिए । अन्तिम बलमा भने एक रन दिए ।
यस्तो रह्यो करणको ब्याटिङ
छैटौं ओभरको चौथो बलमा एलेक्स डेभिस बोल्ड आउट भएपछि करण ब्याटिङका लागि मैदान छिरेका थिए । करणले दक्षिण अफ्रिका तीव्र गतिका बलर वेन पार्नेलको अन्तिम दुई बलको सामना गरेपनि रन भने जोड्न सकेनन् ।
करणले सातौं ओभरको दोस्रो बल वेस्टइन्डिजका तीव्र गतिका बलर रयाद इम्रितको बल डट गर्दा तेस्रो बलमा एक रन बटुल्दै खाता खोलेका थिए । पाँचौ बलमा स्ट्राइकमा आएका करणले रन जोड्न सकेनन् । त्यसपछि वाइड पाए । अन्तिम बल पनि करणले डट खेले ।
आठौं ओभरको चौथो बलमा जुनैद सिद्दिकको बलमा एक रन बटुल्दै कप्तान नासिर हुसेनलाई स्ट्राइक दिए । नवौं ओभरको दोस्रो बलमा एक रन बटुले । तर चौथो बलमा भने करणलाई पार्नेलले बोल्ड आउट गर्दै पेभिलिएन फर्काएका थिए ।
यो पनि : सोमपालमाथि गेलको छक्का वर्षा!
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]