default_image

3 years ago

March 21, 2021

सुनिलको अर्धशतकमा राईडर्स विजयीको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – सप्तरीको राजविराजमा सुरु तेस्रो संस्करणको मेयर कप सप्तरी प्रिमियर लिगको उद्धघाटन खेलमा रुपनी राईडर्सले बोदे बर्साईन थन्डर्सलाई १३ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ । राज रंगशालामामा सम्पन्न खेलमा रुपनीले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याउने क्रममा बोदे बर्साईनले २० ओभर अल आउट हुँदै १ सय ३४ रन बनायो […]

30 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सप्तरीको राजविराजमा सुरु तेस्रो संस्करणको मेयर कप सप्तरी प्रिमियर लिगको उद्धघाटन खेलमा रुपनी राईडर्सले बोदे बर्साईन थन्डर्सलाई १३ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

राज रंगशालामामा सम्पन्न खेलमा रुपनीले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याउने क्रममा बोदे बर्साईनले २० ओभर अल आउट हुँदै १ सय ३४ रन बनायो । बोदे बर्साईनको लागि नारायण जोशीले सर्वाधिक ३३, कप्तान सिद्धान्त लोहनीले २४ र योगेन्द्र सिंह कार्की र बिकाश दासले समान १७ रनको योगदान दिए । रुपनी राईडर्सका सुमित झाले ४ ओभरमा २५ ओभरमा ४ विकेट लिए अनिल यादवले २ विकेट, फिर्दोश अन्सारी, सुनिल धमला, कुशल भुर्तेल र अनुज कुमार यादवले १-१ विकेट लिए ।

त्यस अघि टस हारेर ब्याटिङ थालेको रुपनी राईडर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो । रुपनीका ओपनर सुनिल धमलाले सर्वाधिक ३७ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ५४ रनको योगदान दिए । निरज मुखियाले १९, अनिल यादवले अविजित १७, अनुज यादवले अविजित १५ र कुशल भुर्तेलले १२ रन बनाए । बोदे बर्साईनका अफस्पिनर बिशाल सुश्लिंगले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । नारायण जोशी, पप्पु यादव र बसन्त रेग्मीले १-१ विकेट लिए ।

लिग अन्तर्गत सोमबार दुई खेल हुनेछन्। बिहान ९ बजे सुरु हुने पहिलो खेलमा दिपेन्द्र ऐरी कप्तानीको तिलाठी कोइलाडी जायन्टस र पवन सरार्फ कप्तानीको बजाज खडक वारियार्स तथा दिउसो १ बजे हुने खेलमा मेहबुब आलम कप्तानी टिभीएस किंग्स राजविराज र सिद्धान्त लोहनी कप्तानीको बोदे बर्साईन थन्डर्सले प्रतिस्पर्धा गर्नेछन्।

April 29, 2024

हैदराबादविरुद्ध चेन्नाईको सहज जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आईतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले सनराईजर्स हैदराबाद माथि ७८ रनको फराकिलो जित दर्ता गरेको हो । चेन्नाईले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक […]

April 28, 2024

ज्याक्सको विष्फोटक शतकमा आरसिबिको सानदार जित

एजेन्सी – विल ज्याक्सको विष्फोटक शतकीय इनिङको मद्दतमा इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) ले सानदार जित दर्ता गरेको छ । आरसिबिले गुजरात टाईटन्स माथि ९ विकेटको फराकिलो जित दर्ता गरेको हो । गुजरातले दिएको २०१ रनको विशाल लक्ष्य आरसिबिले १६ ओभरमै १ विकेट मात्र गुमाएर भेटायो । आरसिबिका […]

April 28, 2024

नेपाल वेस्ट इन्डिज ‘ए’ सँग पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ टोलीविरुद्धको दोस्रो टि२० खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली पराजित भएको छ । पहिलो खेलमा ४ विकेटको हार बेहोरेको वेस्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले पराजित गर्दै शृंखलामा १-१ को बराबरी गरेको हो । पाहुना टोलीले दिएको १६१ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट […]

Success

Thank you for your time.